×

NEPAL TIMES UPDATES

Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रौद्र रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

२७ असार २०८२

२७ असार , काठमाडौ ।

नेपालको राजनीतिमा तरंग पैदा गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक पुनरागमनको उद्देश्य प्रस्ट पारेकी छन्। उनले पार्टीको सर्वोच्च पद अध्यक्ष हुँदै देशको कार्यकारी प्रमुख प्रधानमन्त्री बन्नेसम्मको लक्ष्य रहेको खुलासा गरेकी छन् ।

Advertisement
Advertisement

उनको यो खुलासाले सत्तारुढ एमालेभित्र मात्र होइन, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र समेत भूकम्प ल्याएको छ । इमेज टेलिभिजनलाई दिएकोअन्तर्वार्तामा पूर्वराष्ट्रपति भण्डारीले “एमालेको नेतृत्व लिनकै लागि राजनीतिमा फर्किएको हो, यसमा कुनै सन्देह छ र?“

भन्दै उनले आफ्नो उद्देश्यमाथि कुनै द्विविधा नरहेको स्पष्ट पारेकी छन् । जब उनलाई सोधियो, अबको लक्ष्य प्रधानमन्त्री हो? उनले कुनै पनि सम्भावनालाई नकारिनन्।

पूर्वराष्ट्रपतिले लिने सबै सुविधा परित्याग गरेर म जनताको सेवा गर्न आएकी हुँ। यो वा त्यो भन्ने बेला भएको छैन। जे गर्दा देशलाई राम्रो हुन्छ, त्यही गर्ने हो ।

आफ्नो पुनरागमनलाई उनले व्यक्तिगत महत्वाकांक्षा नभई पार्टी र राष्ट्रिय आवश्यकताको उपजको रूपमा व्याख्या गरेकी छन् । उनले अध्यक्ष केपी शर्मा ओलीप्रति सम्मान व्यक्त गर्दै नेतृत्व हस्तान्तरणको अपरिहार्यतालाई जोड दिइन्।

“उहाँ (ओली) दुई कार्यकाल अध्यक्ष भइसक्नुभयो। मैले चिनेको केपी ओली एउटै कक्षाको जाँच दोहो¥याएर दिने मान्छे होइन। उहाँ अध्यक्षमा दोहोरिनुहुन्न भन्ने मेरो विश्वास छ,“ भण्डारीले ओलीले आफ्नो निर्णयलाई सकारात्मक रूपमा लिएको दाबी गरेकी छन् ।

भण्डारीको राजनीतिक पुनरागमनले सबैभन्दा बढी बेचैन प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई बनाएको छ। उनले यो विषयलाई व्यक्तिगत वा पार्टीगत स्वार्थभन्दा माथि, प्रणालीमाथिकै संकटको रूपमा चित्रण गरेका छन्।

दुई दिनअघि मात्रै बालुवाटार पुगेर देउवाले प्रधानमन्त्री ओलीसँग यस विषयमा आफ्नो पार्टीको गम्भीर चासो र आपत्ति प्रकट गरे। उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकसहित पुगेका देउवाले आक्रामक शैलीमा भने, “राष्ट्रपति नेपाली सेनाको परमाधिपति भइसकेको मानिस पार्टी राजनीतिमा आउन मिल्छ र? देशको राष्ट्रप्रमुख हुँदा पाएको गोप्य जानकारी दुरुपयोग हुँदैन भन्ने के ग्यारेन्टी? के लोभ गरेको हो? यो कदमले लोकतान्त्रिक प्रणालीमाथि जनताको भरोसा टुट्छ।“

देउवाले यो विषयलाई कांग्रेस केन्द्रीय समितिले संस्थागत रूपमै ’नोटिस’मा राखेको भन्दै एमालेलाई तत्काल निर्णय लिन दबाब दिएका थिए ।

यद्यपि, देउवाको यो सक्रियतालाई केही विश्लेषकहरूले उनकी पत्नी आरजु राणा देउवालाई देशको पहिलो महिला प्रधानमन्त्री बनाउने आकांक्षासँग जोडेर हेरेका छन्।

भण्डारीको आगमनले आरजुको त्यो सम्भावित यात्रामा राजनीतिक चुनौती थपिने डर देउवामा रहेको उनीहरूको विश्लेषण छ। देउवाको आक्रामक प्रस्तुतिपछि प्रधानमन्त्री ओली रक्षात्मक देखिए।

उनले भण्डारीको पुनरागमन एमालेको संस्थागत निर्णय वा चाहना नभएको प्रष्टीकरण दिएका थिए । “हाम्रो चाहना होइन। व्यक्तिले इच्छा गर्दा निषेध गर्न मिलेन। उहाँ हाम्रो कुनै पनि संस्थागत निकायमा हुनुहुन्न, सदस्यता नवीकरण मात्र गर्नुभएको हो,“ ओलीको यो जवाफले उनी भण्डारीको कदमबाट सन्तुष्ट नरहेको तर परिस्थितिलाई काबुमा राख्न खोजिरहेको देखिन्छ।

तर, भण्डारीको पुनरागमनले एमालेभित्र भने स्पष्ट कित्ताकाट सुरु भइसकेको छ। पार्टीका प्रभावशाली नेताहरू सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमार्फत पक्ष र विपक्षमा विभाजित भएका छन्।

एमाले सचिव योगेश भट्टराईले ’च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने’ प्रवृत्ति बन्द गर्न आग्रह गर्दै संवादबाट समाधान खोज्न अपिल गरेका छन्।

पूर्वराष्ट्रपति विद्या देवी भण्डारी रपार्टीको राजनीतिमा फर्किएपछि अहिले एकअर्काप्रति टिप्पणी भइरहेको छ । सोही विषयलाई लिएर उनले सचेत रहन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौँ । बसौँ, आपसमा विमर्श गरौँ ।’ उनले सहकार्यबाट समाधान गर्नु नै जबजको मर्म भएकाले सबै एकै ठाउँमा उभिने आधार निर्माण हुनुपर्ने बताएका छन् ।

उनले भने, ‘सहकार्य मार्फत समाधान खोजौँ, जबजबको मर्म पनि यहि हो । राष्ट्र, जनता र एमाले हामी सबै एक ठाउँमा उभिने आधार !’यस्तै महासचिव शंकर पोखरेल पनि कित्ताकाट नगर्न चेतावनी दिएका छन् ।

यस्तै, स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको बताएका थिए । उनले नेतृत्वको विरोध नगरी नेता भइन्न भन्ने मानसिकता त्याग्न पनि निर्देशन दिएका थिए ।

नेता गोकुल बास्कोटाले व्यंग्य गर्दै ;बजारमा नोटिस हिट भएछ तर मान्छेहरु नो निड टू टिच भन्न थालेछन्; भन्दै सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

पूर्वराष्ट्रपति भण्डारीको यो कदमले एकातिर नेपाली राजनीतिमा एक नयाँ र जटिल अध्यायको सुरुवात गरेको छ भने अर्कोतिर, एमालेभित्र शक्ति संघर्षको बीउ रोपेको छ । जसले पार्टीको ११औं महाधिवेशनलाई निकै पेचिलो बनाइदिएको छ ।

अब अर्काे कार्यकालपनि पार्टी अध्यक्ष बन्ने लक्ष्य बोकेका ओलीले कसरी परिस्थितिको व्यवस्थापन गर्छन्, देउवाले यसलाई कसरी राष्ट्रिय मुद्दा बनाउँछन् र एमालेभित्रको कित्ताकाटले कस्तो रूप लिन्छ भन्ने कुराले नै नेपालको आगामी राजनीतिको मार्गचित्र निर्धारण गर्नेछ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top