×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

तीनकुने घटनाको जिम्मा गृहमन्त्रीले नलिने, संविधान उल्ट्याउने डर

२१ चैत्र २०८१

२२ चैत , काठमाण्डौ।

गएको चैत १५को काठमाडौंको तीनकुनेको राजावादीहरुको प्रर्दशनपछि भएको तोडफोड, आगजनी र प्रर्दशनकै क्रममा दुई जनाको ज्यान गएपछि गृहमन्त्रीको राजीनामा माग भइरहेको अवस्थामा गृहमन्त्री रमेश लेखकले भने राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन संविधान उल्ट्याउने र राज्य व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित रहेको बताएका छन्।

Advertisement
Advertisement

शुक्रबार संसद्को राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री लेखकले सत्ताधारीहरुलाई खबरदारी गर्ने र आलोचना गर्ने उद्देश्यबाट भन्दा पनि राजावादीको प्रदर्शन लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने र संविधान उल्ट्याउने उद्देश्यबाट प्रेरित रहेको आरोप लगाएका हुन्।

‘ज्ञानेन्द्र शाहको फागुन ७ को अभिव्यक्ति र २५ गतेको प्रदर्शनले पनि त्यसको संकेत गरेको थियो,’ गृहमन्त्री लेखकले भने, ‘आन्दोलनको नेतृत्व गरिरहेका लिडरहरुका अभिव्यक्तिले पनि राजावादीको प्रदर्शन लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने र संविधान उल्ट्याउने उद्देश्यबाट प्रेरित रहेको पुष्टि हुन्छ।’

उनले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको विषयमा आफूले संसद्लाई जानकारी गराउने तयारी गर्दागर्दै संसद् बैठक अन्त्य भएको उनले बताए। ‘तीनकुने क्षेत्रमा राजावादीको हिंसात्मक प्रदर्शनको घटनाका सम्बन्धमा प्रधानमन्त्रीले संसद्लाई केही जानकारी गराइसक्नु भएको छ,’ उनले भने, ‘मैले पनि यस विषयमा प्रतिनिधिसभालाई जानकारी गराउने तयारी गरेको थिएँ। तर, सांसद दीपक बोहारोका निधन भएको कारण संसद्को अन्तिम बैठक शोक प्रस्ताव पारित भएर अन्त्य भयो। तीनकुने घटनाको सम्बन्धमा मैले संसद्मा बोल्न पाइँन।’

उनले चैत १५ गते काठमाडौँका दुई ठाउँमा प्रदर्शन भएको भन्दै समाजवादी मोर्चाले भृकुटीमण्डप मा गरेको प्रदर्शनको प्रशंसा गरे। ‘माओवादीसहितको समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको कार्यक्रम सभ्य र भव्य थियो। त्यहाँ विचार प्रस्तुति भयो। सरकारको आलोचना गर्न पाइन्छ। त्यो कार्यक्रममा मोर्चाका नेताहरुले सरकारको आलोचना गर्नुभयो, त्यसको हामी सम्मान गर्छौँ। समाजवादी मोर्चालाई धन्यवाद छ,’ गृहमन्त्री लेखकले भने, ‘तर, तीनकुनेको कार्यक्रम समाजवादी मोर्चाको भन्दा विपरित थियो। हिंसात्मक, उच्छृंखल, अमानवीय र अमर्यादित थियो त्यो कार्यक्रम।’ उनले राजावादीको आमानवीय प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र स्वास्थ्य लाभको कामना गर्दै घाइते सबैको निःशुल्क उपचार गरिने बताए। ‘मृतक दुईजनाका आश्रित परिवारलाई १० लाखका दरले राहत दिने निर्णय सरकारले गरिसकेको छ,’ गृहमन्त्री लेखकले भनेका छन् ।

उनले राजावादी आन्दोलनको क्रममा अगुवाहरूले भिडलाई उत्तेजित बनाएको पनि बताए । त्यस दिनको घटनाबारे जवाफ दिँदै उनले निषेधित क्षेत्र तोड्दै संसद भवन छिर्न उक्साउने, घरमा मान्छे भनेर थाहा हुँदै गर्दा आगो लगाउने, दमकललाई छेक्ने, पार्टी कार्यालय र नेताको घर तोडफोड गर्ने र ढुंगा हान्नेसम्मका काम भएको बताए ।

लेखकले भने, ‘संयमता नअपनाएको भए अझ धेरै क्षति हुने थियो, जस्तो आपराधिक गतिविधि भए, त्यसरी नै सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुने थियो । अराजकता फैलाएर संविधान समाप्त पार्ने गतिविधि भएका थिए भन्नेमा स्पष्ट छु । नजिकै एयरपोर्ट छ, त्यहाँ आगजनी गर्ने काम भएको छ, नजिकै विदेशी जहाज छन्, त्यत्रो ठूलो तेलको भण्डारण छ । नजिकै प्रज्वलनशील पदार्थ थियो । यदि त्यहाँ आगो टिपेको भए काठमाडौंको अवस्था भयावह हुने थियो । त्यसरी नै लोकतन्त्रलाई जीवन्त राख्न सक्छौं ?’

उनले हिंसात्मक गतिविधिलाई लुकाउन मञ्चमा टियर ग्यास फालिएको भन्दै गलत प्रचार गरिएको जिकिर गरे । उनले भनेका छन्, गोली चलाउदाँ सविन महर्जन घाइते, शिक्षण अस्पतालमा निधन भएको घोषणा भयो ।

प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरीतर्फ २४ जना र सर्वसाधारणतर्फ ५४ जना घाइते, ५८ भवनमा तोडफोड तथा आगाजानी, १३९ जना वटा सवारी साधनमा क्षति पु¥याइएको छ । सरकारका तर्फबाट गृहमन्त्रीले यस्तो दाबी गरिरहदा तीनकुने घटनाको न्यायिक छानविन गर्नुपर्ने माघ सत्तारुढ दलहरु भित्रै बाट उठेको छ ।

नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शहार्म गगन थापासहित डा. सुनिल शर्माले यो घटनाको न्यायिक छानविन गर्न माग गरेका छन् । सांसद शर्माले त तीनकुने घटना सरकारले नै बिथोलेको आरोप लगाएका छन् ।

Advertisement

यो घटनालाई लिएर राजावादी शक्ति राप्रपाले लिखित रुपमै गृहमन्त्रीको राजीनामा माग गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले समृत गृहमन्त्रीले पदको जिम्मेवारी सम्हाल्न नसकेको भन्दै मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top