×

NEPAL TIMES UPDATES

Playing
नेपाली भूमि लिपुलेकबाट भारत–चीन व्यापार, बालेनको नयाँ सरकारले के भन्ला ? || Nepal Times
Mar 22, 2026
Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

८ चैत्र २०८२

८ चैत , काठमाण्डौ ।

आजपनि नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही प्रणालीका कारण आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ । देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।

Advertisement

साथै कोशी, मधेश र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यता मौसमविद्ले भने गत शुक्रबारदेखि सक्रिय वर्षा गराउने प्रणाली आजबाट कमजोर भएको बताएका छन् । यससँगै आजदेखि मौसममा उल्लेख्य सुधार आउने र घाम लाग्ने मौसमविदले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिमबाट सुरु भएको वर्षा गराउने प्रणाली क्रमशः पूर्वतिर सर्दै कोशी प्रदेशबाट बाहिरिएको छ ।

केही स्थानमा भने हल्का बादल देखिएको छ । तर अघिल्ला दिनको जस्तो केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् ।जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुका अनुसार शनिबार रातिदेखि नै मौसममा सुधार देखिएको छ ।

विभागले आज बिहान ६ः२० बजे सार्वजनिक गरेको एक सूचना अनुसार हाल लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ तर बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा छ । मौसमविद उज्जल उपाध्यायका अनुसार शनिबारदेखि बादल हटेर घाम लागेको छ । वर्षाका कारण प्रदूषण पनि घटेको छ ।

त्यसैले उनले शनिबार साँझ फेसबुकमा लेखेका छन्, ‘भोलि ढुक्कले लुगा धुनुस् मज्जाले सुक्छ । हिमालको मनमोहक दृष्य हेर्नुस् । स्वच्छ हावामा सास फेर्नुस् । आउने अझै केही दिन यस्तै मज्जा लिनुस् ।’ मौसमविदहरुका अनुुसार अहिले प्रि–मनसुनको समय छ ।

त्यसैले प्रिमनसुन अवधिमा दिनभर घाम लागे पनि साँझपख बादल लाग्ने, मेघगर्जन चट्याङसहित हल्का पानी पर्ने र कहिलेकाहीँ हुरी चल्ने गर्दछ । त्यसैले चट्याङ र हुरीबतासबाट जोगिन मौसमविदहरु सुझाव दिन्छन् । यसैबीच बागलुङ–रुकुमपूर्व सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा परेको हिमपातका कारण अलपत्र परेका यात्रुको उद्धार गरिएको छ ।

शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातका कारण रुकुमपूर्वको भूमे गाउँपालिका–१ को पातिहाल्ना क्षेत्रमा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा ७ वटा बस, एक जिप र करिब १० मोटरसाइकल सोही क्षेत्रमा अड्किएका थिए । जसका कारण यात्रुहरू चिसो र भोकसँग जुध्दै खुला आकाशमुनि बस्न बाध्य भएका थिए ।

उनीहरूलाई भूमे गाउँपालिकाबाट डोजर पठाएर उद्धार गरेर सुरक्षित स्थानमा सारिएको उपाध्यक्ष सविना बुढाले जानकारी दिइन् ।यस्तै सडक खुलाउने प्रयास पनि भइरहेको उनले बताइन् । यता पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। लु.२ ख ४५२५ नम्बरको टिपर गएराति दुर्घटनामा परेको हो।

माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी, र्घाखाँचीको शीतगङ्गा ४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

डीएसपी होमप्रकाश चौधरीका अनुसार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गर्दा खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको चौधरीले बताए।

भर्खरको समाचार

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

सम्बन्धित खबरहरु

Scroll to Top