साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

१५ असार ८३, मंगलबार

१६ असार, काठमाण्डौ ।

अब प्रयोगकर्ताहरुले आफ्नो फोन नम्बर नदिई पनि ह्वाट्सएपमा जोडिन सक्ने भएका छन् । सुरुदेखि नै प्रयोगकर्ता पहिचानका लागि फोन नम्बर अनिवार्य राख्दै आएको ह्वाट्सएपले अब ‘युजरनेम’ प्रणाली ल्याएको छ । यो सुविधा टेलिग्राम, सिग्नल जस्ता मेसेजिङ एपमा पहिले नै उपलब्ध छ ।

यसमा विश्वभरका तीन अर्ब बढी प्रयोगकर्ताका लागि ह्वाट्सएपले पनि अब अकाउन्टका लागि युजरनेम रोज्ने सुविधा ल्याएको छ । यो परिवर्तनको मुख्य उद्देश्य गोपनीयता बढाउनु हो, जसले गर्दा प्रयोगकर्ताले आफ्नो फोन नम्बर नदिई पनि ह्वाट्सएपमा अरूसँग सम्पर्क गर्न सक्ने छन् ।

Advertisement

मेटा प्लेटफम्र्सको स्वामित्वमा रहेको ह्वाट्सएपले सोमबारदेखि प्रयोगकर्ताले आफ्नो युनिक युजरनेम रिजर्भ गर्न सक्ने जनाएको छ । कम्पनीले यो सुविधा यसै वर्षको अन्त्यसम्म सबै प्रयोगकर्ताका लागि पूर्ण रूपमा उपलब्ध गराउने योजना बनाएको छ ।

ह्वाट्सएपकी हेड अफ प्रोडक्ट एलिस न्यूटन–रेक्सका अनुसार, युजरनेम सुविधाले विशेष गरी नयाँ व्यक्तिसँग जोडिँदा वा कुनै समूह (ग्रुप) च्याटमा सहभागी हुँदा आफ्नो फोन नम्बर कसले देख्न पाउने भन्ने विषयमा प्रयोगकर्तालाई बढी नियन्त्रण दिनेछ ।

Advertisement

कम्पनीले यसलाई गोपनीयताको दृष्टिले ठूलो सुधार (अपग्रेड) भएको जनाएको छ । यो सुविधा सिग्नल जस्ता प्रतिस्पर्धी मेसेजिङ एपमा रहेको प्रणालीसँग मिल्दोजुल्दो छ, जहाँ फोन नम्बरको सट्टा युजरनेममार्फत कुराकानी सुरु गर्न सकिन्छ ।

तर ह्वाट्सएपका अनुसार यसको उद्देश्य सामाजिक सञ्जालको जस्तो प्रोफाइल बनाउनु नभई गोपनीयता सुरक्षित गर्नु हो । उदाहरणका लागि, ह्वाट्सएपमा कुनै युजरनेम डायरेक्टरी हुने छैन । त्यसैले कसैसँग सम्पर्क गर्नका लागि उसको ठ्याक्कै युजरनेम थाहा हुनुपर्नेछ ।

नक्कली पहिचान र अनलाइन ठगी रोक्न ह्वाट्सएपले हाल प्रयोगमा रहेका फेसबुक र इन्स्टाग्रामका युजरनेम सम्बन्धित प्रयोगकर्ताकै लागि सुरक्षित (रिजर्भ) राख्ने जनाएको छ । त्यस्तै, सार्वजनिक व्यक्तित्व, सेलिब्रिटी तथा सरकारी निकायसँग सम्बन्धित केही चर्चित युजरनेम स्थायी रूपमा सुरक्षित राखिनेछ, ताकि कसैले तिनको दुरुपयोग गर्न नसकोस् ।

विश्वभर तीन अर्बभन्दा बढी प्रयोगकर्ता भएकाले एउटै नाम धेरै जनाको हुन सक्छ । त्यसैले सबैलाई आफूले चाहेको युजरनेम छनोट गर्ने अवसर दिन पहिले नै रिजर्भ गर्ने व्यवस्था गरिएको हो । यदि आफूले चाहेको युजरनेम उपलब्ध नभएमा, ह्वाट्सएपले युजरनेम जनरेटर पनि उपलब्ध गराएको छ, जसले उपयुक्त युजरनेम सुझाव दिन्छ ।

कन्टेन्ट क्रिएटर, साना व्यवसाय तथा संस्थाहरूका लागि फेसबुक वा इन्स्टाग्राममा प्रयोग भइरहेको युजरनेम नै व्हाट्सएपमा पनि प्रयोग गर्ने विकल्प दिइएको छ ।

युजरनेम फिचरका मुख्य विशेषताहरुमाः

युजरनेम फोन नम्बरको विकल्प हुनेछ, जसबाट अरूले तपाईंलाई खोज्न र सन्देश पठाउन सक्ने छन् ।

प्रत्येक युजरनेमसँग वैकल्पिक ४ अङ्कको सुरक्षा कोड पनि रहनेछ ।

यो कोड सक्रिय गरेमा पहिलो पटक सम्पर्क गर्ने व्यक्तिले तपाईंको युजरनेमसँगै उक्त सुरक्षा कोड पनि थाहा पाउनु पर्नेछ ।

ह्वाट्सएपमा कुनै सार्वजनिक युजरनेम डायरेक्टरी वा सुझाव प्रणाली हुने छैन ।

पहिलो पटक कसैलाई सन्देश पठाउँदा, यदि युजरनेम प्रयोग गरिएको छ भने, प्राप्तकर्ताले तपाईंको फोन नम्बर देख्ने छैन ।

कसलाई सुरक्षा कोड आवश्यक पर्दैन ?

जसले पहिलेदेखि तपाईंको फोन नम्बर सुरक्षित (सेभ) गरेका छन् ।

जससँग तपाईं पहिले नै च्याट गरिसक्नु भएको छ ।

जो तपाईंको साझा (ज्वाइन्ट) ग्रुपमा छन् ।

जसले तपाईंको क्युआर कोड स्क्यान गरिसकेका छन् ।

जसलाई तपाईंले पहिले नै सन्देश पठाइसक्नु भएको छ ।

युजरनेम कसरी बनाउने ?

युजरनेम बनाउन मोबाइलमा ह्वाट्सएपको नयाँ संस्करण प्रयोग गर्नुपर्नेछ ।

यसका लागि : 

सेटिङ अकाउण्ट युजर नेममा जानुहोस् ।

४ अङ्कको सुरक्षा कोड प्रयोगकर्ताले आफैं रोज्न सक्दैनन् । यो कोड ह्वाट्सएपले स्वतः तयार गर्छ । चाहनु हुन्छ भने ‘गेट अ डिफरेन्ट कि’ विकल्प प्रयोग गरेर नयाँ कोड बनाउन सकिन्छ ।

युजरनेम र सुरक्षा कोड प्रयोग गर्नु पूर्ण रूपमा वैकल्पिक हो । तपाईंले जुनसुकै बेला युजरनेम वा सुरक्षा कोड थप्न, परिवर्तन गर्न वा हटाउन सक्नुहुन्छ ।

यदि तपाईंको ह्वहाट्सएप खाता १८ वर्षभन्दा कम उमेर देखिने मेटा अकाउन्टसँग जोडिएको छ भने, गोपनीयता सुरक्षाका लागि सुरक्षा कोड पूर्व निर्धारित रूपमा सक्रिय हुनेछ ।

आवश्यक परे यसलाई पछि परिवर्तन गर्न सकिन्छ । युजरनेम सक्रिय गर्दा हालका च्याट वा कुराकानीमा कुनै असर पर्दैन ।

पहिलेदेखि सम्पर्कमा रहेका व्यक्तिले युजरनेम वा सुरक्षा कोडबिना पनि तपाईंलाई सन्देश पठाउन सक्ने छन् ।

यदि कसैले तपाईंको युजरनेममार्फत सम्पर्क गर्न खोज्दा सुरक्षा कोड नहुँदा सफल भएन भने, त्यसबारे तपाईंलाई कुनै सूचना आउने छैन ।

यता एप्पलको प्रमुख भारतीय आपूर्तिकर्ता टाटा इलेक्ट्रोनिक्समा भएको ठूलो साइबर आक्रमणका कारण आगामी ‘आइफोन १८ प्रो’सँग सम्बन्धित अत्यन्तै गोप्य जानकारीहरू सार्वजनिक भएका छन् । रोयटर्सका अनुसार, ‘वल्र्ड लिक्स’ नामक ¥यान्समवेयर समूहले टाटा इलेक्ट्रोनिक्सबाट चोरी गरेका २ लाखभन्दा बढी फाइलहरू डार्क वेबमा सार्वजनिक गरेको हो ।

सार्वजनिक भएका कागजातहरूमा सन् २०२६ मा सार्वजनिक हुने भनिएको आइफोन १८ प्रो र १८ प्रो म्याक्सका लागि आवश्यक सयौँ पार्टपुर्जाहरूको विस्तृत सूची र ती सामान उत्पादन गर्ने अन्य आपूर्तिकर्ताहरूको विवरण समावेश छ। विशेष गरी एप्पलले गोप्य राख्ने गरेको नयाँ चिपसेट, ब्याट्री क्षमता र क्यामेरा मोड्युलका प्राविधिक पक्षहरू यस लिकमार्फत बाहिरिएका छन्।

यसका साथै, टाटाको उत्पादन केन्द्रभित्र रहेका आइफोनका प्रोटोटाइप र ‘ड्रप टेस्ट’ गरिएका तस्बिरहरू समेत सार्वजनिक भएका छन्, जसले फोनको डिजाइन र संरचनालाई स्पष्ट पारेको छ । यो डेटा लिकलाई एप्पलको इतिहासकै सबैभन्दा ठूलो सुरक्षा कमजोरीमध्ये एक मानिएको छ ।

एप्पलले आफ्ना उत्पादनहरूको गोपनीयताका लागि कडा नियमहरू लागू गर्ने गरे पनि आफ्नै प्रमुख आपूर्तिकर्ताबाट विवरण चोरी हुनुले कम्पनीलाई ठूलो झट्का दिएको छ। यस घटनाले एप्पलको भविष्यको बजार रणनीति र प्रतिस्पर्धी क्षमतामा असर पार्ने अनुमान गरिएको छ ।

विशेषज्ञहरूका अनुसार, एप्पलले चीन बाहिर भारतलाई आफ्नो ठूलो उत्पादन केन्द्र बनाउने प्रयास गरिरहेका बेला यस्तो साइबर आक्रमण हुनुले भारतको साइबर सुरक्षा पूर्वाधारमाथि पनि गम्भीर प्रश्न उठाएको छ। यस घटनाले एप्पल र टाटा इलेक्ट्रोनिक्स बीचको व्यावसायिक सम्बन्धमा तनाव पैदा गर्न सक्ने र आगामी दिनमा एप्पलले आफ्ना आपूर्तिकर्ताहरूका लागि अझ कडा सुरक्षा मापदण्ड लागू गर्न सक्ने देखिएको छ ।

हालसम्म एप्पल र टाटा इलेक्ट्रोनिक्स दुवैले यस विषयमा आधिकारिक विज्ञप्ति जारी गरेका छैनन्। तर, एप्पलका सुरक्षा विज्ञहरूले यस लिकको प्रभाव र यसबाट हुन सक्ने सम्भावित क्षतिबारे अनुसन्धान सुरु गरिसकेको बताइएको छ। यस साइबर आक्रमणमा एप्पलका अतिरिक्त टेस्ला जस्ता अन्य प्रतिष्ठित कम्पनीका संवेदनशील विवरणहरू समेत जोखिममा परेको दाबी गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

सम्बन्धित समाचार

Scroll to Top