×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

प्रदेश १ को राजधानी विकेन्द्रीत गर्ने विषयमा नेकपाका सांसदहरु विपक्षमा

१६ आश्विन २०७५

विराटनगर,असोज १६

नेकपा संसदीय दलको बैठकमा बहुसंख्यक सांसदले १ नम्बर प्रदेशको राजधानी विकेन्द्रीत गर्ने नहुने राय व्यतm गरेका छन् । उनीहरु मुख्यमन्त्री शेरधन राईले राजधानी विकेन्द्रीत गर्नु पर्ने धारणप्रति असहमति जनाउदै त्यसको विपक्षमा उभिएका हुन् ।

Advertisement
Advertisement

उनीहरुले प्रदेशको नाम पहिचानलाई समेटेर किराँत कोशी वा किराँत सगरमाथा राख्नुपर्ने धारणा राखेका छन् । प्रदेशको नाम र राजधानीको टुंगो लगाउन विराटनगरमा दुईदिनसम्म बसेको नेकपाको बैठकमा बोल्ने ५४ जना सांसद मध्ये ५२ जनाले विकेन्द्रीकरणको विपक्षमा आफनो धारणा राखेका हुन् ।

विराटनगरस्थित फन एण्ड फुड भिलेज रिसोर्टमा बसेको बैठकमा सोमबार पहिलो दिन २ जना सांसदले आफ्नो धारणा राखेको भए । मंगलबार ५२ जना सांसदले प्रदेशको नाम र राजधानीको विषयमा आफ्नो धारणा राखेका थिए । ‘अधिकांश सांसदहरुले प्रदेशको राजधानी विकेन्द्रीत गर्ने विषयमा भने असहमति राखेको एक सांसदले बताएका छन् ।

दलको बैठकमा उठेका विषयमा बाहिर नबोल्न सांसदहरुलाई मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राई र पार्टीका इन्चार्ज भीम आचार्यले निर्देशन दिइएको बताइएको छ ।यद्यपि अनौपचारिक कुराकानीका क्रममा सांसदहरुले प्रदेशको राजधानी इटहरी आसपास बनाउनु पर्ने र कार्यपालिका र व्यवस्थापिका एकै ठाउँ हुनुपर्नेमा जोड दिएको बताएका छन् ।

मंगलबारको बैठकमा पाँच जना सांसद र प्रदेश सरकारका मन्त्रीहरुले बोल्न बाँकी रहेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मंगलबारको बैठकमा प्रदेश इन्चार्ज भीम आर्चायले अन्तिममा आफनो राय राखेपछि बैठक स्थिगित भएको थियो ।अर्को बैठकको मिति तय भएको छैन ।

मुख्यमन्त्री शेरधन राईले अर्को बैठकको मिति तय गरेपछि पुनः दलको बैठक बस्ने राजभण्डारीले जानकारी दिए । प्रदेशसभामा रहेको दुईतिहाई मतले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने संवैधानिक प्रावधान छ । नेकपाको संसदीय दलको बैठकले प्रदेशको नाम र राजधानीको विषयमा गर्ने निर्णय नै अन्तिम हुनेछ ।

Advertisement
Advertisement

प्रदेश सभाको यही अधिवेशनबाट प्रदेशको नाम र स्थायी राजधानी टुग्याउने पक्षमा प्रदेश सरकार रहेको छ । सम्भव यही सात भित्र बस्ने प्रदेश सभा बैठकबाट नाम र स्थायी राजधानी प्रदेश नं १ ले पाउने छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top