बंगबन्धु गोल्डकपः डिफेन्डिङ च्याम्पियन नेपाल पहिलो खेलमा पराजित

१७ असोज ७५, बुधबार
Share this
737shares

काठमाडौँ ,असोज १७
बंगबन्धु गोल्डकपको पहिलो खेलमा गत संस्करणको विजेता नेपालले ताजिकिस्तानसँग २–० गोल अन्तरले पराजय व्यहोरेको छ ।

Advertisement

बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा भएको खेलको २७औँ मिनेटमा नेपालको पेनाल्टी बक्समा अनन्त तामाङले ताजिकिस्तानका जर्सी नम्बर १० का खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

ताजिकिस्तानका कप्तान जर्सी नम्बर १८ का खेलाडी फाथ्खुल्लो फाथुएल्लोभले पेनाल्टीलाई गोलमा परिणत गर्दै नेपालविरुद्ध एक–शून्यको अग्रता बनाएका थिए ।

Advertisement

दोस्रो हाफको ६८ औँ मिनेटमा ताजिकिस्तानका जर्सी नम्बर ९ का खेलाडी टुरीनोभ कोमरोनले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । नेपालले पटक पटक आक्रमणको प्रयास गरे पनि गोल भने गर्न सकेन ।

Advertisement

नेपालले आउँदो शनिबार प्यालेस्टाइनसँग खेल्नेछ । मंगलबार नै भएको पहिलो खेलमा आयोजक राष्ट्र बंगलादेशले लाओसलाई एक शून्यले हराउँदै विजयी सुरुवात गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top