×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

राजावादी मच्चिँदैमा राजतन्त्र आउँदैन्,‘राजतन्त्र सामन्ती प्रेत’

२३ फाल्गुन २०८१

२३ फागुन ,काठमाण्डौ।

नेपालको राजनीतिक वातावरण पछिल्लो समय राजतन्त्रको वकालत गर्दै राजावादी शक्तिहरूको सक्रियतासँगै गर्माएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको साथ मागेपछि राजसंस्थाका समर्थकहरू सडकदेखि सदनसम्म आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन्।

Advertisement
Advertisement

आज मात्रै संघीय राजधानी काठमाडौंमा राजतन्त्र पुनस्र्थापनाको माग गर्दै राजावादीले प्रदर्शन गरेका छन्। उनीहरूले गणतन्त्रको विरोध गर्दै नारायणहिटी दरबारलाई पुनः राजदरबारका रूपमा प्रयोगमा ल्याउनुपर्ने माग गरेका छन्।

उनीहरुले ‘हाम्रो राजा, हाम्रो देश’ “राजतन्त्र जिन्दावाद” नारायणहिटी खाली गर” “देशद्रोहीहरू होशियार” लगायतका नारा लगाएका छन् । उनीहरूले हालको गणतान्त्रिक प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै राजतन्त्र नै देशको स्थिरता र समृद्धिको आधार हुने दाबी गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ गते ७५औं प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको भिडियो सन्देशपछि राजतन्त्र पक्षधरहरूको गतिविधि तीव्र रूपमा बढेको छ। उक्त सन्देशमा शाहले देशको अस्थिरता र बिग्रँदो राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्र र राष्ट्रिय एकता जोगाउन सबैलाई आह्वान गरेका थिए।

राप्रपाले यसअघि काठमाडौंमा मोटरसाइकल र्याली गर्दै नारायणहिटी खाली गर्न खबरदारी गरिसकेको छ। राप्रपा नेपालले विभिन्न जिल्लामा सभा, प्रदर्शन अभियान सञ्चालन गरिरहेको छ। राजावादीहरुले ज्ञानेन्द्र पोखराबाट काठमाडौं आउने फागुन २५ गतेका दिन विशेष स्वागत गर्ने कार्यक्रम तय गरेका छन् ।

नेपालमा संविधानतः गणतन्त्रात्मक व्यवस्था स्थापन भइसके पनि राजतन्त्रको पक्षमा निरन्तर आवाज उठिरहनु राजनीतिक असन्तोषको संकेत भएको राजनीतिक विश्लेषकहरु बताउँछन् । राजतन्त्र पक्षधरहरूको प्रदर्शनले सत्तारूढ दलहरूलाई थप चुनौती दिन सक्ने सम्भावना औंल्याइएको छ ।

तर पूर्वराजाको सन्देशपछि प्रधानमन्त्री समेतले उनलाई चुनाव लडेर लोकप्रियता देखाउन चुनौती दिइसकेको अवस्थामा सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत राजतन्त्र फर्किहाल्ने सम्भावना नरहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका क्रियाकलापलाई उनले ‘हैसियत भुलेको’ रुपमा टिप्पणी गरे ।

‘म फेरि फर्कन्छु भनेर जुन खालको हर्कत भइरहेको छ । यो चाहिँ उसले आफ्नो हैसियत भुलेको हो,’ उनले भने साथै, उनले आफ्नो संस्था र परिवारको रक्षा गर्न नसक्नेले देशको रक्षा गर्न नसक्ने पनि बताए । ‘हामीले गरेको उदार प्रबन्धलाई बिर्सेको हो । राजाले कसरी देश बचाउँछ ? दुनियाँको कुन देशमा राजाले देश बचाएको छ ? आफ्नो ज्यानको रक्षा गर्ने राजा, आफ्नो दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र, परिवारको रक्षा गर्न नसक्ने राजसंस्था, जहाँ मेरिटोक्रेसी र प्रतिस्पर्धाको कुनै गुन्जायस हुँदैन,’ उनले भने, ‘एउटा कुलमा जन्मिएको कारणले मुलुकको तीन करोड जनताको सबैभन्दा श्रेष्ठ ठहरिन्छ । जसको शासनमुनि हामी बस्न बाध्य पारिन्छ । त्यस्तो प्रणाली कसरी मान्ने ? राजावादी मच्चिँदै हिँड्दैमा राजा फर्किन्छ जस्तो लाग्दैन ।’

यसअघि बिहीवार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.’ ले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहलाई पार्टी खोलेर चुनावमा आउन चुनौती दिएका हुन् ।

उनले नेपाली जनताले फालेका राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको बताए । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब हुँदाहुँदा हिजो की अस्तिको दिन हो । उहिले नेपाली जनताले फालेका राजतन्त्रलाई त्यो तन्त्र कताबाट उदिनेर, कहाँबाट उदिनेर ल्याउने हो ? ल्याएर कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे । अनि मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईंहरु कुर्सीमा बस्नुभएको छ नि राजा हुनुभयो ? कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुस् । संविधानअनुसार आउनुस् । पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस्। आउनुस् पार्टी खोल्नुस् । एउटा घोस्ट भन्छ नि छायाँ अघि सारेर होइन, आफू अघि सर्नुस् न । लोकप्रिय हुनुहुन्छ भने ठिक छ, चुनाव लड्न आउनुस् न । तपाईंलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि । आउनुस् चुनाव लड्नुसु, पार्टी खोलनुस्, खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस् । मेरो पार्टी भन्नुस् न ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत नेपाली जनताको बलबाट गलहत्याइए सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

नेपाली जनताले परास्त गरिसकेका तत्त्वहरूले कहिलेकाहीँ टाउको उठाउने प्रयास गर्ने गरेको उल्लेख गर्दै उनले इतिहास पछाडि नफर्कने भएकाले यस्ता सपना नदेख्न चेतावनी दिएका छन् ।

पूर्वराजाको अभिब्यक्तिले तरंग ल्याइरहेको अवस्थामा नेकपा एमालेका महासचिव शंकर पोखरेलले समेत राजतन्त्रको पछाडि नदौडन आग्रह गरेका छन् । अब नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको पोखरेलको प्रष्टोक्ति छ ।

फेसबुकमा उनले लेखेका छन्, ‘जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान् समयलाई खेर नफालौँ ।’ पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै गुनासा र असन्तुष्टि जति भए पनि यही व्यवस्थालाई बलियो बनाएर अघि बढ्नु पर्ने बताएका छन् ।

Advertisement

‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्, तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन, अढाई सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो’, उनले सामाजिक संजालमा लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top