×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

५ चैत्र २०८२

५ चैत , काठमाण्डौ ।

अमेरिका र इजरायलले अब इरानका ऊर्जा प्रतिष्ठानमा पनि हमला गर्न गर्न थालेका छन् । समाचार एजेन्सी ’तस्निम’ का अनुसार इरानको साउथ पार्स ग्यास फिल्डमा रहेको पेट्रोकेमिकल कम्प्लेक्समा हवाई आक्रमण भएको छ । साउथ पार्स विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास फिल्ड हो, जहाँ इरान र कतारले आआफ्ना प्लान्ट सञ्चालन गर्छन्।

Advertisement
Advertisement

’तस्निम’का अनुसार आक्रमण बुधबार भएको हो । फार्स समाचार एजेन्सीले पनि तेस्रो, चौथो, पाँचौँ र छैटौँ चरणमा केही ग्यास भण्डार र पूर्वाधारलाई निसाना बनाइएको उल्लेख गरेको छ । बीबीसी फारसीका अनुसार असालुयेहका गभर्नर इस्कन्दर पासालरले भने, ‘शत्रुको आक्रमणले साउन पार्सका धेरै भागमा असर गरेको छ।’

रिपोर्टअनुसार आक्रमणपछि कामदारहरूलाई सुरक्षित स्थानमा सारिएको छ । उद्धार र अग्नि नियन्त्रक टोलीले आगो निभाइरहेका छन् । यता आफ्नो देशमा रहेको विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्रमा इजरायलले आक्रमण गरेपछि जवाफमा इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा हमला गरेको छ ।

जसबाट कतारलाई ठुलो क्षति भएको बताइएको छ । कतारको सरकारी स्वामित्वमा रहेको पेट्रोलियम कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार बुधबार गरिएको क्षेप्यास्त्र आक्रमणले आफ्नो मुख्य ग्यास प्लान्टमा आगो लागेको र ठुलो क्षति भएको उल्लेख छ । यसपछि कतारले इरानका दुई कूटनीतिज्ञलाई निष्कासन गरेको छ ।

रोयटर्सका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी तिमीलाई फेरि एकपटक चेतावनी दिन्छौँ– इस्लामिक गणतन्त्रको ऊर्जा पूर्वाधारमा आक्रमण गरेर गम्भीर गल्ती गरेका छौ। यदि यो दोहोरियो भने तिम्रा र तिम्रा सहयोगीका ऊर्जा पूर्वाधार पूर्ण रूपमा नष्ट नभएसम्म आक्रमण रोकिने छैन।’

साउदी अरेबियाले पनि पूर्वी क्षेत्रमा ऊर्जा पूर्वाधारलाई लक्ष्य गरी ड्रोन प्रहार गरिएको बताएको छ। ब्यालिस्टिक मिसाइलको भग्नावशेष रियादको दक्षिणमा रहेको एक रिफाइनरीनजिकै खसेको छ । कतारको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा लेखेको छ, ‘इरानले युद्धमा संलग्न नभएका देशहरूलाई द्वन्द्वमा तानिरहेको छ।’

कतारले अगाडि भनेको छ, ‘जवाफ दिने हाम्रो अधिकार सुरक्षित छ र आफ्नो सार्वभौमसत्ता, सुरक्षा र आफ्ना नागरिक रक्षाका लागि आवश्यक सबै कदम चाल्न हिचकिचाउने छैनौँ।’ उता इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा पनि ‘मिसाइल हमला’ भएको छ । यसमा रुसले बुधबार कडा शब्दमा निन्दा गरेको छ ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले साप्ताहिक ब्रिफिङमा भनेकी छन्, “हामी बुशहर आणविक ऊर्जा संयन्त्रको भित्री घेरामा गरिएको गैरजिम्मेवार, पूर्ण रूपमा अस्वीकार्य क्षेप्यास्त्र आक्रमणको कडा निन्दा गर्दछौँ ।” उनले “रूसले संयुक्त राज्य अमेरिका र इजरायललाई प्लान्टमा अझै पनि काम गरिरहेका रूसी नागरिकहरूको जीवनलाई जोखिम सिर्जना हुने कार्य“ नगर्न चेतावनी दिएको उल्लेख गरिन् ।

मस्कोले बुशहर आणविक ऊर्जा संयन्त्रको निर्माण गर्न मद्दत गरेको थियो । यसबीच विश्व बजारमा बिहिबार कच्चा तेलको भाउ बढेको छ । विश्वकै सबैभन्दा ठुलो प्राकृतिक ग्यास क्षेत्रमा आक्रमण भएको खबर बाहिर आएपछि तेलको भाउ उकालो लागेको हो ।

उक्त घटनापछि तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ११२ डलरसम्म पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा पाँच प्रतिशतभन्दा बढी हो । यद्यपि केही समयपछि मूल्य अलि घटेर स्थिर हुन खोजेको देखिन्छ ।यो उछालको मुख्य कारण साउथ पार्स गयस फिल्डमा रहेको इरानको पेट्रोकेमिकल संरचनामाथि हवाई आक्रमण भएको खबर हो ।

ऊर्जा आपूर्तिको हिसाबले अत्यन्त संवेदनशील मानिने यस क्षेत्रमा आक्रमण भएपछि तेल बजारमा त्रास फैलिएको छ । यसैबिच इरानले आफ्नो ऊर्जा पूर्वाधारमा भएको आक्रमणप्रति कडा प्रतिक्रिया जनाउँदै निर्णायक प्रतिकार गर्ने चेतावनी दिएको छ ।

इरानी सेनाले जारी गरेको वक्तव्यमा ऊर्जा, इन्धन र आर्थिक संरचनामाथि आक्रमण भए त्यसको स्रोतलाई नै निशाना बनाइने स्पष्ट उल्लेख गरिएको छ । यद्यपि तेल र ग्यासको मूल्यमा आएको यो उछाल अघिल्लो हप्तामा देखिएको स्तरभन्दा तलै छ । मार्च ९ मा तेलको मूल्य प्रतिब्यारेल ११६ डलर ७८ सेन्टसम्म पुगेको थियो ।

उता अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानसँग युद्ध सञ्चालनका लागि २०० अर्ब डलरभन्दा बढी बजेट माग गरेको छ । इरानसँगको युद्ध सुरू भएको तेस्रो साता बित्नै लाग्दा रक्षा मन्त्रालयले २०० अर्ब डलरभन्दा बढी बजेट माग गर्दै ह्वाइट हाउसलाई प्रस्ताव पठाएको अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले जनाएको छ ।

ह्वाइट हाउसले उक्त प्रस्तावलाई कांग्रेसमा पठाउने तयारी गरेको छ । पेन्टागनले माग गरेको रकम हालसम्म सैन्य कारबाहीमा भएको खर्चभन्दा धेरै ठूलो रहेको बताइएको छ । अमेरिका र इसराइल मिलेर गत फेब्रुअरी २८ यता इरानका विभिन्न क्षेत्रमा आक्रमण गर्दा प्रयोग भएका हतियार र सैन्य सामग्रीको पुनः उत्पादन र मर्मतका लागि सो बराबरको बजेट आवश्यक परेको पेन्टागनले जनाएको छ ।

यद्यपि ह्वाइट हाउसले कांग्रेसमा बजेट प्रस्ताव पठाउँदा पेन्टागनले भने अनुसारकै परिमाणमा पठाउँछ कि पठाउँदैन भन्ने निश्चित हुन बाँकी नै रहेको वाशिङ्टन पोस्टले जनाएको छ । पेन्टागनले प्रस्ताव गरेअनुसारकै बजेट कांग्रेसबाट स्वीकृत हुने सम्भावना न्यून रहेको एक अधिकारीले बताएका छन् ।

अमेरिकाले महँगा र ठूला हतियारहरू प्रयोग गर्दा इरान युद्धमा ठूलो खर्च भएको अनुमान छ। तर यकिन विवरण भने सार्वजनिक भएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपतिको सपथ लिँदा विदेशमा अमेरिकी सैन्य संलग्नता घटाएर ठूलो रकम जोगाउने घोषणा गरेका थिए।

कार्यान्वयन तहमा उनले बोलेको भन्दा फरक देखिएको छ। यसअघि रूससँगको युद्धमा युक्रेनलाई सहायता गर्न कांग्रेसले झन्डै १८८ अर्ब डलर स्वीकृत गरिसकेको छ। इरान युद्ध चर्किँदै जाँदा रक्षा खर्च अझै बढ्दै गएको छ । पेन्टागनमा यो प्रक्रिया उपरक्षा सचिव स्टेभेन फिनबर्गको नेतृत्वमा अघि बढाइएको छ।

उनी लामो समयदेखि अमेरिकी रक्षा उद्योग र हतियार उत्पादन बढाउने विषयमा काम गर्दै आएका छन्। युद्धका कारण विशेष गरी सटीक हतियारको भण्डार तीव्र रूपमा घटेको बताइएको छ । अमेरिकी संसदमा भने यो प्रस्ताव पारित गर्न सजिलो देखिँदैन । डेमोक्र्याट नेताहरूले युद्धप्रति आलोचना गरिरहेका छन् भने रिपब्लिकनहरूले समर्थन जनाए पनि स्पष्ट रणनीति सार्वजनिक गरेका छैनन् ।

अमेरिकी सिनेटमा ६० मत आवश्यक पर्ने भएकाले यो प्रस्ताव पास गर्न चुनौती हुने देखिन्छ । सिनेट गुप्तचर समितिका अध्यक्ष टम कटनले अन्तिम बजेट प्याकेजमा गुप्तचर निकायका लागि थप रकम पनि समावेश गर्नुपर्ने बताएका छन्। विशेषज्ञहरूका अनुसार यो बजेट प्रस्तावले युद्धप्रति अमेरिकी जनताको समर्थन कत्तिको छ भन्ने परीक्षण गर्नेछ ।

यता साउदी अरबको राजधानी रियादमा भेला भएका १२ वटा अरब र इस्लामिक राष्ट्रका विदेश मन्त्रीहरूले इरानलाई आफ्ना तत्काल आक्रमण रोक्न र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह दिएका छन्। बिहीबार जारी गरिएको संयुक्त विज्ञप्तिमा इरानले खाडी मुलुकहरूमाथि गरेको शृङ्खलाबद्ध हमलाको तीव्र भत्सर्ना गरिएको छ ।

इरानले आवासीय क्षेत्र, नागरिक पूर्वाधार, तेल खानी, विमानस्थल र कुटनैतिक नियोगहरूलाई समेत निशाना बनाएको भन्दै ती देशहरूले आक्रोश व्यक्त गरेका छन्। रियाद बैठकमा सहभागी राष्ट्रहरूले इरानका कारण क्षेत्रीय सुरक्षा र स्थिरता खल्बलिएको निष्कर्ष निकालेका छन् । इरानले खाडीका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि स्थिति थप तनावपूर्ण बनेको हो।

कतारका ग्यास केन्द्रहरूमा आगलागी भएको छ भने साउदी अरबले आफ्नो आकाशमा इरानी मिसाइलहरू खसालेको दाबी गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमले भने अमेरिका र इजरायलले आफ्ना तेल र ग्यास उत्पादन केन्द्रमा आक्रमण गरेको भन्दै त्यसको बदला लिएको दाबी गर्दै आएका छन्।

यस बैठकले इरानको मात्र होइन, लेबनानमाथि भइरहेको इजरायली आक्रमणको पनि कडा शब्दमा निन्दा गरेको छ। विदेश मन्त्रीहरूले लेबनानको सुरक्षा, स्थिरता र भौगोलिक अखण्डताको पक्षमा आफूहरू उभिएको स्पष्ट पारेका छन्। पश्चिम एसियामा एकातिर इरान र इजरायलको द्वन्द्वले गर्दा पूरै क्षेत्र युद्धको चपेटामा परेपछि मुस्लिम राष्ट्रहरूले सामूहिक दबाब सिर्जना गर्ने प्रयास गरेका हुन् ।

यो संयुक्त विज्ञप्तिमा अजरबैजान, बहराइन, इजिप्ट, जोर्डन, कुवेत, लेबनान, पाकिस्तान, कतार, साउदी अरब, सिरिया, टर्की र संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश मन्त्रीहरूले हस्ताक्षर गरेका छन् ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र साउथ पार्सलाई पूर्ण रूपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन्। इजरायली हमलाको बदला लिन इरानले कतारमाथि आक्रमण जारी राखेमा अमेरिकाले अहिलेसम्मकै शक्तिशाली प्रहार गर्ने ट्रम्पको घोषणा छ ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले इजरायलले पश्चिम एसियामा भइरहेका घटनाको आक्रोशमा इरानको साउथ पार्स ग्यास फिल्डमाथि भीषण आक्रमण गरेको स्वीकार गरेका छन्। ट्रम्पका अनुसार उक्त आक्रमणबारे अमेरिका र कतार दुवैलाई कुनै जानकारी थिएन ।

Advertisement

इरानले यथार्थ नबुझी र बिनाकारण कतारको एलएनजी ग्यास केन्द्रमा हमला गरेको भन्दै उनले आपत्ति जनाएका छन्। इरानले कतार जस्तो निर्दोष पक्षमाथि पुनः आक्रमण गरेमा इजरायलको सहमति वा सहयोग बिना नै अमेरिका एक्लैले साउथ पार्स ग्यास फिल्डलाई नामेट पारिदिने ट्रम्पको भनाइ छ। उनले इरानले यसअघि कहिल्यै नदेखेको शक्ति र सामथ्र्यका साथ अमेरिकाले प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top