NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

आज स्ववियु निर्वाचनः मतदानकै दिन तालाबन्दी, कहाँ छ विवाद ?

मङ्लबार चैत्र ५ , २०८१
Reading Time: 1 min read
A A
आज स्ववियु निर्वाचनः मतदानकै दिन तालाबन्दी, कहाँ छ विवाद ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ चैत , काठमाण्डौ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अहिले मतदान चलिरहेको छ। आज बिहान आठ बजेदेखि ४६ आङ्गिक र दुईसय ५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले बताएका छन्।

विहानैबाट सुरु भएको मतदान दिउँसो चार बजेसम्म चल्ने छ। मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले आजै साँझदेखि मतगणना गर्ने छ । तर काठमाडौंका थापाथली, पुल्चोक, मिनभवन, महाराजगन्ज, आयुर्वेद क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस लगायतमा मतदान भइरहेको छ ।

LS Auto

चुनावको अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार र पत्रकारहरूको टोली अनुगमनमा खटिएको शिक्षाध्यक्ष खड्ग केसीले बताएका छन् । तर निर्वाचनको तयारी पूरा भएपछि काठमाडौंका मुख्य क्याम्पसमा चुनाव रोकिएको छ ।

रत्नराज्य क्याम्पसमा तयारी पूरा भएपछि अनेरास्ववियुको तालाबन्दीले चुनाव रोकिएको छ । शिक्षाध्यक्ष केसीका अनुसार त्रिचन्द्र क्याम्पस, पद्मकन्या, विश्वभाषा, अस्कल, ल क्याम्पस, सरस्वती क्याम्पस, पब्लिक युथ क्याम्पस र शंकरदेव क्याम्पसमा चुनाव रोकिएको छ ।

उता प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निर्वाचन स्थगित भएको छ । सम्पूर्ण तयारी सम्पन्न भएको अवस्थामा क्याम्पस प्रवेशद्वारामा तालाबन्दी भएको र प्रतिकुल अवस्था सृजना भएकोले निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख पदमकुमार अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तय गरिने बताइएको छ । सत्तारुढ एमाले निटक विद्यार्थी सङ्गठन अनेरास्ववियुले गएराति क्याम्पसमा तालाबन्दी गरेको थियो ।

निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भेटिएकाले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै अखिलका सम्बन्धित पदाधिकारीले विज्ञप्ति जारी गरेका छन् ।

तर निर्वाचन गराउनुपर्ने माग राख्दै नेविसंघले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको छ। आरआर गेट अगाडि भेला भएका नेविसंघ नेता कार्यकर्ताले निर्वाचनको माग गर्दै नाराबाजी गरेका हुन्। उनीहरूले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने माग गरेका छन्।

विश्वविद्यालय क्याम्पसमा भने चैत ८ का लागि चुनाव तोकिएको छ । त्रिविको भैरहवा, बुटवल र जनकपुरको क्याम्पसमा पनि स्थगित भएको शिक्षाध्यक्ष केसीले बताए । स्थगित भएका क्याम्पसमा १५ दिनभित्र चुनाव गराउने तयारी भइरहेको छ । त्रिविका ६४ वटा अंगिक क्याम्पस र १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् ।

२०७९ मा ५० वटा आंगिक र ३०० बढी सम्बन्ध प्राप्त क्याम्पसमा चुनाव भएको थियो । विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्धी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ ।

त्रिविले प्रत्येक दुईदुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ। निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन्। स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन।

एकैपटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो। त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो। त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुँदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो।

Tags: # आज स्ववियु निर्वाचन#मतदानकै दिन तालाबन्दी#विद्यार्थी नेता छान्ने स्ववियु चुनाव#स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन

लोकप्रीय

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२

विचार

थप समाचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि
ताजा समाचार

अन्तर्राष्ट्रिय

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.