‘न्युक्लियर मेडिसिन’ विषयमा विद्यावारिधि प्राप्त गर्ने गुप्ता पहिलो नेपाली

‘न्युक्लियर मेडिसिन’ विषयमा विद्यावारिधि प्राप्त गर्ने गुप्ता पहिलो नेपाली

इटहरी, असोज २४
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, रेडियोलोजी विभागमा कार्यरत अरुण गुप्ताले ‘न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ’ विषयमा विद्यावारिधि प्राप्त गरेका छन् ।

सिओल नेशनल युनिभर्सिटी कोरियाबाट सो विषयमा विद्यावारिधि प्राप्त गर्ने उनी नेपालमै पहिलो व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ ।

यो विषयमा विद्यावारिधि प्राप्त गर्ने आफू पहिलो नेपाली हुन पाएकोमा निक्कै गर्व महसुस भएको गुप्ताले बताए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.