×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

निर्मला हत्या प्रकरण : पक्राउ गरिएका तीनै जनामा मानसिक समस्या

१५ आश्विन २०७५

भीमदत्त नगरपालिका २ बागफाँटाका ४१ वर्षीय दिलीप विष्ट ८ कक्षा पढ्दादेखि नै मानसिक रुपले अस्वस्थ थिए ।निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेपछि उनको स्वास्थ्य झन् बिग्रिएको छ ।

हिरासतमा यातना दिइएकाले उनी मानसिक रुपमा झन् कमजोर भएको परिवारले जनाएका छन् । २५ दिन हिरासतमा राखिएका विष्ट डिएनए परीक्षणमा निर्दोष देखिएपछि मुक्त गरिएका थिए।

Advertisement
Advertisement

दाजु खडकका अनुसार अहिले उनी नयाँ मान्छे देख्नेबित्तिकै डराउँछन्। सुतिरहेका बेला पनि ‘कुटिहाल्यो, मारिहाल्यो, बचाऊ–बचाऊ’ भन्दै चिच्याउँछन्। ‘पहिलेदेखि नै अस्वस्थ थियो, अहिले झन् बिग्रिएको छ,’ उनले भने, ‘घरकै मान्छे देख्दा पनि डराउँछ, भाग्छ।’

प्रहरीले पक्राउ गर्नुअघिसम्म दिलीप एक्लै महेन्द्रनगर बजार आउजाउ गर्थे। अहिले घरबाट बाहिरै निस्किँदैनन्। स्वभाव एकोहोरो भएको छ। नुहाउन थाले दिनभरि नुहाइराख्छन्। दाँत माझ्न थाले लामो समय त्यही गरिराख्छन्।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यातना पाएका अन्यमा पनि समस्या

Advertisement
निर्मला हत्या प्रकरणमै पक्राउ गरिएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी १७ वर्षीया हेमन्ती भट्टमा पनि मानसिक समस्या देखिएको छ। परिवारका अनुसार उनी रातिराति बर्बराउन थालेकी छन्। जतिखेरै रिसाउने र डराउने गर्छिन्।
पहिले जे भन्दा पनि रिसाउँदैनथी,’ बुबा गोकुलेश्वर भट्टले भने, ‘अहिले त यो समस्या धेरै भएको छ।’ उनका अनुसार सुतेका बेला पनि हेमन्ती ‘आइहाले, लगिहाल्यो’ भन्दै कराउँछिन्।
हेमन्तीलाई प्रहरीले साउन १९ देखि लगातार ६ दिनसम्म जिल्ला प्रहरी कार्यालयमा बोलाएको थियो। त्यसक्रममा निकै यातना दिइएको परिवारले जनायो। मोबाइलमा निर्मला नामकी अर्कै साथीबारे गफ गरेकै आधारमा प्रहरीले उनलाई दु:ख दिएको थियो।

Advertisement
यही प्रकरणमा ११ दिन हिरासत बसेका भीमदत्त १८ निम्बुखेडाका चक्रदेव बडू पनि बरबराउने र डराउने गरेको बुबा रामदत्तले बताए। चक्र भारतको मुम्बईमा वेटरको काम गर्थे।
बिदामा आएका उनी यही घटनाका कारण काममा फर्कन सकेका छैनन्। प्रहरीले चक्रलाई आवश्यक परेका बेला हाजिर हुने गरी हिरासतमुक्त गरेको हो। उनलाई सार्वजनिक मुद्दा लगाएर ५ हजार धरौटी माग गरिएको थियो।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top