कात्तिकपछि भूकम्प पीडितले ५० हजार नपाउने, दोहोर किस्ता लिनेको सम्पति जफत

१५ असोज ७५, सोमबार
Share this
702shares

काठमाडौं,असोज १५
सरकारले कात्तिक मसान्तपछि भूकम्प पीडितलाई घर बनाउन पहिलो किस्ता वापतको रकम नदिने भएको छ । भदौ २१ गते प्रधानमन्त्री केपी ओलीको अध्यक्षमा बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समितिले कात्तिक मसान्तपछि पहिलो किस्ताको रकम नबाढ्ने निर्णय गरेको हो ।

Advertisement

८ लाख १० हजार ६ सय ९० परिवारहरु अनुदान पाउने सूचिमा छन् ।हालसम्म तीमध्ये ७ लाख २ हजार ८ सय ३४ परिवारले पहिलो किस्ता प्राप्त गरेका छन् । प्राधिकरणले २०७५ असारभित्र पहिलो किस्ता लिईसकेका लाभग्राहीहरुले पुस मसान्तभित्र दोश्रो किस्ता लिईसक्नुपर्ने बताएको छ । हालसम्म ४ लाख ८६ हजार ८ सय ६४ परिवारले मात्रै दोश्रो किस्ता प्राप्त गरेका छन् ।

२०७५ साल माघभित्र दोश्रो किस्ता लिनेहरुले २०७६ जेठभित्र तेश्रो किस्ता लिईसक्नुपर्ने बताएको छ । हालसम्म २ लाख ९६ हजार ४ सय ७० घरहरुको पुननिर्माण सम्पन्न भएको छ । प्राधिकरणले दुई ठाउँबाट अनुदान लिएको फेला परेमा सरकारी बाँकी सरह असुल्ने पनि स्पष्ट पारेको छ । सरकारी बाँकी सरह असुल उपर गर्दा व्यक्तिको चल अचल सम्पति जफत गरेर लिलामी समेत गर्ने व्यवस्था छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top