×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बेरोजगार हुनुहुन्छ , आयल निगम र प्रहरीमा जागिर खुल्यो

१९ आश्विन २०७५

विराटनगर,असोज १९
नेपाल आयल निगमले विभिन्न तहमा विज्ञापन गरेको छ । निगमले १० औ तहको निर्देशक पदमा खुला प्रतियोगिताबाट नियुक्ती गर्ने भएको छ । निर्देशक पदको लागि स्नातकोत्तर गरी सरकारी निकायमा अधिकृत स्तरमा रहि ७ वर्षको कार्यानुभव हुनु पर्नेछ । यस्तै ८ औं तहको प्रवन्धकको लागि तीनजना कर्मचारी माग गरिएको छ ।

प्रविधिक तर्फको प्रवन्धकका लागि स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा ५ वर्षको कार्यानुभव हुनु पर्नेछ । छैठौं तहको सहायक प्रवन्धकका लागि ११ जना कर्मचारी माग गरिएको छ। यसको लागि सम्बन्धित पदका लागि स्नातक गरेको हुनु पर्नेछ । ५ औं तहको वरिष्ठ सहायकको लागि पनि ९ जना कर्मचारी माग गरिएको छ । यसकालागि प्रविणता प्रमाणपत्र तह पास गरेको हुनु पर्नेछ ।

Advertisement
Advertisement

४ तहको सहायक पदको लागि पनि ९ जना कर्मचारी माग गरेको छ । यसको लागि एसएलसी पास गरेको हुनु पर्छ । तहविहीन टेक्निसियनको लागि पनि ५ जना कर्मचारी माग गरिएको छ । यसको लागि मेकानिकल क्षेत्रमा दुई वर्षको कार्यानुभव तोकिएको छ । योग्यता पुगेका इच्छुक आवेदकले कात्तिक ७ गतेसम्म आवेदन दिन सक्ने छन ।

यसैगरी सशस्त्र प्रहरीले नयाँ भर्नाको लागि विज्ञापन खुला गरेको छ । प्रहरीले ४३ जना सशस्त्र प्रहरी निरीक्षक र दुई सय ३९ जना सशस्त्र प्रहरी सहायक निरीक्षकको लागि विज्ञापन खुला गरेको हो । योग्यता पुगेका आवेदकले असोज १९ देखि कात्तिक १८ गतेसम्म आवेदन दिन पाउने छन ।

सशस्त्र प्रहरी निरीक्षकको लागि स्नातक गरेको हुनु पर्छ साथै २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको हुनु पर्ने बताइएको छ । त्यस्तै सहायक निरीक्षकको लागि प्लस टु पास गरेको साथै १८ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनु पर्नेछ । आवेदन फाराम सशस्त्र प्रहरी कार्यालयहरु काठमाडौं, सुनसरी, महोत्तरी, चितवन, कास्की, कपिलबस्तु, सुर्खेत र कैलालीबाट पाइनेछ ।

सुचना पढ्न तल क्लिक गर्नुहोस् ः

Advertisement

NoticeNo-3 (1)

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top