×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीमा डोजर लगाउन सर्वाेच्चले रोक्यो|| Nepal Times
May 08, 2026
Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-25-2083 || Nepal Times
May 08, 2026
Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
World News:होर्मुजमा जहाजको जाम,२० हजार मानिस फसे,क्यानडा टुक्रिन सक्ने|| Nepal Times
May 08, 2026
Playing
लेखापालले बिहेमा हवाइ फायरिङ गरेपछि|| Nepal Times
May 08, 2026
Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

१० चैत्र २०८२

१० चैत, काठमाण्डौ।

नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिंदै रास्वपा सभापति रवि लामिछानेले गुट बनाएर मिडिया ट्रायल नगर्न चेतावनी दिए। ‘गुट बनाएर कांग्रेस एमालेलाई जितिँदैन साथीहरू हो। कुनै गुट बनाउनु पर्दैन। घण्टीका मूनी सबै अटाउन सक्छौँ। घण्टीसँग त्यति तागत छ,’ उनले भनेका थिए। रविले चिन्ता गरेको विषय चाहिं कांग्रेस, एमाले, माओवादीबाट आएका नेताहरूले त्यतिको सिको गरेर गुट बनाइदेलान् भन्नेमा थियो।

Advertisement
Advertisement

उनले नामै लिएर भने, ’विभिन्न राजनीतिक पृष्ठभूमिबाट रास्वपा आउनुभएका साथीहरूलाई स्वागत छ, मलाई पुराना पार्टी भन्छन् कि भनेर लघुताभाष राख्नै पर्दैन, हृदय ठूलो पारेर हामीले तपाईंहरूलाई स्वागत गरेका छौं। यत्ति हो, पुरानो प्रवृत्तिबाट तपाईं टक्टकिएर आउनुपर्छ।’

रविले संकेत गरेका ती पुराना पृष्ठभूमिबाट रास्वपा गएकाहरू को हुन् भनेर बुझ्नुअघि गएको कत्तिकतिर फर्किनुपर्छ। पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पहिलो पटक कात्तिक २ मा रवि पक्राउ परेपछि रास्वपाको शक्ति संघर्ष सतहमा देखिएको थियो।

त्यसबेला तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले सडक आन्दोलन गरिरहेका थिए। कास्की प्रहरीले जिल्ला अदालतमा लैजाँदै गर्दा आन्दोलनरत रास्वपाका कार्यकर्ताले आक्रोशित भएर पोखरामा निषेधित क्षेत्र तोड्ने पयास गर्दा प्रहरीले अश्रुग्यास समेत प्रहार गर्नुपर्ने परिस्थिति थियो।

त्यहीबेला रास्वपामा कार्यवाहक सभापतिको रूपमा उपसभापति डिपी अर्यालले आफूलाई प्रस्तुत गर्न लागेपछि अर्का उपसभापति डा. स्वर्णिम वाग्ले असन्तुष्ट बनेको खबर बाहिरिएका थिए । यसै कारण सुरूका केही दिनसम्म उनी सडकमै नदेखिएको समेत दाबी गरिन्छ ।

उपसभापति अर्यालले हिरासतमा रहेका सभापति लामिछानेको मुद्दा कमजोर बनाउन गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेट गरेपछि उपसभापतिद्वयबीच तिक्तता निकै बढेको समाचारहरू प्रकाशित भएका थिए। त्यति मात्र हैन, उपसभापति अर्याल र प्रमुख सचेतक सन्तोष परियारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिक सल्लाह बेगर भेटेकोमा पनि वाग्ले रूष्ट थिए।

कात्तिक १० मा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले तोकेको कार्यविभाजन विपरित उपसभापति अर्यालले प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई भेटेको वाग्ले पक्षले आरोप लगाए। त्यसअघि बैठकले अर्याललाई आन्दोलन सञ्चालन मूल समितिको संयोजक बनाएको थियो भने वाग्लेले राजनीतिक नागरिक संवाद समितिको जिम्मा पाएका थिए।

तर, समितिको कार्यादेश विपरित उपसभापति अर्यालले आफूलाई लत्याएर अन्य दलका शीर्ष नेताहरूलाई भेटेपछि वाग्ले रिसाए। त्यसबेलादेखि अहिलेसम्म उपसभापति वाग्लेको नेतृत्वमा एउटा समूह रहेको , जसमा कांग्रेसी पृष्ठभूमि भएका नेता शिशिर खनाल, मनिष झालगायत रहेको दाबी गरिन्छ ।

जसको मध्यस्थतामा २०७९ को निर्वाचनमा काठमाडौं–४ मा रास्वपाले गगन थापालाई सघाउने निर्णयसहित आफ्नो उम्मेदवार फिर्ता गरेको थियो। यसबारे गगन आफैंले पनि रास्वपाले सहज बनाइदिएको भनेर एक टेलिभिजन अन्तर्वार्तामै स्वीकार गरेका छन् । पूर्वकांग्रेसीहरूको समूहमा अहिले थुप्रै नेताहरू जोडिएका छन्।

केन्द्रीय प्रशिक्षण विभाग सदस्य कृष्णमान शाक्य, विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा शेर्पा, गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्कालगायत त्यसमा छन्। त्यसबाहेक रास्वपामा अहिले पूर्व विवेकशील साझा पनि सक्रिय छ, जसले निर्वाचनमा टिकटदेखि पार्टीको केन्द्रीय समितिमा समेत छुट्टै भाग पाउने गरेको अभ्यास देखियो।

गएको मंसिर १४ मा पूर्व विवेकशीलले बिनासर्त आफूहरू रास्वपामा प्रवेश गरेको बताएका थिए। त्यसपछि तत्कालीन अध्यक्ष समीक्षा बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार र महासचिव रञ्जु दर्शना लगायत रास्वपा भित्रिए। अहिले बास्कोटा, परियार, दर्शनासहित सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा केन्द्रीय सदस्यमा मनोनीत भैसकेका छन्।

त्यसमा पनि, बास्कोटा र परियार पूर्व विवेकशीलको भागबण्डामा समानुपातिकमार्फत् सांसद बनिसकेका छन् भने दर्शना काठमाडौं–१ बाट प्रत्यक्षमा निर्वाचित भएकी छन्। यसमा रास्वपा भित्रको अर्को शक्ति हो, उज्यालो नेपाल पार्टी। रास्वपासँग १२ दिने एकीकरणमा जाँदा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी बनिनसक्दै करिब–करिब सकियो। पुस १३ मा हतार हतारमा गरिएको एकीकरण पुस २६ मै टुट्दा उक्त पार्टीका कयौँ नेता रास्वपामै बसे।

त्यो सूचीमा डा. तारा जोशी, डा.विशाल भण्डारी, निर्देश सिलवाल, सञ्जिव भट्टराई, डा. घनश्याम पाण्डे लगायत तत्कालीन उज्यालो नेपालका २० सदस्य रहेको बताइन्छ। डा. जोशी उज्यालो नेपाल पार्टीका वार्ता संयोजक तथा दोस्रो वरीयताका नेता थिए।

रास्वपाको उपसभापति मनोनित भइसकेका कुलमानले एकता भंग गरेर फागुन २१ को निर्वाचनमा भाग लिंदा पार्टीलाई राष्ट्रिय दल बनाउन न सकेन्न् नै काठमाडौं–३ बाट रास्वपाका राजु पाण्डेसँग कुलमान आफैं हारे।रास्वपाको एकीकरण सहमतिका कारण कुलमानको उज्यालो नेपालले बन्द सूचीमा पनि आफ्ना नेताहरू पठाउनै सकेन।

रिमा विश्वकर्मासहितका नेताहरू रास्वपामै रहेर उतैबाट समानुपातिक सांसद बने। अनि उज्यालो नेपालले चाहिं समानुपातिकमा बाँसुरी चुनाव चिह्न र प्रत्यक्षमा बिजुलीको चिम चुनाव चिह्न लिएर चुनावमा जाँदा शर्मनाक हार ब्यहोर्यो। उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता हुँदा ५४ केन्द्रीय सदस्यको नाम बुझाइएको थियो।

त्यसपछि रास्वापासँग एकतामा जानुअघि थपेर ९४ सदस्यीय केन्द्रीय समिति बनाइयो। कुलमानसँगको एकता भाँडिएपछि उज्याले नेपालमा नगइ रास्वापमै बस्नेहरूलाई अवसरको अफर गरिएको थियो। यही कारण उसका केही प्रभावशाली नेता रास्वपामै रहे।

रास्वपा बाहेक रास्वपामा रहेको अर्को शक्ति हो, खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल। रास्वपासँग पाँच बुँदे सम्झौतापछि एकता गरेको यस पार्टीका सुनार आफैं बाँके–३ बाट निर्वाचित सांसद बनेका छन्। त्यसका अलावा नागरिक उन्मुक्तिका नेताहरू पनि रास्वपामा छन्।

यस्तै रास्वपामा शक्ति संघर्षको अभ्यास भइरहेको अर्को महत्वपूर्ण शक्ति हो, बालेन समूह। यस समूहका २६ जना नेता रास्वपाको केन्द्रीय समितिका सदस्य छन् भने बालेन आफैं वरिष्ठ नेता हुन्। त्यसैगरि बालेनका पूर्वाधार सल्लाहकार सुनील लम्साल महामन्त्री बनेका छन् भने स्वकीय सचिव भूपदेव शाह सहमहामन्त्री छन्।

शिक्षा सल्लाहकार सस्मित पोखरेल, सल्लाहकार सन्तोष गिरीलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ। बालेनकै टिमबाट सागर ढकाल, लक्ष्मण थारू, रमेश पौडेल, गणेश पौडेल, डा. नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैदिक, लक्ष्मी बर्देवा, रोेहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, जेम्स कार्की, मधुसूदन ढकाल, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे, खेमराज साउद, शिव यादव, प्रदीप ज्ञवाली, ओजस्वीराज थापा रास्वपाको केन्द्रीय सदस्यमा अटाएका छन् ।

जबकि यही चैत १३ गते रास्वपाको एक सरकारमा प्रधानमन्त्री बन्दै गरेका बालेनले भने पार्टीसँग दूरी बढाएको चर्चा हुन थालेको छ। खासगरि केही दिनअघि भएको रास्वपा सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोलाउँदा पनि उनी नगएपछि धेरैको मनमा आशंका जन्मिएको छ।

त्यति मात्र हैन, उनी त वरिष्ठ नेताको कार्यभार सम्हालेपछि अहिलेसम्म रास्वपाको कार्यालय घन्टीघर समेत गएका छैनन्। तर रास्वपाका बालेन निकट नेताहरुले ७ बुँदै सहमति अनुशार पार्टी रवि र सरकार बालेनले नै चलाउने भन्दै अभिमुखीकरणमा नजाने अन्य कारण नभएर ब्यस्तता रहेको दाबी गर्दै आएका छन् ।

प्रधानमन्त्री बन्दै गरेका बालेनको पार्टीसँगको आशंकित दूरी र संभावित शक्ति संर्घषलाई लिएर दाजु भाई विश्वेश्वर प्रसाद कोइराला र मातृकप्रसाद कोइराला बीचको सम्बन्धलाई उदाहरणका रुपमा हेर्ने गरिएको छ। ००७ सालपछि नेपाली कांग्रेसका दुई नेता मातृकाप्रसाद कोइराला र बीपी कोइरालाबीचको शक्ति संघर्षले ‘राजनीतिक कोर्स’ निक्कै जटिल बनायो।

जबकि यी दुई नेता एउटै परिवारका दाजुभाइ थिए। २००७ सालको क्रान्तिको ‘सुप्रिम कमाण्डर’ मातृकाप्रसाद नेतृत्वको पहिलो सरकार भाइ बीपीसँगको शक्तिसंघर्षले १ वर्ष पनि टिकेन। ‘प्रधानमन्त्री ठूलो’ कि ‘पार्टी सभापति ठूलो’ जस्तो तिक्ततापूर्ण विवादपछिको दुई दाजुभाइबीचको सम्बन्धले सिंगो देशलाई राजनीतिक संकटमा पुर्यायो।

Advertisement

बीपीसँगको शक्ति संघर्षमा आजित भई मातृका अन्ततः पार्टी विभाजन गर्ने निर्णयमा पुगे। अहिले फेरि बालेन र रविबीचमा यस्तै अवस्था निम्तिने त होइन भन्ने त्रास रास्वपा भित्रै रहेको देखिन्छ । अब इतिहासले देखाएको शक्ति संघर्षको नजिरबाट रवि र बालेनले कस्तो पाठ सिक्लान् त्यो भने हेर्न बाँकी छ।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top