×

NEPAL TIMES UPDATES

Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026

काठमाडौंमा आज राप्रपासहित कयौंको प्रदर्शन, कस्तो छ सुरक्षा ?

२५ चैत्र २०८१

२६ चैत , काठमाण्डौ ।

पूर्व घोषित कार्यक्रमअनुसार आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँको बल्खुमा विरोधसभाको आयोजना गर्दैछ । लघुवित्त पीडितहरूले रत्नपार्क क्षेत्र र शिक्षकहरूले माइतीघरमा प्रदर्शन जारी राखेका बेला राप्रपाले बल्खुमा कार्यक्रम गर्न लागेको हो ।

Advertisement
Advertisement

यस्तै आजै माइतीघर मण्डलामा राष्ट्रिय जनमोर्चाले पनि प्रदर्शन गर्दै छ । लघुवित्त पीडित तथा शिक्षकहरुको आन्दोलन शान्तिपूर्ण देखिदा आज राप्रपालाई चैत १५ मा तीनकुनेमा दुर्गा प्रसाईँ र नवराज सुवेदीको नेतृत्वमा भएको प्रदर्शनको गल्ती नदोहोर्याउन र प्रहरीलाई पनि सो दिन भएको सुरक्षा व्यवस्थाको कमजोरीलाई सुधार्न दबाव रहेको छ ।

चैत १५ मा वर्तमान व्यवस्थाविरोधी राजावादी समूहले राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बन्न पुग्यो । उक्त हिंसात्मक प्रदर्शनको मूल आयोजक दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियान भए पनि त्यसमा बलियो साथ नवराज सुवेदी नेतृत्वको राजतन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको पनि थियो ।

साथसाथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित अन्य राजावादी समूहको समेत साथ थियो । राजवादीदेखि दुर्गावादीसम्म एकै ठाउँमा भेला भएर गरेको उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान जानुका साथै तोडफोड, आगजनी र लुटपाटका घटना समेत भए ।

सो घटनाको चौतर्फी आलोचना भइरहेको बेला राप्रपाले राजतन्त्र फर्काउने अभियानस्वरुप आज अर्को प्रदर्शन र आमसभा गर्न लागेको हो । राप्रपाको उक्त प्रदर्शनमा सुवेदी नेतृत्वको समितिको पनि साथ छ ।

समितिका कार्यवाहक संयोजक जगमान गुरुङले राप्रपाको प्रदर्शनमा आफूहरूको साथ रहने बताउँदै राष्ट्रिय झन्डासहित कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेका छन् । गुरुङले शान्तिपूर्ण रूपमा सक्रिय सहभागिता जनाउनका लागि आग्रह गरेका हुन् ।

सो दिन सुरक्षा कमजोरी गरेको भनेर आलोचना खेपेको प्रहरीले आजको कार्यक्रममा चुस्तता कायम गर्ने रणनीति बनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई बल्खु चोकबाट त्रिभुवन विश्वविद्यालय तर्फको सडकमा कार्यक्रम गर्न अनुमति दिएको छ ।

बल्खुको सभामा मात्रै २ हजार भन्दा धेरै प्रहरी परिचालन गर्ने गरी काठमाडौँ प्रहरीले सुरक्षा रणनीति तयार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहरा भन्छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृत्वहरूसँग पनि समन्वय गरिरहेका छौँ, उहाँहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने बताउनुभएको छ ।’

बल्खु क्षेत्रमा ड्रोन र सीसी क्यामेराबाट निगरानी गर्ने प्रहरीको रणनीति छ । बल्खु क्षेत्रमा परिचालित हुने सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागको बिचमा ‘एकीकृत’ सुरक्षा व्यवस्था मिलाउने र सुरक्षा ग्याप हुन नदिने निर्णय गरिएको छ ।

सोमबार साँझ बसेको तीनवटा सुरक्षा निकायका प्रमुखहरूको बैठकले सूचना तलसम्म सेयर गर्ने र सूचनाको ग्याप हुन नदिने निर्णय गरेका हुन् । बल्खुमा बल प्रयोग गर्नुपर्ने अवस्था आएमा सिलसिलेवार बल प्रयोग गर्ने निर्णय गरिएको छ ।

आईजीपी दीपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको बिचमा भएको छलफलमा बल प्रयोग गर्नुपर्ने अवस्था आएमा तीनवटै सुरक्षा निकायसँग समन्वय गरेर सिलसिलेवार बल प्रयोग गर्ने रणनीति अख्तियार गरिएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूले प्रदर्शनस्थलको सूचना संकलन गर्नेछन् । सूचना संकलन गर्न सादा पोसाकका प्रहरी पनि परिचालन गरिएको एसपी अपिल बोहराले बताए । तल्लो तह (जवान) सम्ममा सूचना सेयर गर्ने र सूचनाको ग्याप हुन नदिने सुरक्षा प्रमुखहरूको निर्णयपछि फिल्डमा खटिने सुरक्षाकर्मीहरूलाई ब्रिफिङ गरिएको छ।

प्रदर्शनस्थलको सुरक्षाको लागी काठमाडौँ उपत्यका बाहिरबाट पनि सुरक्षाकर्मी झिकाइएको छ । शिक्षकहरूले माइतीघर मण्डला र लघुवित्त पीडितहरूले रत्नपार्कमा प्रदर्शनको आयोजना गरेका छन् ।

माइतीघर र रत्नपार्कको प्रदर्शनमा अवाञ्छित गतिविधि नहुने प्रहरीको आकलन छ । दुई ठाउँमा १५ सयभन्दा धेरै प्रहरी परिचालन गर्ने गरी सुरक्षा रणनीति तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतहरू बताउँछन् ।

आज मुख्य ३ वटा प्रदर्शन बाहेक काठमाडौँ उपत्यकामा थप ७ वटा प्रदर्शन हुँदै छन् । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले लगनखेलमा प्रदर्शनको आयोजना गरेको छ । जनमोर्चाका अगुवा कार्यकर्ता रोशन दानीका अनुसार लगनखेलमा भेला भएर राजमोले माइतीघर सम्म प्रदर्शन गर्नेछ ।

दानी भन्छन्, ‘हामीले संघीयता खारेजीको माग गरेर ३ दिनदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेका छौँ ।’ आवासीय चिकित्सक, पीछडावर्ग संघर्ष समितिका खगेन्द्र ठाकुर र जनताको खबरदारी नेपालले प्रदर्शनको आयोजना गरेका छन् ।

जनताको खबरदारी नेपालले मृत्युदण्ड दिने कानुन ल्याउन माग गरेर प्रदर्शनको आयोजना गरेको बताइएको छ । राष्ट्रवादी साझा संगठन नेपालकी माया माण्डेले राजतन्त्र पुनस्र्थापनाको माग राखेर माइतीघरमा धर्ना कार्यक्रम गर्दै आएकी छन् ।

मंगलबार १० वटा प्रदर्शनको कार्यक्रम आयोजना भएको र सबै कार्यक्रममा आवश्यक सुरक्षा प्रबन्ध गरिएको एसपी अपिल बोहराले बताए । यता यसैले गर्दा आज विहानैदेखि काठमाडौँ उपत्यकामा सवारीसाधन सञ्चालनमा असर देखिएको छ ।

ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सवारीसाधन चलाउनेहरूलाई आग्रह गरेको छ । खासगरी राप्रपाले बल्खुलाई केन्द्र बनाएर विभिन्न स्थानबाट जुलुस निकाल्ने हुँदा ट्राफिक प्रहरीले यातायात डाइभर्सन गर्ने भएको हो ।

डाइभर्सन गरिने मुख्य स्थानमा खसीबजार–मकालु, कलंकी चोक–बाफल, बल्खु चोक–कुलेश्वर, कालीमाटी चोक–टेकु, कीर्तिपुर–सुन्दरीघाट, सानेपा–एकान्तकुना रहेको छ । यस्तै आवश्यक परेमा थप गरिने डाइभर्सन प्वइन्टमा त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर रहेको छ ।

आज कार्यक्रममा सहभागी हुन सवारीसाधन लिएर आउने व्यक्तिहरूले पार्किङ गर्ने स्थानहरूमा त्रिवि गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ), चोभार सुख्खा बन्दरगाह, नयाँबसपार्क, सीतापाइला–बाफल सडकखण्डमा एक लाइनमा व्यवस्था गरिएको छ ।

राप्रपाको आजको प्रदर्शन पनि शान्तिपूर्ण नहुन सक्ने बुझाइकै साथ स्थानीय प्रशासनले पार्टीले माग गरेको भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिएको हो । सुरक्षा संवेदनशीलता देखाउँदै आइतबार प्रशासनले सिफल वा बल्खु क्षेत्रमा प्रदर्शन गर्न भनेको थियो ।

भृकुटीमण्डपमा आमसभा आयोजना गर्ने गरी राप्रपाले चैत २२ मै प्रशासनलाई इमेल पठाएको थियो । सो पत्रका सन्दर्भमा उक्त स्थानमा कार्यक्रम आयोजना गर्न अन्य आन्दोलनका कार्यक्रमहरू (शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमहरू लगायत पूर्व निर्धारित कार्यक्रमहरू) पनि भइरहेकाले अनुमति दिन नसकिएको प्रशासनको भनाइ थियो ।

‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मूल नाराका साथ वर्तमान व्यवस्था विरोधी दल राप्रपाले ‘नवीन समझदारी’का लागि भन्दै गर्न लागेको प्रदर्शन शान्तिपूर्ण बनाउनुपर्ने चुनौती छ । तर चैत १५ को मूल आयोजक राप्रपा नभएको परिस्थितिमा भएको घटनालाई चिर्न राप्रपाले शान्तिपूर्ण प्रदर्शन गर्दै उदाहरणीय दलको रूपमा उभ्याउनुपर्ने चुनौती पनि छ ।

यसबीच राप्रपाले आजको बागमती प्रदेशस्तरीय प्रदर्शन तथा आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको छ । सोमबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बल्खुमा हुने आमसभालाई शान्तिपूर्ण बनाउन हजारौँ स्वयंसेवक खटाउने र आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको हो ।

आफ्ना कुनै नेतालाई पक्राउ गर्दैमा आफूहरूको आन्दोलन कमजोर नहुने भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्राउ गरे आन्दोलन अझ निर्णायक हुने चेतावनी दिएका छन् । चैत १५ को प्रदर्शनमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा हाल प्रहरी हिरासतमा छन् ।

Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top