गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

१ असार ८३, मंगलबार

२ असार , काठमाण्डौ ।

आज पनि प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसद्हरूले सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका हुन् ।

बैठकमा नेकपा सांसद प्रमेश हमालले सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्वयं प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए । उनले सीमामा भइरहेको भारतीय हस्तक्षेपका बारेमा समेत सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे । त्यस्तै कांग्रेस सांसद रेखाकुमारी यादवले सीमाका विषयमा मन्त्रीले नभई स्वयं प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरिन् ।

Advertisement

उनले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसद्मा गोप्य मतदान गर्न माग गरिन् । प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति संसद्ले निक्र्योल गर्नुपर्ने भन्दै उनले यो विषयमा गोप्य मतदान गर्न आवश्यक रहेको तर्क गरेकी हुन् ।

उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि सुस्तालगायत नेपाली भूमिमा एसएसबीले बल प्रयोग गर्ने गरेको उल्लेख गरिन् । यसको जवाफ कसले दिने ? भनेर उनले सरकारलाई प्रश्न पनि गरिन् । सांसद यादवले प्रधानमन्त्री शाहले संसद्मा दिएको उक्त अभिव्यक्तिको जवाफ नआएसम्म आफूहरुको विरोध यथावत् रहेको पनि बताइन् ।

Advertisement

प्रधानमन्त्रीको अभिव्यक्तिको ढाकछोप हुने गरी परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा जवाफ दिएको उनले आरोप समेत लगाइन् । त्यस्तै एमालेकी सांसद टुकाभद्रा हमालले सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती रहेकाले रेकर्डबाट हटाउन माग गरिन् ।

त्यसैगरि राप्रपा सांसद सरस्वती लामाले नेपालको सीमाका विषयमा सरकार जिम्मेवार हुनुपर्नेमा जिम्मेवारीमा बसेकाहरूले गैर जिम्मेवारी अभिव्यक्ति दिनु उचित नभएको धारणा राखिन् । यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्चाउनुपर्ने र सभामुखले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ गर्ने विश्वास व्यक्त गरे ।

फरक प्रसंगमा राईले माइतीघर मण्डलामा लामो समयदेखि विभिन्न माग राखेर धर्ना दिइरहेका नागरिकहरूको समस्या समाधान गर्न गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराए । गृहमन्त्री गुरुङलाई ‘क्विक एक्सन मिनिस्टर’ को संज्ञा दिँदै यस्तो बताएका हुन्। केही समयअघि गृहमन्त्री आफैँ फिल्ड भिजिटमा गएको स्मरण गराए ।

माइतीघरमा पाल टाँगेर बस्न बाध्य भएका मानिसहरूका माग बुझेर सरकारले तत्काल न्याय दिनुपर्ने उनको माग रहेको छ । साथै, सांसद राईले रौतहटको गौर नजिकै भारतले उच्च बाँध बाँधेर लालबकैया र बागमती नदीको प्राकृतिक निकास बन्द गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले यसबाट नेपाली भूभागमा डुबान हुने गरेको भन्दै यसको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग समेत गरेका छन्। ‘भारतको भूभाग बचाउनका लागि हाम्रो भूभाग डुबानमा पार्ने खालको सम्झौता राष्ट्रघाती करार हो,’ राईले भने, ‘यस विषयमा नेपाल सरकारले गम्भीर भएर खोजी गरोस् र आवश्यक कदम चालोस्।’

संसदमा एमालेका मुख्य सचेतक ऐनबहादुर महरले भने कैलालीमा भएको सांघातिक आक्रमणको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । रास्वपाका नेता शैलेश सिंहमाथि धनगढीमा भएको सांघातिक आक्रमणको घटनाप्रति आपत्ति जनाए । रास्वपा सुदूरपश्चिम प्रदेशको अधिवेशनबाट घर फर्कने क्रममा सोमबार (असार १० राति सात–आठजनाको समूहले सिंहमाथि योजनाबद्ध रूपमा आक्रमण गरेको उनले जानकारी दिए ।

आक्रमणकारीले सिंहलाई घाइते बनाउनुका साथै उनको साथमा रहेको ल्यापटप, मोबाइल, घडी र सुनको सिक्री समेत लुटेको सांसद महरले बताए । सांसद महरले मुलुकमा अराजकता र दण्डहीनता बढेको भन्दै चिन्ता व्यक्त गरे । आफ्नै पार्टी सरकारको नेतृत्वमा रहेको अवस्थामा समेत जिम्मेवार नेतामाथि आक्रमण हुनुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउन सकिने उनको भनाइ छ ।

यसअघि बोलेका नेकपाका सांसद प्रमेशकुमार हमालले विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेका थिए । उनले सेवाप्रदायकको मनोपोली भएको भन्दै यस्तो माग गरेका हुन् । “वल्र्डकप मेरो पनि चासोको विषय हो । युवाहरूको त झनै चासो छ ।  तर, ९९९ रुपैयाँ तिनुपर्छ ।  मनोपोली छ,” उनले भने, “कयौँ मान्छे व्यघ्र हुँदा पनि आफ्नो पहुँच पु¥याउन सकेका छैनन् ।”

उनले सेवा प्रदायकलाई निःशुल्क गरिदिन आग्रह गरे । “अब त पुग्यो होला नि ! उठाउने जति आम्दानी भइसक्यो होला,” उनले अगाडि थपे, “म नेपाल सरकारलाई आफ्नो टेलिभिजन च्यानलमार्फत निःशुल्क उपलब्ध गराउन अनुरोध गर्छु ।” टेलिभिजनमा विश्वकप हेर्न ९९९ तिनुपर्छ ।

यस्तै बजेट माथिको छलफलमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको कडा आलोचना गरेका छन्। उनले अर्थमन्त्रीको दम्भले गम्भीर बनाएको बताए। उनले भने, ‘अर्थमन्त्रीज्यूको एटीट्युडले हामीलाई असाध्यै गम्भीर बनायो। न त्यसमा विषयवस्तु छ, न सारमा केही जनताको पक्षमा देश विकास गर्न गर्ने, प्याराडाइम सिफ्ट गर्ने खालको विषयवस्तु छ। न उहाँको स्वभाव शैली जुन प्रकारको विद्वानमा हुनुपर्ने स्वभाव शैली हो, त्यो देखियो।’

उनले अर्थमन्त्री प्रतिपक्षीहरूलाई अपमान गर्ने गरीकन प्रस्तुत भइरहेको बताए। उनले बजेट हावादारी रहेको भन्दै जनताको चाहनाअनुसार काम गर्न नसक्ने बताए। बजेटले जनमतको अपमान गरेको बताए। उनले अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए।

उनले अर्थमन्त्रीलाई ३५ वर्षका काण्डको फाइल खोल्न चुनौती दिए। अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्ने कुरा प्रधानमन्त्रीलाई पनि विश्वास नभएको बताए। यस्तै प्रधानमन्त्रीले घोषणा गरेको देश बनाउने टीममा अर्थमन्त्री नपर्नुले प्रधानमन्त्रीलाई बजेटप्रति विश्वास नभएको पुष्टि हुने पनि महरले बताए

Advertisement

भर्खरको समाचार

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

सम्बन्धित समाचार

Scroll to Top