×

NEPAL TIMES UPDATES

Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
World News:होर्मुजमा जहाजको जाम,२० हजार मानिस फसे,क्यानडा टुक्रिन सक्ने|| Nepal Times
May 08, 2026
Playing
लेखापालले बिहेमा हवाइ फायरिङ गरेपछि|| Nepal Times
May 08, 2026
Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026
Playing
लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने || Nepal Times
May 08, 2026
Playing
मधेसमा फोहोरी खेल ःराज्यमन्त्री थप्ने र सरकार ढाल्ने प्रवृत्ति|| Nepal Times
May 08, 2026
Playing
Passport Index कुन देशको पासपोर्ट पावरफुल ? सिंगापुर शीर्षमा|| Nepal Times
May 08, 2026

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

१० चैत्र २०८२

१० चैत, काठमाण्डौ।

अमेरिका र इरानबीच २ दिनको वार्ता सकारात्मक भएकाले ५ दिनका लागि इरानमाथि ठूला आक्रमण नगर्ने अमेरिकी राष्ट्रपतिको दाबी लगत्तै विश्वभर राहतको संचार गरिरहेका बेला इरानका संसद् अध्यक्ष मोहम्मद–बागेर गालिबाफले अमेरिकी अधिकारीहरूसँग आफ्नो कुनै पनि किसिमको वार्ता भएको भन्ने खबरको खण्डन गरेका छन् ।

Advertisement
Advertisement

विभिन्न समाचार माध्यमहरूले अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरसँग उनको गोप्य वार्ता भएको दाबी गरेपछि गालिबाफले सामाजिक सञ्जाल एक्स मार्फत सो कुराको खण्डन गरेका हुन् । यसअघि, विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरले इरानी संसद् अध्यक्ष गालिबाफसँग वार्ता गरिरहेको खबर सार्वजनिक गरेका थिए ।

तर, गालिबाफको नाममा रहेको एक्स ह्यान्डलबाट जारी एक पोस्टमा अमेरिकी अधिकारीहरूसँग कुनै पनि वार्ता नभएको स्पष्ट पारिएको छ । उक्त पोस्टमा तेल बजारलाई प्रभावित गर्न यस्तो फेक न्युज फैलाइएको आरोप लगाइएको छ । साथै, पोस्टमा भनिएको छ, ‘इरानी जनता आक्रमणकारीहरूलाई पूर्ण र पश्चात्तापपूर्ण सजायको माग गर्दछन् ।’

यस्तै इरानी सरकारी र अर्ध–सरकारी सञ्चारमाध्यमहरूले ट्रम्पको घोषणालाई इरानको सम्भावित जवाफी कारबाहीको डरले पछाडि हट्न बाध्य भएको रूपमा चित्रण गरेका छन् । इरानका ऊर्जा र शक्ति केन्द्रहरूमा हुने कुनै पनि अमेरिकी आक्रमणको कडा जवाफ दिने तेहरानको चेतावनीपछि ट्रम्प हच्किएको दाबी इरानी पक्षको छ ।

सरकारी प्रसारक आईआरआईबीले भनेको छ, “इरानको जवाफदेखि डराएर ट्रम्प आफ्नो ४८ घण्टाको अल्टिमेटमबाट पछाडि हटेका छन् ।” यसअघि ट्रम्पले अमेरिका र इरानबिच धेरै मुख्य बुँदाहरूमा सहमति जुटेको दाबी गरेका थिए। वेस्ट पाम बिचमा सोमबार एयरफोर्स वान विमान चढ्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको वार्ता धेरै राम्रो भएको दुवै पक्ष सम्झौताको नजिक पुगेको बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले इरानले शान्तिका बदलामा आफ्नो आणविक हतियार कार्यक्रम त्याग्न तयार रहेको सङ्केत दिएको दाबी गरे। उनले भने, ’हामीबिच महत्त्वपूर्ण सहमति भएको छ । म त भन्छु लगभग सबै बुँदामा सहमति जुटेको छ। इरान सम्झौता गर्न निकै उत्सुक छ र हामी पनि तयार छौँ।’

ट्रम्पले यो सम्झौताको मुख्य सर्त नै अब युद्ध नहुने र इरानले आणविक हतियार राख्न नपाउने रहेको स्पष्ट पारे।पछिल्लो समय इरानको ऊर्जा केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिँदै आएको अमेरिकाले हाललाई पाँच दिनका लागि सैन्य कारबाही स्थगित समेत गरेको छ। ट्रम्पले इरानको १० अर्ब डलरभन्दा बढी लागतमा बनेको सबैभन्दा ठुलो विद्युत् उत्पादन केन्द्र ध्वस्त पार्ने तयारी रहेको दाबी गरे ।

तर, इरानी पक्षबाट वार्ताको प्रस्ताव आएपछि आक्रमण रोकिएको उनले बताए। ’उनीहरूले नै मलाई फोन गरेर सम्झौताको इच्छा देखाएका हुन्। यदि पाँच दिनभित्र कुरा मिल्यो भने यो समस्या सदाका लागि सुल्झिनेछ, अन्यथा हामीले फेरि आक्रमण सुरु गर्नेछौँ,’ ट्रम्पले भने। यो वार्तामा ट्रम्पका सल्लाहकार स्टिभ विट्कोफ र ज्वाइँ जेरेड कुश्नर सक्रिय रूपमा संलग्न रहेको बताइएको थियो ।

ट्रम्पले इरानको कुनै शीर्ष व्यक्तिसँग कुराकानी भइरहेको बताए पनि त्यहाँका नयाँ सर्वोच्च नेताको अवस्थाबारे भने आशङ्का व्यक्त गरे। ’हामीलाई उनी (सर्वोच्च नेता) जीवित छन् वा छैनन् भन्ने समेत थाहा छैन,’ ट्रम्पले भने। यस वार्ता प्रक्रियामा पश्चिम एसियाका अन्य साझेदार राष्ट्रहरूलाई पनि ध्यानमा राखिएको र फोनमार्फत थप छलफल हुने ट्रम्पले जानकारी दिए ।

यसअघि ट्रम्पले ४८ घण्टाको अल्टिमेटम दिँदै इरानले होर्मुज जलमार्ग पूर्ण रूपमा नखोले इरानका सबैभन्दा ठूला पावर प्लान्टहरू ध्वस्त पारिदिने धम्की दिएका थिए । तर, सोमबार ट्रम्पले सामाजिक सञ्जालमार्फत शत्रु्ता अन्त्यका लागि ठोस कुराकानी भइरहेको जानकारी दिए ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिका र इरानबीच मध्यपूर्वमा जारी शत्रु्ताको पूर्ण र समग्र समाधानका लागि अत्यन्तै राम्रो र फलदायी कुराकानी भएको जानकारी दिए । यो सकारात्मक संवादका आधारमा ट्रम्पले पेन्टागनलाई इरानी विद्युत् केन्द्र र ऊर्जा पूर्वाधारहरूमा गर्ने भनिएको नियोजित आक्रमणलाई पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका छन् ।

ट्रम्पले पूर्ण र समग्र समाधानको विस्तृत विवरण भने खुलाएनन् । विश्लेषकहरूका अनुसार, यो द्वन्द्वबाट बाहिरिने सुरक्षित बाटो फेला पार्न निकै कठिन छ । यसको एउटा कारण इजरायल र अमेरिका दुवैले इरानी सरकारलाई सत्ताच्युत गर्नुपर्ने माग राख्दै आएका छन् ।

आयतुल्लाह अली खामेनेईलगायत वरिष्ठ नेताहरूको हत्याका बाबजुद इरानी सत्ता अझै ढलेको छैन । विश्वकै लागि तेल आपूर्तिको मुख्य मार्ग होर्मुज जलमार्गबाट तेलको प्रवाह सुचारु गर्नु अहिलेको सबैभन्दा जरुरी मुद्दा भएको छ । यो मार्गमा इरानले अहिले नाकाबन्दी लगाएको छ ।

दुवै पक्षका लागि पूर्ण समाधान के हो भन्ने प्रश्न अझै अनुत्तरित छ । इरानको इसफहान र नातान्जका आणविक केन्द्रहरूमा करिब ९७० पाउन्ड हतियार बनाउन मिल्ने स्तरको युरेनियम भण्डारण गरिएको विश्वास गरिन्छ । यो भण्डारको व्यवस्थापन कसरी गर्ने भन्ने विषय निकै संवेदनशील छ ।

साथै, अमेरिका र इजरायल इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स र नयाँ सर्वोच्च नेता मुजतबा खामेनेईसँगको शत्रु्ता अन्त्य गर्न तयार छन् कि छैनन् भन्ने कुराले पनि ठूलो अर्थ राख्ने बताइएको छ । ट्रम्पले इरानी पूर्वाधारमा हुने आक्रमण स्थगित गर्न पेन्टागनलाई निर्देशन दिएसँगै तेलको मूल्यमा भारी गिरावट आएको छ ।

सोमबार प्रतिब्यारेल ११० डलर नजिक पुगेको विश्वव्यापी बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ को मूल्य घटेर १०० डलरभन्दा तल झरेको छ । यसैबीच ओमानका विदेशमन्त्री बद्र अल–बुसैदीले सामाजिक सञ्जालमार्फत ओमानले हर्मोज जलमार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्न सघन रूपमा काम गरिरहेको जनाएका छन् ।

Advertisement
Advertisement

ओमानले लामो समयदेखि अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ । ओमानका विदेशमन्त्री बुसैदीले भने, “इरानप्रति तपाईंको धारणा जेसुकै भए पनि, यो युद्ध उनीहरूले सुरु गरेका होइनन् । यसले पहिले नै व्यापक आर्थिक समस्याहरू निम्त्याइसकेको र यदि युद्ध जारी रह्यो भने स्थिति अझै भयावह हुने डर छ ।”

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top