×

NEPAL TIMES UPDATES

Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-25-2083 || Nepal Times
May 08, 2026
Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
World News:होर्मुजमा जहाजको जाम,२० हजार मानिस फसे,क्यानडा टुक्रिन सक्ने|| Nepal Times
May 08, 2026
Playing
लेखापालले बिहेमा हवाइ फायरिङ गरेपछि|| Nepal Times
May 08, 2026
Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026
Playing
लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने || Nepal Times
May 08, 2026

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

१० चैत्र २०८२

१० चैत, काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । रास्वपाले चैत १२ गते बिहीबार अपाराह्न ४ बजे केन्द्रीय समिति बैठक बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने छ । बैठकमा संसदीय दल नेता चयन गर्नेबारे छलफल गर्ने कार्यसूची तय भयको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले चुनाव अगावै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेको थियो ।

Advertisement
Advertisement

संसद सचिवालयले नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ बिहीबार नै तय गरेको छ । लगत्तै रास्वपाको केन्द्रीय समिति बसेर विधानको व्यवस्थाबारे छलफल गर्नेछ । रास्वपाको विधानको धारा ६६ (८) को क र खमा संघीय संसदको दल नेता चयनसम्बन्धी व्यवस्था छ ।

विधानमा संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनको लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरुमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुने र निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने व्यवस्था छ ।

यसलाई परिमार्जन गरेर वरिष्ठ नेतालाई दलको नेता प्रस्ताव गर्ने कार्यसूची रहेको रास्वपाका नेताहरूले बताएका छन् । रास्वपाले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री र अन्य केही नेतालाई मन्त्रीको शपथ एकै समारोहमा गराउने तयारी गरेको छ ।

त्यसका लागि रास्वपा सभापति रवि लामिछाने र शाहबीच मन्त्री बन्ने नेताहरूको सूची तयार पार्न निरन्तर छलफल चलिरहेको छ । दुवै नेताले छलफलमा आवश्यकताअनुसार अन्य शीर्ष नेता र सम्भावित मन्त्रीलाई बोलाएर कुराकानीसमेत गरिरहेका छन् ।

एक शीर्ष नेताका अनुसार प्रधानमन्त्रीमा शाहसँगै शपथ लिने मन्त्रीको सूचीमा अर्थमन्त्रीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल निश्चित जस्तै छन् । सुनील लम्सालले समेत मन्त्रीको शपथ लिने पक्का भए पनि कुन मन्त्रालय भन्ने टुंगो लागिसकेको छैन ।

उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिनेबारे छलफल भइरहेको ती नेताको भनाइ छ । तर भावी प्रधानमन्त्री शाहनिकट भएकाले लम्साललाई गृह मन्त्रालय दिन सकिने विकल्पबारे पनि कुरा उठेको छ ।शाह पक्षका एक नेताका अनुसार मन्त्रिपरिषद्मा कम्तीमा तीन महिला मन्त्री हुनेछन् ।

मन्त्री चयनका लागि हुने छलफलमा सहभागी अर्का एक नेताका अनुसार महिलाबाट सोबिता गौतम र इन्दिरा रानालाई मन्त्री बनाउनेबारे छलफल चलिरहेको छ । यस्तै सोबितालाई सभामुखको जिम्मेवारी दिने विकल्पबारे पनि परामर्श भइरहेको ती नेताले जानकारी दिए ।

मन्त्रालयको संख्या १५ देखि १८ राख्ने र बढीमा १५ जनालाई मन्त्री बनाउने तयारी भइरहेको रास्वपा नेताहरू बताउँछन् । आवश्यकता र क्षमता हेरेर एक जनालाई दुईवटासम्म मन्त्रालयको जिम्मेवारी दिने विषयमा समेत नेताहरूबीच परामर्श भइरहेको छ ।

उपप्रधानमन्त्री राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भएको तर निर्णय भइनसकेको छलफलमा सहभागी अर्का एक नेताले बताए । सभापति लामिछाने, वरिष्ठ नेता शाहसँगै उपसभापतिद्वय डीपी अर्याल र वाग्लेबीच ५ चैतमा रोयल सिंगे होटलमा भएको बैठकमा मन्त्रीहरूको सूचीबारे प्रारम्भिक छलफल भएको थियो । त्यसयता लामिछाने र शाहबीच छलफल जारी छ ।

लामिछाने र शाहबीच सरकारका सुरुवाती प्राथमिकता र निर्वाचनअघि पार्टीले जनतामाझ वाचापत्रमा प्रस्तुत गरेका योजना कार्यान्वयनका बारेमा पनि छलफल भइरहेको छ । सुशासनका लागि चाल्नुपर्ने कदम, मन्त्रालयहरूमा गर्नुपर्ने सुधारलगायतका विषयमा गृहकार्य भइरहेको छ ।

यसअघिको सरकारका पालामा राजनीतिक नियुक्ति लिएकालाई नयाँ जनादेशसहित आएको सरकारलाई काम गर्न सहज गर्ने उद्देश्यले सहज रूपमा मार्गप्रशस्त गरिदिन पनि रास्वपा नेताहरूको आग्रह छ । रास्वपा प्रवक्ता झाले योग्य व्यक्तिलाई काममा लगाउने र क्षमता नभएकालाई पदबाट हट्न भनिने बताए ।

यस्तै सुशासनका विषयमा मिहिन ढंगले कदम चाल्ने तयारी भइरहेको र त्यसका लागि के कति काम कसरी गर्ने भन्नेबारे भावी प्रधानमन्त्री शाहको टिमले अहिलेदेखि नै काम गरिरहेको रास्वपाका एक नेताले बताएका छन्  । प्रतिनिधिसभामा रास्वपाको एकल बहुमत छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका मात्र १ सय ८२ सांसद छन् ।

यसैबीच नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले भ्रष्टाचार रोक्न सकेन भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि हराएर जाने बताएका छन् । समाजिक सञ्जालमा उनले लेखेका छन– ’अव आउने रास्वपाको सरकारले पहिलो दिन देखि नै भ्रष्टाचारीहरुलाई नियम पुरÞ्याएर कहिल्यै उठ्न नसक्ने गरि नंग्याउनु पर्छ ।

Advertisement
Advertisement

नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनु पर्छ। सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ र रास्वपा पनि कालान्तरमा हराएर जानेछ ।’ उनले थप भनेका छन–’तीन महिना भित्र जनताले सुशासनको अनुभुति गर्न सकुन् । भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई मैले पुर्ण सहयोग गर्नेछु।’

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top