×

NEPAL TIMES UPDATES

Playing
४५ सांसदले १७ मातृभाषामा शपथ लिने, कसको कुन भाषामा सपथ ?|| Nepal Times
Mar 25, 2026
Playing
तेहरानमा १२ मा रिए,ट्र म्पको स्टा टसले तेलबजारमा हलचल,यु द्ध लम्ब्याउन उक्सादै|| Nepal Times
Mar 25, 2026
Playing
संघीयताको मर्ममाथि मुख्यमन्त्री कार्कीको ’मजाक’ || Nepal Times
Mar 25, 2026
Playing
मोरङ सुनसरी र झापामा बर्डफ्लू भयावह, विराटनगरमा पनि पुष्टि || Nepal Times
Mar 24, 2026
Playing
वार्ता हुनेमा अरब मुलुकको आशंका, इरानमा किन प्रत्याक्रमण गरेनन् ?|| Nepal Times
Mar 24, 2026
Playing
प्रतिवेदन सार्वजनिक नगरी विदा हुँदैछ सुशीला सरकार? || Nepal Times
Mar 24, 2026
Playing
गगनको गाडी रुक्दैन, रास्वपालाई बधाई,देउवाको घरमा भेटिएको पैसाको अनुसन्धान गर्न माग|| Nepal Times
Mar 24, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-10-2082 || Nepal Times
Mar 24, 2026
Playing
इन्धन जोहो गर्न नेपालमा जोरबिजोर, ग्यास भरिएकै सिलिण्डर|| Nepal Times
Mar 24, 2026
Playing
अमेरिकाविरुद्ध चीनको पनडुब्बी युद्धको तयारी|| Nepal Times
Mar 24, 2026

पूर्वराजाले किन टाउको उठाए ?

१७ चैत्र २०८१

१८ चैत,काठमाण्डौ।

हुन् त माओवादी अध्यक्ष प्रचण्ड छिनमा नै भावुक हुन्छन् अनि नरम पनि । यहाँ सम्मकी कहिले काहीँ त बोल्दा बोल्दै भावनाआएर भक्कानिने मात्र हैन् आँशु समेत झार्छन् । तर उनको भावुकता र नरमता व्यवहारमा पाउन निकै मुस्किल पर्छ ।

Advertisement

यो देशमा गणतन्त्र स्थापनाकालागि ६ दशभन्दा बढी समय लाग्यो । हजारौँले बलिदानी गरे । तर राजनीतिक अस्थिरता, व्याप्त भ्रष्टाचार र सत्ताको लुछाचुँडीका कारण जनतामा चरम निराशा छाउन पुग्यो ।

त्यही मौका छोपेर नारायणहिटीबाट निर्मल निवास पठाएका पूर्व राजाले टाउको उठाउने प्रयास गरेका छन् । देशमा फेरि राजनीतिको कालो बादल मडारिन थालेको छ । सडकमा हिन्दु राज्य सहितको राजतन्त्रको माग भई रहेको छ ।

यसको एउटै कारण हो गणतन्त्रवादी नेताहरूले अहिलेसम्म गरेका कर्म । गणतन्त्र स्थापनाभएको १६ वर्षमा १३ जनाप्रधानमन्त्री फेरिन पुगे । दलहरू राती सुत्दा एउटा दलसँग सरकारमा हुन्छन् भने बिहान उठ्दा अर्कै दलसँग सत्ता सहकार्य गर्छन् ।

सङ्घीयतासँगै गठन भएका सात प्रदेश केन्द्र भन्दा अझ अस्थिर बने । प्रदेशको काम सत्ता परिवर्तन गर्ने र मुख्यमन्त्री फेर्ने मात्र बन्न पुग्यो । सङ्घीयता सँगै बनेका तिन तहका सरकार समन्वयको साटो आरोप प्रत्यारोपमा बढी उत्रिए ।

भ्रष्टाचार, ढिला सुस्तीमात्र हैन् गणतन्त्र ल्याउने दल बीच नै कुकुर बिरालाको जस्तो व्यवहार सार्वजनिक रूपमा देखिन थाल्यो । त्यसकै परिणाम अहिले गणतन्त्रविरुद्ध नारा लागेको कुरामा दुई मत नरहला ।

अहिलेको सबै भन्दा ठूलो आक्रोश दलका नेताहरूको व्यवहार नै हो । यो आन्दोलनले दलका नेताहरूलाई कि सच्चिनु प¥यो कि त छोड्न तयार हुनु प¥यो भन्ने प्रस्ट सन्देश दिइरहेको छ ।

चैत्र १५ गते राजावादी र समाजवादीमोर्चाले काठमाण्डौं आमनेसामने हुने गरी प्रदर्शनको आयोजना गरेका थिए । समाजवादी मोर्चाको कार्यक्रम शान्तिपूर्ण रह्यो । तर राजावादीको प्रदर्शन हिंसामा परिणत भयो ।

आगजनी, तोडफोड, लुटपाट सँगै २ जनाको ज्यान समेत गयो । यसले देशलाई फेरि हिंसाको बाटो तर्फ त धकेल्दै छैन भन्ने प्रश्न खडा गरेको छ । शनिवार काठमाण्डौमा माओवादी अध्यक्ष प्रचण्ड प्रेस सेन्टर नेपालको महाधिवेशन उद्घाटन समारोहमा पुगे ।

त्यहाँ उनले शुक्रवारका दृश्य तर्फ इंगित गर्दै भने, ‘हामी कहाँ पुग्यौँ आत्मसमीक्षा गर्दै सच्चिनुको विकल्प छैन् । जनतामा भ्रष्टाचारले चरम निराशा छाएको भन्दै प्रचण्डले गणतन्त्रवादी नेतालाई दुई चार करोडको पछाडि नलाग्न चेतावनी दिए ।

‘गणतन्त्रवादीले पनि आत्मसमीक्षा गर्दै सच्चिनु पर्ने । उनको भनाइथियो । कार्यक्रममा शुभकामना दिन पुगेका नेपाली काँग्रेसको सुभेच्छुक संस्था प्रेस युनियनका अध्यक्ष शिवलम्सालले भने, ‘प्रचण्डले दर्जन पटक जनताका अगाडी सचिन्छौ भन्नु भएको छ त्यस कारण दुइटा सत्तारुढ दलका नेताभन्दा बढी सम्मानित उहाँ हुनु हुन्छ ।

जुनजुन दलले गणतन्त्रका लागि संर्घष गरे उनीहरूका कारण अहिलेको अवस्था आएको हो भनेर भन्न हिच्किचाउनु पर्ने ठाउँमा आफूहरू नरहेको अध्यक्ष लम्सालको टिप्पणी थियो। प्रचण्डले उठाएको यो सवाल अहिलेको राजनीतिक परिवेशमा गम्भीर रूपमा हेरिनुपर्ने हो । तर, प्रश्न उठ्छ—के अन्य दलका नेताहरू पनि सच्चिन तयार छन् ?

काँग्रेस, एमाले र अन्यदलहरूका शीर्ष नेताहरूले गणतन्त्र बलियो बनाउनको साटो आन्तरिक विवादमै अहिले पनि अल्झिएको अवस्था छ । जनआक्रोश व्यवस्थापनका लागि नेताहरूको व्यवहारमा सुधार आवश्यक देखिन्छ ।

केवल भाषणमा मात्र नभई, व्यवहारमै नेताहरूले पारदर्शिता, जबाफदेहिता र जनअपेक्षा अनुसारको काम नगरे गणतन्त्रप्रति नै वितृष्णा बढ्ने खतरा सदैव रहन्छ । हुन त हाम्रा गणतन्त्रवादी नेताहरू सत्ताबाहिर रहँदा धेरै नरम हुन्छन् जब सत्ता पुग्छन् त्यसपछि उनीहरूको पारो तात्छ अनि नरमको कुरै गर्न जान्दैनन् ।

वास्तवमा अब साँच्चीकै माओवादी अध्यक्ष प्रचण्डले भने जस्तै उनीहरू सच्चिएका हुन त ? कि विगतमा जस्तै चाडै भावुक भएर प्रचण्डले आत्मसमीक्षा गर्दै जनता माझ जाने र १५ वर्षमा सत्ता सञ्चालन गर्दा भएका गल्तीहरूलाई माफी माग्दै फेरी नदोहो¥याउने प्रतिबद्धता गर्छन् त ? त्यो हेर्न समय पर्खनु पर्ने हुन्छ ।

तर जे होस् गणतन्त्र पक्षधर तीन शक्तिमध्ये तेस्रो शक्तिका अध्यक्षले यतिसम्म भन्नु सकारात्मक कुरा होला ।तर यो देशको कायापटल गर्छौ । संविधानका कमी कमजोरीलाई पनि सच्याएर गणतन्त्रलाई बलियो बनाउँछौ भन्दै नयाँ सत्ता सहयात्रा सुरु गरेका प्रमुख दल नेपाली काँग्रेस र एमालेका नेताहरू भने आफू सच्चिने त परैको कुरा सचिन्छौ समेत भन्न सकेका छैनन् ।

प्रधानमन्त्री केपीशर्मा ओली अहिले पनि हिजोकै जस्तो ओठे र उरन्ठेउलो भाषणमा नै रमाइरहेका छन् भने काँग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञानेन्द्र शाहसँगको पुरानै रिस अझै मरिनसकेको उनको व्यवहार र बोलीबाट प्रस्ट हुन्छ ।

सत्ता लुछाचुडी पछि ३६ को आँकडामा रहेका गणतन्त्रवादी काँग्रेस, एमाले र माओवादी राजावादीको प्रदर्शनले उग्ररूप लिए सँगै सर्वदलीय बैठक समेत बस्ने अवस्थामा आइपुगेका छन् ।

जहाँ उनीहरुले आफूहरुको आत्मसमीक्षा कम र ज्ञानेन्द्र शाहलाई दोषारोपण गर्न बढी समय खर्चिएका छन् । गणतन्त्रपक्षर १२ राजनीतिक दलहरु तीनकुनेको हिंसात्मक घटना र पछिल्लो समय राजावादीहरुको सक्रियताको जड नै ज्ञानेन्द्र भएको निष्कर्षमा पुगेका छन् ।

Advertisement

यद्यपि सत्ताको लुछाचुडी अनि भ्रष्टचारको दलदलबाट माथि उठेर जनतासामु गणतन्त्र स्थापनापछि सत्ता सञ्चालन गर्दा भएका गल्तीको माफी माग्दै प्रचण्डले भने झै राजनीतिक दलका नेता सच्चिने कि व्यवस्था मात्र परिवर्तन गरी राख्ने भन्ने निर्णयमा पुग्ने समय भने घर्किन लागिसकेको छ ।

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top