×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीमा डोजर लगाउन सर्वाेच्चले रोक्यो|| Nepal Times
May 08, 2026
Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-25-2083 || Nepal Times
May 08, 2026
Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
World News:होर्मुजमा जहाजको जाम,२० हजार मानिस फसे,क्यानडा टुक्रिन सक्ने|| Nepal Times
May 08, 2026
Playing
लेखापालले बिहेमा हवाइ फायरिङ गरेपछि|| Nepal Times
May 08, 2026
Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

१० चैत्र २०८२

१० चैत, काठमाण्डौ।

इरानले हर्मुजको जलडमरूममा नाकाबन्दी गरेपछि पश्चिम एसिया सहितका देशमा इनधनको हाहाकार भइरहेका बेला अमेरिकाको भ्यालेरोको पोर्ट आर्थर रिफाइनरीमा ठूलो विस्फोट भएको छ। सोमबार भएको भीषण विस्फोटले अमेरिकी ऊर्जा क्षेत्रमा ठूलो झट्का दिएको छ।

Advertisement
Advertisement

पश्चिम एसियामा जारी युद्धका कारण तेलको मूल्य बढिरहेको बेला, दैनिक ४लाख ३५००० ब्यारेल प्रशोधन क्षमता भएको अमेरिकाको एक प्रमुख इन्धन केन्द्र अहिले आपतकालीन रूपमा बन्द गरिएको छ। पूर्वी टेक्सास क्षेत्रमा बाक्लो कालो धुवाँ फैलिँदै गएपछि स्थानीय प्रशासनले वरपरका बासिन्दालाई घरभित्रै बस्न निर्देशन दिएको छ ।

यो विस्फोटले दैनिक ४ लाख ३५ हजार ब्यारेल प्रशोधन क्षमतामा असर पार्ने सम्भावना छ, जुन समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग वार्ता गर्ने प्रयासमा छन्। यो विस्फोट ह्युस्टन शहरबाट करिब ९० माइल पूर्वमा रहेको उक्त रिफाइनरीमा भएको हो।

विस्फोट लगत्तै स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूले “घरभित्रै बस्ने” आदेश जारी गर्दै नजिकका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन् । अधिकारीहरूले सार्वजनिक सूचनामा भनेका छन्, वरपरका सबै बासिन्दाको सुरक्षालाई ध्यानमा राख्दै र हालै भएको विस्फोटको कारण तुरुन्तै घरभित्रै बस्न आदेश जारी गरिएको छ।”

सुरक्षा कायम राख्न र आपतकालीन कार्यलाई सहयोग गर्न टेक्सस यातायात विभागले चालकहरूलाई रिफाइनरी वरपरका एसएच ८७ र एसएच ८२ सडकहरू प्रयोग नगर्न सल्लाह दिएको छ। यदि यति महत्वपूर्ण ऊर्जा केन्द्र लामो समयसम्म बन्द भयो भने क्षेत्रीय इन्धन आपूर्तिमा ठूलो असर पर्न सक्ने बताइएको छ।

आपतकालीन कार्य जारी रहँदा, अधिकारीहरूले नियन्त्रण प्रयास, हावाको गुणस्तरको अवस्था र विस्फोटको सम्भावित कारणबारे थप जानकारी दिने अपेक्षा गरिएको छ। प्रारम्भिक रूपमा ताप सम्बन्धी उपकरण कारण हुन सक्ने अनुमान गरिएको छ । तर अहिलेसम्म आधिकारिक कारण पुष्टि भएको छैन।

यसैबीच, अधिकारीहरूले बासिन्दाहरूलाई अपुष्ट जानकारी नफैलाउन र केवल आधिकारिक सूचनामै भर पर्न आग्रह गरेका छन्। घटनास्थलबाट आएको दृश्यमा ठूलो आगो र बाक्लो कालो धुवाँ आकाशतर्फ उठिरहेको देखिन्छ। भ्यालेरोको पोर्ट आर्थर रिफाइनरी कम्पनीले रिफाइनरीको एक प्रशोधन इकाइमा आगलागी भएको पुष्टि गरेको छ।

कम्पनीका अनुसार सबै कर्मचारी सुरक्षित छन् र सबैको विवरण संकलन गरिएको छ। हालसम्म कुनै मृत्यु वा घाइतेबारे आधिकारिक जानकारी आएको छैन। स्थानीय सञ्चार माध्यमका दृश्यहरूमा ठूलो आगो र धुवाँ देखिएको छ, र नजिकैका बासिन्दाहरूले ठूलो विस्फोटको आवाज सुनेको र घरका झ्यालढोका हल्लिएको बताएका छन्।

विस्फोटको कारण अहिलेसम्म पत्ता लागेको छैन, र घरभित्रै बस्ने आदेश कहिलेसम्म जारी रहने भन्ने पनि स्पष्ट छैन। टेक्सासको पोर्ट आर्थरमा रहेको यो रिफाइनरी अमेरिकाकै सबैभन्दा ठूलोमध्ये एक हो । कम्पनीका अनुसार, यसले भारी कच्चा तेल लगायत अन्य कच्चा पदार्थलाई पेट्रोल, डिजेल र जेट इन्धनमा रूपान्तरण गर्छ।

यसको दैनिक प्रशोधन क्षमता करिब ४३५,००० ब्यारेल छ र यहाँ करिब ८०० जना कर्मचारी कार्यरत छन्। यसैबीच, क्रुड आयलको मूल्य ३.७ प्रतिशतले बढेर प्रति ब्यारेल १०३.६० डलर पुगेको छ । होर्मुजमा करिब ९० प्रतिशत अवरोध गरिएकाले विश्व बजारमा दैनिक करिब ८ मिलियन ब्यारेल तेल आपूर्ति प्रभावित भएको छ ।

इन्धनको आयात खुला गर्नका लागि ट्रम्प एक कदम पछि हट्दै ५ दिनका लागि इरानमा आक्रमण नगर्ने अवस्थामा पुगेका छन् । तर इरानले जारी द्वन्द्वबाट पछि नहट्ने र आफ्नो क्षतिको पूर्ति नपाएसम्म लडाइँ जारी राख्ने बताएको छ। इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाइले सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने र अमेरिकाले भविष्यमा कुनै हस्तक्षेप नगर्ने ग्यारेन्टी गरिनुपर्ने बताएका छन्।

टेलिभिजनमा प्रसारित वक्तव्यमा उनले भनेका छन्, ‘इरानी सेनाले पूर्ण शक्तिका साथ कारबाही गरिरहेको छ र नयाँ सर्वोच्च नेताको नेतृत्वमा देशको नेतृत्वले परिस्थितिलाई दृढतापूर्वक सम्हालिरहेको छ।’ यसअघि इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले पनि देशका जनताले आक्रमणकारीलाई पूर्ण सजायको माग गरिरहेको बताएका थिए।

उता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि इरानविरुद्ध हमला जारी रहेको बताएका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी द्वन्द्व पूर्ण रूपमा अन्त्य गर्न अमेरिका र इरानबिच ‘सकारात्मक वार्ता’ भएको दाबी गरिरहेका बेला इरान र इजरायल भने यसलाई अस्वीकार गर्दै युद्ध नरोकिने बताएका हुन्।

अमेरिका–इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।

Advertisement

यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्। अमेरिका–इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top