कुलमानबारे मन्त्रिपरिषद् अनिर्णीत , उर्जामन्त्रीले दिएनन् ‘रिपोर्ट’, सरकार पछि हटेको हो ?

२६ फागुन ८१, मंगलबार

२७ फागुन ,काठमाण्डौ।

कार्यसम्पादनमा शून्य नम्बर दिएर एकपछि अर्को स्पष्टीकरण सोधेको सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय लिन भने अझै अलमलमा देखिएको छ ।

सरकारले पछिल्लो पटक कुलमानसँग तीन दिने स्पष्टीकरण सोधेको थियो, जसको जवाफ घिसिङले बुझाई सकेपनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुनै निर्णय गर्न सकेन । सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा अरु निर्णय भए पनि कुलमानबारे कुनै निर्णय नभएको मन्त्रीहरूले बताएका छन् ।

Advertisement

विभागीय मन्त्री (ऊर्जामन्त्री दीपक खड्का) ले मन्त्रिपरिषद्मा रिपोर्ट पेस नगरेकोले त्यससम्बन्धी कुनै निर्णय पनि नभएको बैठकपछि एक मन्त्रीले बताएका छन् । बरु बैठकमा राजावादीले गरिरहेको गतिविधिबारे चर्चा भएको ती मन्त्रीको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको सक्रियताबारे बैठकमा धारणा राखेका थिए । यद्यपि उनले राजावादीको सक्रियताको औचित्य नभएको भन्दै नतिजा निस्कनेगरी काम गर्न निर्देशन दिएका थिए ।

कुलमानको हकमा भने सामान्य चर्चाबाहेक केही नभएको र सम्भवतः अर्को बैठकमा छलफल हुने बताइएको छ । सरकारले कुलमानलाई हटाउने उद्देश्यले यसअघिको मन्त्रिपरिषद्बाट स्पष्टीकरण सोधेको थियो ।

गत बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई सफाइ पेस गर्ने मौका दिने निर्णय गरेको थियो । त्यसका लागि ३ दिनको समय पनि तोकेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर्जा मन्त्रालयले कुलमानलाई बिहीबार चारबुँदे स्पष्टीकरण सोधेको थियो ।

कुलमानले त्यसको जवाफ आइतबार मन्त्रालयमार्फत दिइसकेका छन् । यसअघि ऊर्जा मन्त्रालयले पटकपटक उनीसँग स्पष्टीकरण सोधिसकेको थियो । यसैबीच तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले कुलमान घिसिङको अवमूल्यन हुने गरी कुनै पनि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मोर्चाले सोमबार एक विज्ञप्ति जारी गर्दै कुलमानको अवमूल्यन हुनेगरी सरकारले कुनै पनि निर्णय गरेको खण्डमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा निर्णायक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top