NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु शनिबार असार २८ , २०८२
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
Next
Prev

समाचार

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२७ असार , काठमाडौ ।

नेपालको राजनीतिमा तरंग पैदा गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक पुनरागमनको उद्देश्य प्रस्ट पारेकी छन्। उनले पार्टीको सर्वोच्च पद अध्यक्ष हुँदै देशको कार्यकारी प्रमुख प्रधानमन्त्री बन्नेसम्मको लक्ष्य रहेको खुलासा गरेकी छन् ।

उनको यो खुलासाले सत्तारुढ एमालेभित्र मात्र होइन, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र समेत भूकम्प ल्याएको छ । इमेज टेलिभिजनलाई दिएकोअन्तर्वार्तामा पूर्वराष्ट्रपति भण्डारीले “एमालेको नेतृत्व लिनकै लागि राजनीतिमा फर्किएको हो, यसमा कुनै सन्देह छ र?“

भन्दै उनले आफ्नो उद्देश्यमाथि कुनै द्विविधा नरहेको स्पष्ट पारेकी छन् । जब उनलाई सोधियो, अबको लक्ष्य प्रधानमन्त्री हो? उनले कुनै पनि सम्भावनालाई नकारिनन्।

पूर्वराष्ट्रपतिले लिने सबै सुविधा परित्याग गरेर म जनताको सेवा गर्न आएकी हुँ। यो वा त्यो भन्ने बेला भएको छैन। जे गर्दा देशलाई राम्रो हुन्छ, त्यही गर्ने हो ।

आफ्नो पुनरागमनलाई उनले व्यक्तिगत महत्वाकांक्षा नभई पार्टी र राष्ट्रिय आवश्यकताको उपजको रूपमा व्याख्या गरेकी छन् । उनले अध्यक्ष केपी शर्मा ओलीप्रति सम्मान व्यक्त गर्दै नेतृत्व हस्तान्तरणको अपरिहार्यतालाई जोड दिइन्।

“उहाँ (ओली) दुई कार्यकाल अध्यक्ष भइसक्नुभयो। मैले चिनेको केपी ओली एउटै कक्षाको जाँच दोहो¥याएर दिने मान्छे होइन। उहाँ अध्यक्षमा दोहोरिनुहुन्न भन्ने मेरो विश्वास छ,“ भण्डारीले ओलीले आफ्नो निर्णयलाई सकारात्मक रूपमा लिएको दाबी गरेकी छन् ।

भण्डारीको राजनीतिक पुनरागमनले सबैभन्दा बढी बेचैन प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई बनाएको छ। उनले यो विषयलाई व्यक्तिगत वा पार्टीगत स्वार्थभन्दा माथि, प्रणालीमाथिकै संकटको रूपमा चित्रण गरेका छन्।

दुई दिनअघि मात्रै बालुवाटार पुगेर देउवाले प्रधानमन्त्री ओलीसँग यस विषयमा आफ्नो पार्टीको गम्भीर चासो र आपत्ति प्रकट गरे। उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकसहित पुगेका देउवाले आक्रामक शैलीमा भने, “राष्ट्रपति नेपाली सेनाको परमाधिपति भइसकेको मानिस पार्टी राजनीतिमा आउन मिल्छ र? देशको राष्ट्रप्रमुख हुँदा पाएको गोप्य जानकारी दुरुपयोग हुँदैन भन्ने के ग्यारेन्टी? के लोभ गरेको हो? यो कदमले लोकतान्त्रिक प्रणालीमाथि जनताको भरोसा टुट्छ।“

देउवाले यो विषयलाई कांग्रेस केन्द्रीय समितिले संस्थागत रूपमै ’नोटिस’मा राखेको भन्दै एमालेलाई तत्काल निर्णय लिन दबाब दिएका थिए ।

यद्यपि, देउवाको यो सक्रियतालाई केही विश्लेषकहरूले उनकी पत्नी आरजु राणा देउवालाई देशको पहिलो महिला प्रधानमन्त्री बनाउने आकांक्षासँग जोडेर हेरेका छन्।

भण्डारीको आगमनले आरजुको त्यो सम्भावित यात्रामा राजनीतिक चुनौती थपिने डर देउवामा रहेको उनीहरूको विश्लेषण छ। देउवाको आक्रामक प्रस्तुतिपछि प्रधानमन्त्री ओली रक्षात्मक देखिए।

उनले भण्डारीको पुनरागमन एमालेको संस्थागत निर्णय वा चाहना नभएको प्रष्टीकरण दिएका थिए । “हाम्रो चाहना होइन। व्यक्तिले इच्छा गर्दा निषेध गर्न मिलेन। उहाँ हाम्रो कुनै पनि संस्थागत निकायमा हुनुहुन्न, सदस्यता नवीकरण मात्र गर्नुभएको हो,“ ओलीको यो जवाफले उनी भण्डारीको कदमबाट सन्तुष्ट नरहेको तर परिस्थितिलाई काबुमा राख्न खोजिरहेको देखिन्छ।

तर, भण्डारीको पुनरागमनले एमालेभित्र भने स्पष्ट कित्ताकाट सुरु भइसकेको छ। पार्टीका प्रभावशाली नेताहरू सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमार्फत पक्ष र विपक्षमा विभाजित भएका छन्।

एमाले सचिव योगेश भट्टराईले ’च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने’ प्रवृत्ति बन्द गर्न आग्रह गर्दै संवादबाट समाधान खोज्न अपिल गरेका छन्।

पूर्वराष्ट्रपति विद्या देवी भण्डारी रपार्टीको राजनीतिमा फर्किएपछि अहिले एकअर्काप्रति टिप्पणी भइरहेको छ । सोही विषयलाई लिएर उनले सचेत रहन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौँ । बसौँ, आपसमा विमर्श गरौँ ।’ उनले सहकार्यबाट समाधान गर्नु नै जबजको मर्म भएकाले सबै एकै ठाउँमा उभिने आधार निर्माण हुनुपर्ने बताएका छन् ।

उनले भने, ‘सहकार्य मार्फत समाधान खोजौँ, जबजबको मर्म पनि यहि हो । राष्ट्र, जनता र एमाले हामी सबै एक ठाउँमा उभिने आधार !’यस्तै महासचिव शंकर पोखरेल पनि कित्ताकाट नगर्न चेतावनी दिएका छन् ।

यस्तै, स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको बताएका थिए । उनले नेतृत्वको विरोध नगरी नेता भइन्न भन्ने मानसिकता त्याग्न पनि निर्देशन दिएका थिए ।

नेता गोकुल बास्कोटाले व्यंग्य गर्दै ;बजारमा नोटिस हिट भएछ तर मान्छेहरु नो निड टू टिच भन्न थालेछन्; भन्दै सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

पूर्वराष्ट्रपति भण्डारीको यो कदमले एकातिर नेपाली राजनीतिमा एक नयाँ र जटिल अध्यायको सुरुवात गरेको छ भने अर्कोतिर, एमालेभित्र शक्ति संघर्षको बीउ रोपेको छ । जसले पार्टीको ११औं महाधिवेशनलाई निकै पेचिलो बनाइदिएको छ ।

अब अर्काे कार्यकालपनि पार्टी अध्यक्ष बन्ने लक्ष्य बोकेका ओलीले कसरी परिस्थितिको व्यवस्थापन गर्छन्, देउवाले यसलाई कसरी राष्ट्रिय मुद्दा बनाउँछन् र एमालेभित्रको कित्ताकाटले कस्तो रूप लिन्छ भन्ने कुराले नै नेपालको आगामी राजनीतिको मार्गचित्र निर्धारण गर्नेछ।

Tags: ##विद्या भण्डारीको लक्ष्यएमाले अध्यक्ष अनि प्रधानमन्त्री

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

विचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२
ताजा समाचार

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर
आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.