×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

७ श्रावण २०८२
६ साउन , काठमाण्डौं । 
रूसमाथि अमेरिकासहित पश्चिमाहरुले युक्रेनमा जारी युद्ध अन्त्य गर्न दबाब दिइरहेका छन् । र यसबीच भोलोदिमिर जेलेन्स्कीले शान्तिवार्ताका लागि मस्कोलाई पुनः प्रस्ताव गरेपछि पुटिन पनि सहमत भएका जस्ता देखिएका छन् ।
यसको असरस्वरुप दुवै देश अहिले टर्कीको सहर इस्तानबुलमा वार्ता गर्दैछन् । तर अगाडिका वार्ताहरु असफल भएको पृष्ठभूमि एकातिर छ भने यसै समयमा रुसी राष्ट्रपतिको मुड सम्झौता गर्नेभन्दा पनि शक्ति देखाउने तिर गएको छ ।
शांतिवार्ताको ठीकअघि रुसले आफ्नो सबैभन्दा ठूलो र अहिलेसम्म गोप्य रहेको ड्रोन कारखानालाई विश्वसामू प्रदर्शन गरेको छ । यो ड्रोन फ्याक्ट्री तातारस्तानको येलाबुगामा अलाबुगा स्पेशल इकोनोमिक जोनमा रहेको छ ।
यो सोही क्षेत्र हो, जहाँ यूक्रेनले ड्रोन हमला पनि गरेको थियो । यो कारखाना रूसको सैन्य अभियानहरुको केंद्र हो । जसले यूक्रेनमा हमला गर्नकालागि गेरान–२ ड्रोन ठूलो संख्यामा उत्पादन गर्दै आएको छ ।
गेरान–२ ईरानी शाहेद–१३६ को रूसी संस्करण हो । रूसी रक्षा मंत्रालयको टिभि च्यानलमा प्रसारित एक प्रचार भिडियोमा यो फ्याक्ट्रीका बारेमा देखाइएको छ ।
त्यहाँ कुन प्रकारले दिन–रात ड्रोन बनाउने काम भइरहेको छ सो भिडियोमा देखाइएको छ । यो काममा १५ वर्षका बालकहरुलाई पनि सहभागि गराइएको छ ।
जसले यी घातक ड्रोनलाई असेंबल गर्दै गरेका देखिन्छन् । अलाबुगा स्पेशल इकोनोमिक जोनका सीईओ तिमुर शागिभालिएभले दाबी गरेका छन्, कि यो विश्वको सबैभन्दा ठूलो र गोप्य ड्रोन कारखाना हो ।
उनले अगाडि भने, शुरुमा उनको योजना केही हजार ड्रोन बनाउने थियो तर अहिले उत्पादन नौ गुणा बढेको छ । यो कारखानामा हर समय काम चलिरहन्छ ।
मे २०२५ सम्म फ्याक्ट्रीमा हरेक महिना ५ हजाार २०० इरानी शाहेद जस्ता ड्रोन बनिरहेका थिए । भिडियोमा १५–१६ वर्षका  बालकहरुलाई एक चम्किलो फ्याक्ट्री हलमा ड्रोनका पुर्जाहरु जोडिरहेको र कंप्यूटर स्टेशनहरुमा काम गरिरहेको देखिन्छ ।
भिडियोमा यसलाई सगौरभ वर्णन गरिएको छ । २०२३ मा शुरू भएको यो फ्याक्ट्री धातुको ढलाई, फलामको कारखाना र इन–हाउस असेंबली लाइनहरु सम्पन्न छ ।
रूसले क्यास्पियन सागर र कामा नदीको बाटो भएर इरानबाट पाटपुर्जाहरु मगाउने गरेको छ । र ड्रोनको असेंबलिंग गर्दै आएको छ । गेरान–२ ड्रोन ३.५ मीटर लामो छ र ५० किलोसम्म विस्फोटक लैजान सक्छ ।
यसको रेंज १८०० किलोमीटर परसम्म छ । यो ३०० किलोमीटर प्रतिघंटाको रफ्तारमा हमला गर्न सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यो ड्रोन ४ लाख ३५ हजारदेखि ४ लाख ४९ हजारमा तैयार हुन्छ ।
यस्तोमा यदी अमेरिकी प्याट्रियट मिसाइल जस्ता पश्चिमी हतियारहरु यसका कारणले नष्ट हुन्छन् भने यसमा धेरै हानी विपक्षीलाई नै हुन्छ। जुन फ्याक्ट्रीलाई रुसले सार्वजनिक गरिरहेको छ, यसलाई लिएर केही विवाद पनि छन् ।
इंटरपोलका तर्फबाट आरोप छ कि यो फ्याक्ट्रीका लागि अफ्रीकी महिलाहरुलाई झुटा आश्वासनका साथ बोलाएर काममा लगाइएको छ ।
अप्रिल, २०२५ मा मानव तस्करीको जाँच सुरु भएको थियो, जसमा दाबी गरिएको थियो कि १८ देखि २२ वर्षका महिलाहरुलाई कंगो, दक्षिण सूडान, र बोत्सवाना जस्ता देशहरुबाट अवैधानिक तवरले यहाँ ल्याइएको थियो ।
यसको अलावा फ्याक्ट्रीमा १५ वर्षका स्थानीय विद्यार्थीहरुलाई पनि काममा लगाइएको आरोप छ, जसलाई अलाबुगा पोलिटेक्निक कलेजबाट भर्ती गरिन्छ । यी आरोपहरु पनि लागेका छन् ।
खैर अब यहाँ उत्पादित हतियारकै कुरा गरौं । गेरान–२ ड्रोनको यति धेरै मात्रामा भइरहेको उत्पादनले यूक्रेनलाई भने तनाव दिएको छ । किनभने रातको समयमा हमला गर्नका लागि रुसको यो सबैभन्दा मन पर्ने हतियार हो ।
जून महिनामा मात्रै रूसले ५३ सय ड्रोन यूक्रेनमा लन्च गरेको थियो । यस्तै ९ जुलाईमा पनि ७४१ हवाई हतियारहरुको हमलाले सबैलाई चकित पारेको थियो ।
यूक्रेनले दाबी गरेको छ कि उसले रूसको यो फ्याक्ट्रीमा कयौं पटक हमला गरेको छ जसमा १५ जूनको ताजा हमला पनि रहेको छ । यो फ्याक्ट्री यूक्रेनको सीमाबाट ११०० किलोमीटरको दूरीमा छ ।
अलाबुगा फ्याक्ट्री रूसको सैन्य रणनीतिको महत्वपूर्ण हिस्सा हो । सो फुटेजलाई यूक्रेनको मिलिट्रीका तर्फबाट पनि साझा गरिएको छ, जसमा मेट ब्लाक गेरान–३ का लाइनहरु देखिएका छन् ।
जर्मन रक्षा मंत्रालयको योजना र कमान स्टाफका प्रमुख मेजर जनरल क्रिश्चियन फ्रायडिंगले १९ जुलाईमा एउटा चेतावनी दिएका थिए । उनले भनेका थिए, रूस अब यूक्रेनविरुद्ध ठूलो हमलाको ताकमा छ र उसले एक रातमा २००० ड्रोन हान्ने तयारीमा छ ।
जुन प्रकारले रुसको उत्पादन कार्य चलिरहेको छ, त्यो दिन त्यतिधेरै टाढा नरहेको पनि विश्लेषण गरिन्छ । तर यसबीच शान्तिवार्ताका प्रयासहरु पनि फेरि सुरु भएको छ ।
बुधवार दुई देशबीच शान्ति वार्ता हुन लागेको छ । यो वार्ता इस्तांबुलमा पहिला भएका दुई चरणका वार्तापछि हुन लागेको हो । जसमा कुनै सहमति जुट्न सकेका थिएनन् ।
यसैबीच डोनाल्ड ट्रंपले पनि हालै पुटिनलाई ५० दिनको अल्टीमेटम दिएका थिए, युद्धविरामका लागि । यद्यपि रूसका तर्फबाट जवाफ आएको थियो कि उसलाई धम्कीहरुको परवाह छैन । यसबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला ।
तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।
Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top