यू–२० महिला एशियन कप छनोट

२१ साउन ८२, बुधबार

२१ साउन , काठमाण्डौ ।

Advertisement

२० वर्षमुनिको महिला एशियन कप छनोट आजदेखि शुरू हुँदैछ । भूटानको थिम्पुमा आजदेखि शुरू हुन लागेको प्रतियोगिताको छनोटमा नेपाल समूह ‘ए’ मा छ ।

नेपाल र भूटानबीचको खेल थिम्पुको चाङलिमियाङ मैदानमा बेलुका पौने ६ बजे शरू हुनेछ । यो समूहमा उत्तर कोरिया र साउदी अरब पनि छन् । दोस्रो खेल नेपालले साउदी अरबसँग पर्सि शुक्रवार र उत्तर कोरियासँग आइतवार खेल्नेछ ।

Advertisement

समूह ‘ए’ को अर्को टोली मङ्गोलियाले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । ३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन्।

हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्यान्डमा हुने २० वर्षमुनिको एशिया कपमा स्थान बनाउने छन् ।

Advertisement

नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले महिला एशियन कपमा नेपाल छनोट हुनेमा आफू ढुक्क रहेको बताएका छन् । विगतको नतिजा हेर्दा भुटान नेपालका लागि सजिलो विपक्षी हो ।

यो टोलीसँग नेपालले कहिल्यै हार्नुपरेको छैन । तर नेपाली टोलीकी कप्तान बिर्सना चौधरी सतर्क रहने बताउँछिन् । उनले घरेलु टोली भुटानलाई हल्का रूपमा नलिन आग्रह गर्दै भनेकी छन्,‘भुटान मात्रै होइन, सबै टिम टप छन् । तर, हाम्रो तयारी पनि राम्रो छ।’

गत वर्षको डिसेम्बरमा त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको एक मैत्रीपूर्ण खेल भुटानका लागि ऐतिहासिक बन्यो । नेपाली टिमसँग १–१ को बराबरीमा रोकिँदा उमेर समूहको फुटबल इतिहासमै त्यो भुटानको पहिलो बराबरी नतिजा थियो ।

त्यही आत्मबल लिएर अब भुटान फेरि आफ्नो घरेलु मैदानमा ओर्लिँदैछ । योपटक एएफसी जस्तो ठूला प्रतियोगिताको छनोट छ । त्यसैले उसलाई पनि नतिजा दोहो¥याउने दबाब हुनेछ ।

भुटानले यसैको तयारी स्वरूप घरेलु लिग खेल्ने आरटिसी महिला टिमसँग अभ्यास खेल खेलेको थियो । त्यसलाई उसले ‘फाइनल ट्युन–अप’ को रूपमा लिएको छ।

टोलीमा केही सिनियर अनुभवी खेलाडी पनि थपिएका छन्, जसले घरेलु मैदानको आत्मविश्वाससँगै नेपालको अघिल्लो जितको बदला लिने मानसिकता बनाएको देखिन्छ ।

नेपालका लागि भने यो खेल अघिल्ला सफलताहरूको निरन्तरता हो । ढाकामा उसले भुटानमाथि ६–१ र ८–० को जित निकालेको थियो । ती दुई जितमा मीना र पूर्णिमाले ह्याट्रिक गरेका थिए ।

ती दुवै खेलाडी अहिलेको टोलीमा पनि छन् । भुटानको कमजोर रक्षापंक्तिविरुद्ध उनीहरू फेरि निर्णायक साबित हुनसक्छन् । तर, थिम्पुको चिसो मौसम, उचाइ र घरेलु समर्थको दबाब नेपाली टोलीका लागि सहज रहँदैन ।

अघिल्ला अनुभवहरूले नेपाली खेलाडीहरूलाई त्यसबारे चेतावनी दिइसकेको छ । मुख्य प्रशिक्षक यामप्रसाद गुरुङ यस्तो अवस्थामा खेलाडीलाई सान्त्वना दिँदै वातावरण केही सहज बनाउन खोजिरहेका छन् ।

भन्छन्,‘हाम्रो लक्ष्य एसियन कप खेल्ने छ । तर, तीनवटै टिमलाई उत्तिकै सम्मान छ । भुटान अर्काको देश होइन, आफ्नै जस्तो लागिरहेको छ।’

कप्तान बिर्सनाले पनि यही रणनीतिमा विश्वास राखेकी छन्। एसियन कपको ढोका खोल्ने यो छनोट चरण नेपालको हालसम्मकै तयारीपूर्ण यु–२० टिमका लागि निर्णायक मोड साबित हुनसक्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top