×

NEPAL TIMES UPDATES

Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026
Playing
लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने || Nepal Times
May 08, 2026
Playing
मधेसमा फोहोरी खेल ःराज्यमन्त्री थप्ने र सरकार ढाल्ने प्रवृत्ति|| Nepal Times
May 08, 2026
Playing
Passport Index कुन देशको पासपोर्ट पावरफुल ? सिंगापुर शीर्षमा|| Nepal Times
May 08, 2026
Playing
Top 15 Afternoon News || May-08-2026 || Nepal Times
May 08, 2026
Playing
प्रधान न्यायाधीश सिफारिसपछि सर्वाेच्चमा हलचल, वरीयता मिचियो भन्दै रिट|| Nepal Times
May 08, 2026
Playing
मृ*त्युद*ण्डको सजाय पाउने गरी चिनियाँ २ मन्त्रीले के गरे ?|| Nepal Times
May 08, 2026
Playing
कम परिमाण राखेर उपभोक्तालाई तेलमा ठ गेपछि || Nepal Times
May 08, 2026
Playing
यु द्ध रोक्ने सम्झौता नजिक पुग्दा होर्मुजमा Missile र Drone बर्सिए || Nepal Times
May 08, 2026

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

८ चैत्र २०८२

८ चैत , काठमाण्डौ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगी बाहेक संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगका कारण पीडितहरूले न्याय पाउने बाटो जटिल भएको निष्कर्ष निकालेकी छन् । लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको जवाफ दिने क्रममा पेश भएको फाइलमा यस्तो विवरण उल्लेख छ ।

Advertisement
Advertisement

महान्यायाधिवक्ता भण्डारीले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगका कारण पीडितहरूले रकम फिर्ता पाउने बाटो बन्द भएकाले दुईवटा थप अभियोग संशोधनमार्फत फिर्ताको निर्णय गर्नुपरेको जिकिर गरेकी छन् । महान्यायाधिवक्ताको निर्णयको पूर्णपाठमा भनिएको छ, ‘निक्षेपकर्ताको (पीडित वर्ग) रकम फिर्ता हुने सम्भावनालाई जीवन्त गर्न चाहनेको हकमा मिलापत्र हुनसक्ने सम्भावनालाई जीवित राख्न मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधनको लागि निवेदन दिनुपर्ने देखिन्छ ।’

अर्थात लामिछाने लगायत सहकारी ठगी प्रकरणका आरोपितहरूमाथि लगाइएको ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को अभियोगहरूका कारण पीडित बचतकर्ताहरूले आफ्नो रकम फिर्ता पाउने बाटो जटिल र बन्द भएको निष्कर्ष निकाल्दै उनले यस्तो निर्णय गरेको दाबी गरेकी हुन् ।

महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पेश गरेको फाइल र निर्णयको पूर्णपाठ अनुसार, थपिएका दुईवटा गम्भीर अभियोगले गर्दा कानूनी रूपमा ‘मिलापत्र’ गर्न नमिल्ने र यसले अन्ततः पीडितलाई नै घाटा पुग्ने जिकिर गरिएको छ । महान्यायाधिवक्ता भण्डारीको निर्णयमा भनिएको छ, ‘निक्षेपकर्ताको रकम फिर्ता हुने सम्भावनालाई जीवन्त गर्न मिलापत्र हुनसक्ने बाटो खुला राख्नुपर्छ ।’

सहकारी ऐन, २०७४ को पछिल्लो संशोधन अनुसार सहकारी ठगीमा मिलापत्र हुन सक्ने व्यवस्था छ । तर, यदि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा पनि साथै रहेमा प्रचलित कानून अनुसार मिलापत्र गर्न मिल्दैन । संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा सजाय भएमा पीडितको बिगोभन्दा राज्यले लिने जरिवाना र सम्पत्ति जफतले प्राथमिकता पाउँछ, जसले गर्दा पीडितले आफ्नो निक्षेप फिर्ता नपाउने जोखिम रहने महान्यायाधिवक्ताको तर्क छ ।

महान्यायाधिवक्ता भण्डारीले गत पुस ३० गते पहिलो निर्णय गर्दा रवि लामिछानेको नाम किटान गर्दै ‘निजको हकमा’ संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग कायम नरहने उल्लेख गरेकी थिइन् । तर, त्यसको दुई दिनपछि माघ २ गते उनले सो निर्णय सच्याउँदै ‘निजको हकमा’ भन्ने शब्द हटाएकी छन् ।

यो संशोधनपछि अब रवि लामिछाने मात्र होइन, उनीसँगै जोडिएका अन्य सबै प्रतिवादीहरूको हकमा पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हट्ने बाटो खुलेको छ । यसबाट सबै आरोपितहरूलाई सहकारी ठगीको मुद्दामा मात्र केन्द्रित रहेर मिलापत्र गर्ने सुविधा पुग्ने देखिन्छ ।

महान्यायाधिवक्ताले आफ्नो निर्णयको आधारका रूपमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदनलाई पनि लिएकी छन् । प्रतिवेदनले ‘सहकारीबाट गोर्खा मिडियामा रकम ल्याउने प्रक्रियामा रवि लामिछानेको संलग्नता नदेखिएको तर सो रकम खर्च गर्ने प्रक्रियामा सहभागिता देखिएको’ निष्कर्ष निकालेको थियो ।

यस्तै, रुपन्देहीका एक बचतकर्ता नारायणबहादुर पहराईले अदालतमा दिएको स्वघोषणालाई पनि महान्यायाधिवक्ताले आधार बनाएकी छन् । पहराईले आफूले रवि लामिछाने विरुद्ध किटानी जाहेरी नदिएको तर प्रहरीले आफैं नाम थपेर नक्कली कागज तयार पारेको दाबी गरेका थिए ।

महान्यायाधिवक्ताको यो विवादास्पद निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । बिहीबार न्यायाधीशहरू शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले निर्णय सच्याउनुअघिको टिप्पणी र त्यससँग सम्बन्धित सबै प्रमाणहरू महान्यायाधिवक्ता कार्यालयबाट झिकाउन आदेश दिएको थियो ।

Advertisement
Advertisement

महान्यायाधिवक्ताले पीडितको रकम फिर्तालाई प्राथमिकता दिएको दाबी गरे पनि गम्भीर प्रकृतिका फौजदारी अभियोगहरू फिर्ता लिने यो निर्णयले कानूनी वृत्तमा नयाँ बहस सिर्जना गरेको छ । रास्वपा सभापति लामिछाने विरुद्ध काठमाडौं, कास्की, रुपन्देही, चितवन र पर्सामा सहकारी ठगीका मुद्दाहरू विचाराधीन छन् ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top