×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

१९ कार्तिक २०८२

१८ कार्तिक , काठमाण्डौ ।

विश्वका ठूला र शक्तिशाली मुस्लिम देशहरु तुर्किएमा भेला भएका छन् । यी देशका विदेश मन्त्रीहरुले तुर्किएमा भेला भएर गाजा र हमासका बारेमा बैठक गरेका छन्, जसमा केही ठुलो घोषणा गरिएको छ । सोमवार टर्कीएको इस्तांबुल शहरमा भएको बैठकमा गाजामा सीजफायर पछिको अवस्थाबारेमा समीक्षा गरिएको छ ।

Advertisement
Advertisement

टर्कीए, कतार, साउदी अरब, यूएई, जोर्डन, पाकिस्तान, इंडोनेशियाका विदेश मन्त्रीहरुले बैठकमा सीजफायरको बावजूद गाजामा हमला जारी रहेकोमा निन्दा गरे । गाजाको अवस्थामा तीव्र परिवर्तन नआएको भन्दै चिन्ता पनि व्यक्त गरे ।

तुर्कीएले हमास शासन सत्ता छाड्न सहमत भएको बारेमा पनि जानकारी गरायो । बैठकमा मुस्लिम देशका विदेश मन्त्रीहरुले यस्तो युद्धोत्तर ढांचामा समर्थन जनाएका छन्, जसमा प्यालेस्टाइनीहरुको शासन र सुरक्षा प्यालेस्टाइनीहरुकै हातमा होस् ।

टर्कीएका विदेश मंत्री हकान फिदानले बैठकपछि भने, हामी गाजाका लागि युद्धोत्तर ढांचा हेर्न चाहान्छौ, जसमा प्यालेस्टाइनीहरुले आफ्नो शासन आफै चलाउन् र सुरक्षा सुनिश्चित गरुन् । साथै गाजामा स्थिरताका लागि प्रस्तावित टास्क फोर्सको तैनाथीमा पनि उनीहरुले जोड दिएका छन् ।

फिदानले भने, अमेरिकाको मध्यस्थतामा भएको सम्झौता अन्गर्तत गाजा युद्धविरामको निगरानी गर्ने टास्क फोर्सलाई संयुक्त राष्ट्र सुरक्षा परिषदबाट वैधता दिइनुपर्छ । यसको आधारमा देशहरुले आफ्नो सैनिक गाजामा पठाउने वा नपठाउने भन्नेमा निर्णय गर्नेछन् ।

उनले अगाडि भने, ट्रम्पको योजनाअनुसार गाजा युद्धविरामको निगरानी गर्ने अन्तर्राष्ट्रिय स्थिरीकरण बललाई संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्ताव अन्तर्गत बैध ढाँचामा लैजान अहिले आवस्यक छ । अमेरिकाले अहिले सो सैन्य बलको संरचना तय गर्नका लागि अरब र अन्तर्राष्ट्रिय साझेदारहरुसंग मिलेर काम गरिरहेको छ ।

इजरायलको विरोधका बावजूद टर्कीए पनि यसमा भूमिका निभाउने विश्वास लिएको छ । यता प्रस्तावित गाजा बलका लागि सैनिक पठाउने विषयमा पाकिस्तानले पनि विचार गरिरहेको छ । यसमा छिटै नै औपचारिक घोषणा गर्न लागेको बताइएको छ ।

धेरै देशहरुले सबैभन्दा पहिला एक मस्यौदामा आम सहमति हुनुपर्नेमा जोड दिइरहेका छन् । त्यसपछि सो सहमतिलाई सुरक्षा परिषदका सदस्यहरुबाट मान्यता दिनुपर्ने तर्क गरिएको छ । यसमा फिदानले अगाडि भने, हामी अब एक अत्यंत महत्वपूर्ण चरणमा पुगेका छौं । हामी चाहादैनौ कि गाजामा नरसंहार फेरि सुरु होस् ।

सबै सात देशहरुले गाजाको सुरक्षा र शासनमा प्यालेस्टाइनीहरुको नियंत्रण हुनेपर्ने योजनाकै समर्थन गरेका छन् । यसमा हमास पनि तयार भएको फिदानले बताए । पाकिस्तानको विदेश कार्यालयले भनेको छ कि विदेश मंत्री इशाक डारले अन्य अरब–इस्लामी विदेश मन्त्रीहरुसंग मिलेर गाजामा स्थायी युद्धविराम र स्थायी शांतिका लागि अगाडिको बाटोमा जान विचार–विमर्श गरे।

मुश्लिम देशका नेताहरुले इजरायली युद्धविराम उल्लंघनको निन्दा गरे र प्यालेस्टाइनी क्षेत्रबाट इजरायलको फिर्तीको पनि माग गरे । यता इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरान र अमेरिकाबीच सहकार्य हुनसक्ने तर्क गरेका छन्, तर यसका लागि केही शर्त पनि राखेका छन् ।

खामेनीले आफ्नो देश र अमेरिकाबीच ’आधारभूत असंगति र स्वार्थको द्वन्द्व’ रहेको तर केही सर्त पूरा भए दुई देशबीच सहकार्य सम्भव रहेको बताएका छन् । इरानको राजधानी तेहरानमा अमेरिकी दूतावास कब्जाको वार्षिकोत्सवमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै खामेनीले आफ्नो देश र अमेरिकाबीच सहकार्यका लागि तीन सर्त प्रस्तुत गरेका हुन् ।

उनले भने, ‘यदि अमेरिकाले यहुदी शासन अर्थात इजरायललाई समर्थन पूर्ण रूपमा त्याग्छ, यस क्षेत्रबाट आफ्ना सैन्य अड्डाहरू फिर्ता लान्छ र यसको मामिलामा हस्तक्षेप गर्न बन्द गर्छ भने यस (सहकार्य) मा विचार गर्न सकिन्छ।’

खामेनीको टिप्पणी यस्तो बेला आएको हो, जतिबेला अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानमा दबाब बढाउन निरन्तर प्रयास गरिरहेको छ । यद्यपि खामेनीले इरानसँग सहकार्यका लागि अमेरिकाको अनुरोधलाई तुरुन्तै कार्यान्वयन नगरी पछि विचार गरिनेमा जोड दिएका छन् ।

खमेनीको भाषणको केही घण्टाअघि अमेरिकाका राष्ट्रपति ट्रम्पले एक अन्तर्वार्तामा इरान अमेरिकासँग सम्झौता गर्न खोजिरहेको दाबी गरेका थिए । ‘अवश्य पनि उनीहरूले त्यसो भन्दैनन् र उनीहरूले त्यसो गर्नु हुँदैन। कुनै पनि राम्रो वार्ताकारले त्यसो भन्ने छैन। तर इरानले सम्झौतामा पुग्न सक्दो प्रयास गरिरहेको छ’, ट्रम्पले अमेरिकी नेटवर्क र बीबीसी सम्बद्ध सीबीएससँग भनेका छन् ।

यद्यपि बीबीसी फारसी सेवाका अनुसार, इरानका मन्त्री र विदेश मन्त्रालयका प्रवक्ताले हालैका दिनहरूमा अमेरिकासँग वार्ता हुन सक्ने कुनै पनि कुरा भन्न अस्वीकार गरेका छन् । यसअघि धेरै जना अमेरिकी अधिकारीले इरानसँग सहकार्य गर्न इच्छा प्रकट गरिसकेका छन् ।

१९७९ नोभेम्बर ४ मा तेहरानमा अमेरिकी दूतावास कब्जा गरिएको वार्षिकोत्सवमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै खमेनीले भने, ‘अमेरिका मुर्दावाद नाराका कारण अमेरिका इरानी जनताप्रति शत्रुतापूर्ण छ भनी दाबी गर्नेहरूको भनाइले वास्तवमा इतिहासलाई विकृत गरिरहेको छ।’ उनले थपे, ‘यो नारा अमेरिकाले हाम्रो देशको विरोध गर्नुको कारण होइन। अमेरिका र इरानबीच आधारभूत असंगति र स्वार्थको द्वन्द्व छ।’

उनले अगाडि भने, ‘अमेरिकाको अहंकारी स्वभावले आत्मसमर्पणबाहेक अरू केही स्वीकार गर्दैन। सबै अमेरिकी राष्ट्रपतिले यही चाहेका थिए, तर उनीहरूले भनेनन्। तर वर्तमान राष्ट्रपतिले यो भने र वास्तवमा अमेरिकाको भित्री कार्यशैली उजागर गरे।’

इरानका सर्वोच्च नेताले इरानले आत्मसमर्पण गर्नुपर्छ भन्ने विचार अर्थहीन भएको बताए । उनले भने, ‘जहाँसम्म टाढाको भविष्यको कुरा छ, त्यतिबेला के हुन्छ भनेर कसैले भन्न सक्दैन, तर वर्तमानमा सबैले बुझ्नुपर्छ– हाम्रा धेरै समस्याको समाधान बलियो हुनुमा निहित छ।’

खामेनीले आफ्नो भाषणमा इरान र संयुक्त राज्य अमेरिकाबीचको वार्ताबारे सिधा रूपमा उल्लेख गरेनन्, तर उनले अमेरिका र इरानबीच कुनै रणनीतिक वा व्यक्तिगत मतभेद नभएको बरु यो भिन्नता दुई देशबीचको सम्बन्धमा अन्तर्निहित रहेको बताए ।

अमेरिका र इरानबीच मध्यस्थता गरिरहेका ओमान र कतारले पुनः दुवै देशलाई वार्ताको टेबलमा फर्किन आह्वान गरेका छन् । कतारी नेटवर्क अल जजिरासँगको अन्तर्वार्तामा इरानका विदेशमन्त्री अब्बास अराघचीले भनेका छन्, इरान वार्ता गर्न हतारमा छैन ।

उनले आफ्ना उपमन्त्री माजिद तख्त–रवान्चीले हालै गरेको ओमान भ्रमण र अमेरिकाबीच कुनै सम्बन्ध नरहेको र यस सम्बन्धमा कुनै सन्देश आदानप्रदान नगरिएको बताएका छन् । गत महिना मात्र ट्रम्पले इरानले सहमति जनाए मात्र अमेरिका सम्झौता गर्न इच्छुक रहेको बताएका थिए।

उनले भनेका थिए, ‘मित्रता र सहयोगको हात सधैँ बढाइन्छ।’ अमेरिका र इरानले आणविक प्रतिष्ठानबारे पाँच चरणको वार्ता गरिसकेका छन् । यद्यपि छैटौँ चरणको वार्ताको दुई दिनअघि यस वर्ष जुनमा इजरायल र त्यसपछि अमेरिकाले इरानमा आक्रमण गरे ।

ती वार्ताहरूमा उपस्थित इरानका उपविदेशमन्त्री मजिद तख्त रवान्चीले गत हप्ता भनेका थिए, ‘ट्रम्पले खामेनीलाई पत्र लेखेका थिए, जसमा भनिएको थियो– वार्ताका ६० दिनभित्र कि सम्झौतामा पुगिनेछ कि युद्ध हुनेछ । अमेरिका इरानले युरेनियम संवर्धन रोक्नुपर्ने अडान राख्छ।

तर इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको जिकिर गर्दै युरेनियम संवर्धन नरोकिने बताएको छ । सीबीएससँगको एक अन्तर्वार्तामा ट्रम्पले अमेरिकी हवाई आक्रमणपछि इरानसँग आणविक क्षमता नष्ट भएको विश्वास आफूलाई लागेको बताएका छन् ।

अमेरिकाको आक्रमणबाट भएको क्षतिबारे इरानी विदेशमन्त्रीले भने, ‘क्षति धेरै भएको छ । भवनहरू ध्वस्त भएका छन्। हाम्रा उपकरण र मेसिनरी ध्वस्त भएका छन्। तर प्रविधि नष्ट भएन। बमले प्रविधि नष्ट गर्न सकिँदैन।’

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले हालै इरानको आणविक ऊर्जा केन्द्र भ्रमणका क्रममा ‘सरकारले आणविक क्षमता सुदृढीकरणलाई दृढतापूर्वक समर्थन गर्ने’ बताएका थिए । उनले जोड दिएका थिए, ‘आक्रमण गरिएका आणविक पूर्वाधार पुनर्निर्माण गर्न सम्भव छ।’ यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।

Advertisement

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top