×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदर्शनकारी धरपकडमा, प्रहरी दमनको छानविन कहिले ?

२४ चैत्र २०८१

२५ चैत ,काठमाण्डौ।

काठमाडौंमा चैत्र १५ गतेको राजावादीहरुको आन्दोलनलाई हिंसात्मक बनाउन सम्लग्न अभियुक्त भन्दै प्रहरीले एकपछि अर्का व्यक्तिलाई पक्राउ गरिरहेको छ । यसैक्रममा आज दुई जना पक्राउ परेका छन् । प्रहरीले पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घरमा देखिएकी एनी कुँवरलाई समेत पक्राउ गरेको हो ।

Advertisement
Advertisement

यस्तै ट्राफिक लाइट तोडफोड र जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने मुख्य अभियुक्त भन्दै अर्का एक युवालाई पनि पक्राउ गरेको छ । एनी पत्रकार रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

पत्रकारको मृत्यु भएको र लगभग उस्तै समयमा कुँवर सोही भवनबाट झर्दै गरेको देखिएपछि सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । अरुको घरमा अनाधिकृत रूपमा प्रवेश गरेको आरोपसमेत उनीमाथि प्रहरीले लगाएको छ ।

कुँवर अभिनेत्री समेत हुन् । घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् । प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले बताएका छन् ।

कुँवरले एक दशकअघि फिल्म ब्रह्माबाट रजतपट यात्रा सुरु गरेकी थिइन् । यता सोही दिन प्रदर्शनका क्रममा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका छन् । तोडफोडमा संलग्न रहेको आरोपमा कुमार तामाङलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनलाई नै कोटेश्वरस्थित जडिबुटी उद्योगमा आगो लगाउने मुख्य व्यक्ति पनि भनेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सीसीटीभी र भिडिओका आधारमा पहिचान गर्दै उनलाई पक्राउ गरेको हो ।

२७ वर्षीय तामाङ सिन्धुपाल्चोकको बाह्रबिसेका हुन् । उनले जडिबुटी चोकको ट्राफिक लाइट पनि फुटाएको र जडिबुटी उद्योगमा पनि आगो लगाएको भिडिओमा देखिएको छ । यसअघि अर्का व्यक्तिलाई पनि पक्राउ गरेको थियो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ । तर प्रहरीले जनप्रर्दशनका जनकमाण्डर भनिएका दुर्गा प्रसाईँलाई भने अझैसम्म पक्राउ गर्न सकेको छैन् ।

उनी सवार गाडी प्रहरीले इटहरीबाट बरामद गरेपनि प्रसाईँ भने भारत पुगिसकेको प्रहरीले अनुमान गरेको छ । हिंसा भड्काएको आरोपमा प्रहरीले एकपछि अर्का व्यक्तिलाई पक्राउ गरिरहँदा सो दिन प्रहरीबाट पनि व्यापक दमन र बल प्रयोग भएको भन्दै आलोचना भइरहेको छ ।

जसका लागि छानविन आयोग बनाउनु पर्ने माग पनि गरिएको छ । प्रहरीले भने हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न संयमित भएर आवश्यक मात्र बल प्रयोग गरेको दाबी प्रहरीले गर्दै आएको छ । तर घाइतेको लामो सूची, प्रदर्शनमा सहभागी नभएकालाई पनि गोली प्रहार र घातक हतियारको प्रयोगले प्रहरीको दाबीमाथि नै प्रश्न उठेको छ ।

प्रहरीले भीड नियन्त्रणका लागि प्रयोग गरेको गोलीगट्ठाको तथ्यांक लुकाएको पुष्टि भएपछि थप आलोचना भएको छ । प्रहरीले ५८ राउन्ड हवाई फायर भनेकोमा दोब्बर संख्यामा फायर भएको खुलेको छ । यस्तै एसएलआर र इन्सास राइफल प्रयोग गरेको पाइएको छ ।

एसएलआर अर्धस्वचालित बन्दुक हो, जसमा एकसाथ १८ वटासम्म गोली लोड गरेर ३ सय मिटर टाढासम्म प्रहार गर्न सकिन्छ । इन्सास भने एसएलआरभन्दा सानो आकारको आधुनिक अर्धस्वचालित राइफल हो । युद्धमा प्रयोग हुने यी दुवै हतियार घातक मानिन्छन् ।

प्रहरीको आन्तरिक प्रतिवेदनमा एसएलआर र इन्सास राइफलमार्फत ८१ जंगी राउन्ड र १ सय ६५ ब्ल्यांक राउन्ड फायर गरेको उल्लेख छ । सर्टगनमार्फत कार्टिज ३ र रबर छर्रा २ सय १ फायर गरेको परिसरको प्रतिवेदनले देखाएको छ ।

त्यस्तै पेस्तोलबाट २ राउन्ड फायर गरिएको थियो । प्रहरीले भीड नियन्त्रणका लागि लाठी ५९, सिल्ड÷ढाल ४९, हेल्मेट ४९, मेघाफोन १, हेन्डसेट १ र फुल गियर ५ वटा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ताले ७ सय ४६ सेल अश्रुग्यास प्रहार गरिएको जनाएका थिए ।

तर आन्तरिक प्रतिवेदनमा भने ८ सय ६८ सेल प्रहार भएको उल्लेख छ । यी अश्रुग्यास म्याद गुज्रेको पाइएको छ । प्रहरीले फेब्रुअरी २००८ मै म्याद सकिएको अश्रुग्यास सेलसमेत प्रयोग गरेको थियो । म्याद सकिएको उपकरण प्रयोगलाई मानवअधिकारका दृष्टिले ‘अमानवीय’ मानिन्छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आन्दोलनका क्रममा घाइतेमध्ये १३ जनाको आकस्मिक शल्यक्रिया गरिएको थियो । प्रदर्शनमा नेपाल प्रहरीतर्फ ५५ र सशस्त्र प्रहरीतर्फ २५ जना घाइते भएको प्रहरीले बताएको छ ।

प्रदर्शनकारी तीन महिलासहित ५४ जना घाइते भएका थिए । प्रहरीकै गोली लागेर प्रदर्शन भएको दिन कीर्तिपुरका सविन महर्जनको ज्यान गएको थियो । राजावादीले आगो लगाएको घरभित्र पत्रकार सुरेश रजक जलेर मृत अवस्थामा फेला परेका थिए ।

प्रहरीले १ सय ५५ जनालाई पक्राउ गरेकामा ६६ जनाविरुद्ध म्याद थप गरी राज्यविरुद्ध र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ । तीमध्ये ४६ जनालाई आपराधिक उपद्रव कसुर पनि लगाइएको छ । बाँकीलाई सोधपुछपछि रिहा गरेको प्रहरीले जनाएको छ । पक्राउ गर्ने क्रम अझै जारी छ ।

यसबीच मानअधिकारवादी संस्थाहरुले तीनकुने घटनामा व्यापक बल प्रयोग भएको तथ्य सतहमा आउन थालेको भन्दै त्यसको निष्पक्ष विवेचना गर्न न्यायिक समिति गठन हुनु पर्ने माग गरेका छन् ।

एमनेस्टी इन्टरनेसनल, जवाफदेही निगरानी समूह, एडभोकेसी फोरम र न्याय तथा अधिकार संस्था (जुरी नेपाल) ले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै तीनकुने घटनामा भएको मानवअधिकार उल्लंघनका घटनाको वस्तुनिष्ठ छानबिन हुनु पर्ने माग गरेका हुन् ।

प्रहरी संगठन तथा गृह प्रशासनको विश्वसनीयता क्षयीकरण हुन नदिन पनि यस्तो स्वतन्त्र छानबिन अत्यावश्यक भएको उनीहरूको निष्कर्ष छ । जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ समेत अन्तर्गत यथोचित संयन्त्र गठन गरी जवाफदेहिता सुनिश्चित गर्न उनीहरूले सरकारलाई आग्रह पनि गरेका छन् ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् । तर न्यायिक छानबिन हुनु पनि सक्ने र नहुन पनि सक्ने भनेका छन् । तीनकुने घटनाको लागि न्यायिक छानबिन गठन गर्ने की नगर्ने भन्नेबारेमा विचार गर्ने उनले बताएका छन् ।

Advertisement

संचारकर्मीसंग बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘न्यायिक छानबिन नहुन पनि सक्छ, हुन पनि सक्छ । तर छानबिन निष्पक्ष हुन्छ । सबै कुरामा न्यायिक छानबिन नै चाहिन्छ भन्ने पनि छैन । त्यो हामी विचार गर्नेछौँ । यसै निष्पक्ष छानबिन गर्ने की न्यायिक छानबिन गर्ने भनेर ।’

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top