×

NEPAL TIMES UPDATES

Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026
Playing
अमेरिकी सैन्य कारबाही ‘असम्भव’ भएको इरानको दाबी, ट्रम्प आशावादी|| Nepal Times
May 04, 2026
Playing
विजय थलपति तमिलनाडुका मुख्यमन्त्री बन्दैः जोसंग छ ६०३ करोड भारू|| Nepal Times
May 04, 2026
Playing
भारतको पृथ्वी हेर्ने ‘दृष्टि’ उपग्रह कस्तो छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेनले गर्नुपर्ने काम गर्दैछन् रवि|| Nepal Times
May 04, 2026
Playing
समुद्रको जहाजमा कसरी फैलियो हान्टा भाइरस ?कसरी बच्ने ?|| Nepal Times
May 04, 2026

आज स्ववियु निर्वाचनः मतदानकै दिन तालाबन्दी, कहाँ छ विवाद ?

४ चैत्र २०८१

५ चैत , काठमाण्डौ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अहिले मतदान चलिरहेको छ। आज बिहान आठ बजेदेखि ४६ आङ्गिक र दुईसय ५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले बताएका छन्।

Advertisement
Advertisement

विहानैबाट सुरु भएको मतदान दिउँसो चार बजेसम्म चल्ने छ। मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले आजै साँझदेखि मतगणना गर्ने छ । तर काठमाडौंका थापाथली, पुल्चोक, मिनभवन, महाराजगन्ज, आयुर्वेद क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस लगायतमा मतदान भइरहेको छ ।

चुनावको अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार र पत्रकारहरूको टोली अनुगमनमा खटिएको शिक्षाध्यक्ष खड्ग केसीले बताएका छन् । तर निर्वाचनको तयारी पूरा भएपछि काठमाडौंका मुख्य क्याम्पसमा चुनाव रोकिएको छ ।

रत्नराज्य क्याम्पसमा तयारी पूरा भएपछि अनेरास्ववियुको तालाबन्दीले चुनाव रोकिएको छ । शिक्षाध्यक्ष केसीका अनुसार त्रिचन्द्र क्याम्पस, पद्मकन्या, विश्वभाषा, अस्कल, ल क्याम्पस, सरस्वती क्याम्पस, पब्लिक युथ क्याम्पस र शंकरदेव क्याम्पसमा चुनाव रोकिएको छ ।

उता प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निर्वाचन स्थगित भएको छ । सम्पूर्ण तयारी सम्पन्न भएको अवस्थामा क्याम्पस प्रवेशद्वारामा तालाबन्दी भएको र प्रतिकुल अवस्था सृजना भएकोले निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख पदमकुमार अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तय गरिने बताइएको छ । सत्तारुढ एमाले निटक विद्यार्थी सङ्गठन अनेरास्ववियुले गएराति क्याम्पसमा तालाबन्दी गरेको थियो ।

निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भेटिएकाले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै अखिलका सम्बन्धित पदाधिकारीले विज्ञप्ति जारी गरेका छन् ।

तर निर्वाचन गराउनुपर्ने माग राख्दै नेविसंघले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको छ। आरआर गेट अगाडि भेला भएका नेविसंघ नेता कार्यकर्ताले निर्वाचनको माग गर्दै नाराबाजी गरेका हुन्। उनीहरूले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने माग गरेका छन्।

विश्वविद्यालय क्याम्पसमा भने चैत ८ का लागि चुनाव तोकिएको छ । त्रिविको भैरहवा, बुटवल र जनकपुरको क्याम्पसमा पनि स्थगित भएको शिक्षाध्यक्ष केसीले बताए । स्थगित भएका क्याम्पसमा १५ दिनभित्र चुनाव गराउने तयारी भइरहेको छ । त्रिविका ६४ वटा अंगिक क्याम्पस र १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् ।

२०७९ मा ५० वटा आंगिक र ३०० बढी सम्बन्ध प्राप्त क्याम्पसमा चुनाव भएको थियो । विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्धी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ ।

त्रिविले प्रत्येक दुईदुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ। निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन्। स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन।

Advertisement

एकैपटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो। त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो। त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुँदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top