निर्वाचन प्रचारका लागि भएको प्रदर्शनमा आत्मघाती आक्रमण , १३ अफगानीको मृत्यु

१६ असोज ७५, बुधबार

अफगानिस्तान, असोज १६
अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको निर्वाचन प्रचारप्रसारका लागि मङ्गलबार निकालिएको प्रदर्शनमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको यहाँका प्रहरी अधिकारीले बताएका छन् ।

Advertisement

यस महिना हुने संसदीय निर्वाचनलाई लिएर यहाँका प्रतिद्वन्द्वीहरूबीच प्रचार अभियान शुरू भएका समय उक्त आत्मघाती आक्रमण भएको हो ।
गत हप्तादेखि निर्वाचनको औपचारिक अभियान शुरू भएको अवस्थामा भएको यो आक्रमण पहिलो आत्मघाती आक्रमण हो । लामो समयपछि मतदानका लागि आतुर अफगानीलाई घटनाले केही त्रसित बनाएको सरकारी अधिकारीको बुझाई छ ।

घटनामा ४० जनाभन्दा बढी मानिस घाइते भएका छन् । “नान्गाहार प्रान्तअन्तर्गतको एक क्षेत्रका उम्मेदवार अब्दुल नसीर मोहम्मदका समर्थक जम्मा भएको स्थानमा एक लडाकूले आत्मघाती आक्रमण गर्दा १३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्,” प्रान्तीय गभर्नरका प्रवक्ता अतोल्लाह खोग्यानीले भने ।

Advertisement

आक्रमणमा नेता मोहम्मदलाई केही भएको छैन । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले बताएको छ ।
रासस/एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top