नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

१६ असार ८३, बुधबार

१७ असार , काठमाण्डौ ।

नायिका उषा रजक फेरि चर्चामा छिन् । निकै लामो समय पछि चर्चामा आएकी रजक यसपटक आफुमाथि भएको अनलाइन दुव्र्यवहारको गुनासो बोकेर देखा परेकी छिन् । एक युवकले आफुलाई फ्रेण्ड्स रिक्वेस्ट पठाएको र त्यो एसेप्ट गरेर हाई भनेपछि हाई भनिदिदा आफुमाथि आपत्त नै आइलागेको उनको गुनासो छ ।

उषाले आफ्नो फेसुबुकमा एउटा भिडियो पोष्ट गर्दै नेपालमा कुनै पनि चेलीबेटी सुरक्षित नरहेको तर्क पनि उठाएकी छिन् । उषा रजक एउटी चिनिएकी कलाकार हुन् । उनले नारी संवेदनासँग जोडेर यो कुरा उठाएपछि चर्चा पाउनु अस्वभाविक होइन । किनभने यहाँ धेरै महिलाहरु हरेक दिन यस्तै प्रताडनाको शिकार बनिरहेका छन् ।

Advertisement

यस्ता धेरैले नायिका उषामाथि आइपरेको आपत्तलाई आफ्नै पीडा मानेर लिए पनि । नायिका उषाले आफ्नो फेसबुक पेजबाट एउटा भिडियो पोष्ट गर्दै सञ्जोग कार्की नाम गरेका एक व्यक्तिले उनलाई फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएको र केही म्युचुअल फ्रेन्ड देखेर उनले रिक्वेस्ट एक्सेप्ट गरेको उल्लेख गरेकी छिन् ।

त्यसपछि उषाले आएको ‘हाई’ को रिप्लाई दिएको तर त्यति रिप्लाई दिदा आफुलाई बसीखान नदिएको आरोप उनले लगाएकी छिन् । ती व्यक्तिले रातको ३ देखि ४ बजेको समयमा पटक पटक फोन गरेर मानसिक तनाव दिएको रजकको गुनासो छ । उनले यो गुनासो लिएर साइबर प्रहरीमा कल गर्दा ब्लक गरिदिन जवाफ आएको भन्दै चित्त पनि दुखाएकी छिन् ।

Advertisement

यति मात्र नभइ साइबर अपराध ठहर हुने गरी कुनै दुव्र्यवहार भएको हुनु पर्ने शर्त पनि साइबर व्युरोले राखेको आरोप पनि उनले लगाएकी छिन् । सडकमा हिड्दा हुने दुव्र्यवहारका लागि बाटो परिवर्तन गर भन्ने सुरक्षा निकायले अहिले फेसबुकमा ब्लक गर भन्ने सजिलो जवाफ दिएको भन्दै उषाले आपराधिक मानसिकता भएको मान्छेले अर्को अकाउन्ट खोलेर फेरि गर्न सक्ने तर्क गरिन ।

उनले समस्याको जड मान्छे भएको तर अकाउन्टलाई दोषी बनाउन खोजिएको जिकिर समेत गरिन् । तर उषाले लगाएको आरोपप्रति नेपाल प्रहरीको साइबर व्युरोले भने गम्भीर चिन्ता व्यक्त गरेको छ । आफुहरु कुनै पनि साइबर अपराधमा छानविन गर्न र पीडितलाई सहयोग गर्न तयार रहेको बताउँदै साइबर व्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले आफुहरु कसैको पनि उजुरी परे चुप नबस्ने प्रतिक्रिया दिए ।

उनले उषा जीको कुनै पनि लिखित उजुरी नआएको तर आए उहाँमाथि भएको दुव्र्यवहारको अध्ययन गरी कारवाहीको लागि अघि बढ्न कुनै समस्या नरहेको पनि प्रष्ट पारे । फोनमार्फत उजुरी गर्दा फोनको जवाफ जे भएपनि यस्ता प्रकरणमा साइबर जहिले पनि संवेदनशील रहेको प्रवक्ता गिरीको भनाइ थियो ।

नायिका उषा रजकले आरोप लगाएको व्यक्ति हुन सञ्जोग कार्की । जस्को सार्वजनिक परिचय छैन । यद्धपि उषाले लगाएको आरोप अनुसार सञ्जोग दीपल कारको व्यवसायसँग जोडिएको र गृहमन्त्री सुधन गुरुङको सचिवालयका एक शक्तिशाली सहयोगीका दाइ हुन् ।

र, उनले त्यही शक्तिको उन्मादले नै आफुमाथि यस्तो दुव्र्यहार गरेको आरोप पनि उषाले लगाएकी छिन् । यसबारे गृहमन्त्री गुरुङको सचिवालय र नेपालमा दीपल इलेक्ट्रिक गाडीहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकोर्पमा सम्पर्क गर्दा कसैले पनि कुनै प्रतिक्रिया दिन चाहेनन् ।

बेलाबेलामा अनेक कारणले चर्चामा आउने गरेकी नायिका उषा रजकले तीन बर्ष अघि महानायक राजेश हमाललाई ओभर–रेटेड एक्टर भएको बताएपछि निकै विवादमा तानिएकी थिइन ।, उनले राजेश हमाललाई नाँच्न समेत नआउने आरोप पनि लगाएकी थिइन । सामाजिक सञ्जालमार्फत उषाले आफ्नो यस्तो धारणा राखेपनि उनको सर्वत्र चर्को आलोचना भएको थियो ।

यति मात्र नभइ उनले चलचित्र कागबेनीको विषयलाई लिएर पनि अभिनेता अनुप बरालको आलोचना गरेकी थिइन । बरालले आफुमाथि कास्टिङ काउच गरेको र कागवेनीबाट आफुलाई हटाएर दिया मास्केलाई लिएको आरोप लगाएकी थिइन । यस्ता प्रसंगका कारण चर्चामा आइरहने नायिका रजक यसपटक भने आफुमाथि भएको दुव्र्यवहारलाई लिएर सामाजिक सञ्जालमा छाएकी छिन् ।

कुसुमे रुमाल २ लगायतका केही चलचित्रमा काम गरेकी उषा बढी जसो नाटक विधा र टेलिफिल्ममा व्यस्त कलाकार हुन् । हुन त अहिले नेपालमा कसैलाई गिराउने, खसाउने र सिध्याउने माध्यम नै सामाजिक सञ्जाल बनेको छ । यही सामाजिक सञ्जाल मार्फत नेपाली समाज कसैलाई देवत्वकरण गरेर रमाउछ भने कसैलाई दानवीकरण गरेर अचम्मको आत्मरतिमा रम्छ ।

यही सामाजिक सञ्जाल अहिले महिलामाथि हुने हिंसाको नयाँ रुप बोकेर उभिएको छ । अर्थात डिजिटल हिंसा । जसको मारमा नेपालका ठूलो संख्याका महिलाहरु पर्दै आएका छन । कतिपयले लोकलाजले यो कुरा बाहिर ल्याउँदैनन । अति कमले मात्र साइबर व्युरो या अन्य निकायको सहयोग लिएर हिंसाविरुद्ध लडने गरेका छन् ।

यस्तै मारमा परेकाहरुका लागि उषा रजकले उठाएको पीडा आफ्नै घाउ बन्न पुग्यो । किनभने अहिले फेसबुकमा महिलाले कुनै पनि पुरुषको फ्रेण्ड्स रिक्वेस्ट स्वीकार्दा दश पटक सोच्नु पर्ने अवस्था आएको छ । फ्रेण्ड््स रिक्वेष्ट अस्वीकार गर्दा पनि म्यासेन्जरमार्फत तल्लो स्तरको गाली दिदै हेर्नै नसकिने दृश्यहरु पठाउनेहरुको कमी छैन ।

फ्रेण्ड्स रिक्वेष्ट स्वीकार्दा पनि यो त आफ्नै भइ जतिकै गर्दै त्यस्तै हर्कत देखाउने पुरुष झनै बढी छन यो समाजमा । यही कारण पनि उषाको पीडाले नेपाली समाजलाई तान्नु अस्वभाविक होइन । तर उषाले विगतमा अभिनेता राजेश हमालमाथि गरेको व्यवहार थाहा पाउनेहरुले भने उषाको नै कमजोरी देखाउँदै उसैलाई उडाउन पनि पछि परेका छैनन् ।

कसैले कल गर्दैमा अपराध नहुने तर्क गर्दै उनको पोष्टमा उषामाथि कटाक्ष गर्नेहरु कम छैनन् । तर जे भएपनि नेपालमा बढ्दो सामाजिक सञ्जालको दुरुपयोग रोक्न अब ढिला गरिनु हुन्न । यसमा साइबर व्युरो,प्रहरी र अन्य सरकारी निकायलाई दोष दिनु भन्दा रहेक प्रयोगकर्ता आफै सजग हुन आवश्यक छ । नभए यस्ता घटना र हर्कतहरु यो समाजले भोगिरहने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सम्बन्धित समाचार

Scroll to Top