गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

१७ असार ८३, बिहीबार

१८ असार , काठमाण्डौ।

गरिमा विकास बैंक लिमिटेड उत्कृष्ट वार्षिक प्रतिवेदनमा सिल्भर अवार्डबाट सम्मानित भएको छ । आइक्यानद्वारा वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन (बिपिए) अवार्ड २०२५ मा गरिमा विकास बैंक लिमिटेडले सिल्भर अवार्ड प्राप्त गरेको हो ।

विभिन्न कम्पनीहरुले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुुशासन सम्बन्धी मापदण्डलाई आधार मानी आइक्यानको तर्फबाट प्रदान गरिने यो अवार्डमा विकास बैंकहरुले प्रकाशित गरेको आ.व २०८१÷८२ को वार्षिक प्रतिवेदनको आधारमा विकास बैंक समूहबाट यस विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।

Advertisement

२०८३ असार १६ गते मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आइक्यानको तर्फबाट अध्यक्ष सि.ए. निल बहादुर सारु मगरले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

Advertisement

ISO 9001:2015 / ISO 27001:2022 मान्यता प्राप्त यस विकास बैंक न्यू बिजनेस एज लिमिटेडद्वारा मे ८, २०२६ मा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६”बाट र कर्पोरेट बिजनेस म्यागजिनद्वारा जुन १८, २०२६ मा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ “डेभलपमेन्ट बैंक अफ द इयर २०२६”बाट समेत सम्मानित भएको थियो ।

हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ् मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

सम्बन्धित समाचार

Scroll to Top