रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

१८ असार ८३, शुक्रबार

१९ असार , काठमाण्डौ।

२०२६ फिफा विश्वकपमा कीर्तिमानमाथि कीर्तिमान बनिरहेका छन्। एकातिर ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोले उमेरलाई चुनौती दिँदै इतिहास रचे, अर्कोतिर उनका पुराना सहयात्री लुका मोड्रिचले भावुक बिदाइ लिए। त्यही दिन स्पेनका गोलकिपर उनाई सिमोनले पनि ३६ वर्ष पुरानो विश्वकप कीर्तिमान तोड्दै नयाँ इतिहास लेखेका छन् ।

एउटा खेलाडीले इतिहास लेखे, अर्कोले विश्वकपलाई अन्तिम बिदाइ गरे। २०२६ विश्वकपको गएराति र आज विहानको नकआउट चरण रोनाल्डोका नयाँ कीर्तिमान, मोड्रिचका भावुक आँसु र स्पेनका गोलकिपर उनाई सिमोनको ऐतिहासिक प्रदर्शनका कारण अविस्मरणीय बनेको छ ।

Advertisement

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले २०२६ फिफा विश्वकपको नकआउट चरणमा क्रोएसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो नाममा दुई ऐतिहासिक कीर्तिमान थपेका छन्। २–१ को पुनरागमन जितमा उनले पेनाल्टीमार्फत महत्त्वपूर्ण गोल गर्दै टोलीलाई अन्तिम १६ मा पु¥याउन निर्णायक भूमिका निर्वाह गरे ।

४१ वर्ष १४७ दिनको उमेरमा मैदान उत्रिएका रोनाल्डो विश्वकपको नकआउट चरणमा खेल्ने इतिहासकै सबैभन्दा पाका आउटफिल्ड खेलाडी बने। त्यससँगै ६८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै उनले विश्वकपको नकआउट चरणमा गोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा दर्ता गराए।

Advertisement

विश्वकपको नकआउट चरणमा यो उनको करियरकै पहिलो गोलसमेत हो। क्रोएसियाले खेलमा सुरुआती अग्रता लिए पनि रोनाल्डोको गोलले पोर्चुगललाई बराबरीमा फर्कायो। त्यसपछि मैदानबाट रोनाल्डो बाहिरिएपछि इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई अन्तिम १६ मा प्रवेश गराए।

खेलको अन्तिम समयमा क्रोएसियाले गरेको बराबरी गोल भने भिडियो सहायक रेफ्री (भिएआर)को निर्णयपछि अफसाइड ठहर गर्दै रद्द गरिएको थियो। यही विषयलाई लिएर केही समय खेल रोकिएको थियो । यो खेलसँगै रोनाल्डोको विश्वकप सहभागिता २६ खेल पुगेको छ।

उनी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा लोथार म्याथाउसको २७ खेलको कीर्तिमानभन्दा एक खेल मात्र पछाडि छन्। यस सूचीको शीर्ष स्थानमा लियोनेल मेस्सी २९ खेलसहित रहेका छन्। यस खेलको अर्को विशेष पक्ष भनेको ४० वर्षभन्दा माथिका दुई चर्चित आउटफिल्ड खेलाडीबीचको प्रतिस्पर्धा रह्यो।

पोर्चुगलका रोनाल्डो र क्रोएसियाका कप्तान लुका मोड्रिच पहिलो पटक विश्वकप इतिहासमा ४० वर्ष नाघेका दुई आउटफिल्ड खेलाडीका रूपमा आमनेसामने भएका हुन्। यस जितसँगै पोर्चुगलले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । पोर्चुगलले अब २०१० को विजेता स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

रोनाल्डोले नयाँ कीर्तिमान कोर्दा लुका मोड्रिचको विश्वकप यात्रा समाप्त भएपछि फुटबल मैदान भावनात्मक क्षणको साक्षी बन्यो। प्रशिक्षकदेखि खेलाडीसम्म धेरैको आँखा रसायो भने उनका पूर्व सहकर्मी रोनाल्डोले पनि आत्मीयता र सम्मान व्यक्त गरे।

विश्व फुटबलका उत्कृष्ट मिडफिल्डरमध्ये एक मानिने मोड्रिचले आफ्नो अन्तिम विश्वकप खेलपछि मैदान छाड्दा प्रशिक्षकले उनलाई अंकमाल गर्दै भावुक बिदाइ दिए। लामो समयदेखि क्रोएसियाको सफल यात्राका मुख्य पात्र बनेका मोड्रिचप्रति समर्थकहरूले पनि उभिएर सम्मान प्रकट गरे।

एक समय रियल मड्रिडमा सँगै खेल्दै थुप्रै उपाधि जितेका रोनाल्डोले पनि आफ्ना पुराना साथीप्रति स्नेह देखाए। खेलअघि भेट हुँदा दुवैले न्यानो अँगालो साटेका थिए भने रोनाल्डोले मोड्रिचप्रति सम्मान र शुभकामना व्यक्त गरेका थिए।
मोड्रिच र रोनाल्डोले रियल म्याड्रिडमा झन्डै आठ सिजन सँगै बिताएका थिए।

उनीहरूको साझेदारीमा क्लबले धेरै घरेलु तथा युरोपेली उपाधि जितेको थियो। त्यसैले उनीहरूको भेट केवल दुई खेलाडीबीचको अभिवादन नभई वर्षौंदेखिको मित्रता र सहकार्यको प्रतीकका रूपमा हेरिएको छ। ४० वर्षको उमेरमा पनि उच्च स्तरको प्रदर्शन गरेका मोड्रिचले क्रोएसियाका लागि दुई सयभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

विश्वकपको यो बिदाइसँगै एउटा स्वर्णिम अध्याय अन्त्य भए पनि फुटबलप्रति उनको योगदानलाई समर्थकहरूले लामो समयसम्म सम्झिरहनेछन्। यस्तै विश्वकपमा गोलकिपरका लागि नयाँ कीर्तिमान कोरिएको छ । स्पेनका गोलकिपर उनाई सिमोनले फिफा विश्वकप इतिहासमा सबैभन्दा लामो समयसम्म गोल नखाने नयाँ कीर्तिमान कायम गरेका छन्।

बिहीबार अस्ट्रियामाथि स्पेनले ३–० को जित निकाल्दा उनले लगातार चौथो ‘क्लिन सिट’ राख्दै ३६ वर्ष पुरानो रेकर्ड तोडे। २९ वर्षीय सिमोनले पछिल्ला दुई विश्वकपमा लगातार ५१९ मिनेटसम्म गोल नखाई नयाँ विश्व कीर्तिमान बनाएका हुन्। यसअघि सन् १९९० को विश्वकपमा इटालीका महान गोलकिपर वाल्टर जेन्गाले लगातार ५१७ मिनेट गोल नखाने र पाँच क्लिन सिटको कीर्तिमान बनाएका थिए।

यस विश्वकपमा स्पेनले अहिलेसम्म एक गोल पनि खाएको छैन। सिमोनले चार खेलमा जम्मा चारवटा मात्र बचाउ (सेभ) गरेका छन्। अस्ट्रियाविरुद्ध त उनले कुनै सेभ नै गर्नुपरेन, किनकि विपक्षी टोलीका पाँचमध्ये कुनै पनि प्रहार लक्ष्यमा पुगेन। स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले सिमोनको प्रशंसा गर्दै भने, “म उनीप्रति निकै गर्व गर्छु।

उनी मेरो परिवारकै सदस्यजस्तै हुन्। उनको सफलताले मलाई अत्यन्त खुशी बनाएको छ।“ सिमोन पछिल्ला पाँच वर्षदेखि स्पेनका पहिलो रोजाइका गोलकिपर हुन्। डेभिड राय्या र जोआन गार्सियाजस्ता उत्कृष्ट गोलकिपरसँग प्रतिस्पर्धा हुँदाहुँदै पनि उनले आफ्नो स्थान कायम राखेका छन्। उनी क्लब फुटबलमा एथलेटिक बिल्बाओबाट खेल्छन्।

सिमोन र प्रशिक्षक डे ला फुएन्तेको सम्बन्ध सन् २०१५ देखि सुरु भएको हो। त्यसबेला उनीहरूले स्पेनलाई युरोपियन यू–१९ च्याम्पियनसिप जिताएका थिए। त्यसयता दुवैले स्पेनको विभिन्न उमेर समूह हुँदै सिनियर टोलीसम्म सँगै यात्रा गरेका छन्।

डे ला फुएन्तेको नेतृत्वमा स्पेनले पछिल्ला ३७ प्रतिस्पर्धात्मक खेलमध्ये केवल एक खेल मात्र हारेको छ। टोलीले २०२३ नेसन्स लिग र २०२४ युरोपियन च्याम्पियनसिप पनि जितेको थियो। साथै, स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित पनि हासिल गरेको छ।

सन् २०२२ को कतार विश्वकपमा स्पेनले चार खेलमा तीन गोल मात्र खाएको थियो। त्यही विश्वकपमा जापानसँगको खेलपछि सिमोनको गोल नखाने श्रृंखला सुरु भएको थियो, जुन अहिले ५१९ मिनेटसम्म पुगेको छ।अस्ट्रियाविरुद्धको खेलमा उनले स्पेनका महान गोलकिपर इकर कासियासले सन् २०१० र २०१४ विश्वकपमा बनाएको लगातार गोल नखाने स्पेनी कीर्तिमान पनि तोडे।

यद्यपि डेभिड राय्या (आर्सनल) र जोआन गार्सिया (बार्सिलोना) जस्ता विश्वस्तरीय गोलकिपर टोलीमा भए पनि सिमोनको उत्कृष्ट प्रदर्शनका कारण उनीहरू बेन्चमै सीमित भएका छन्। स्पेन अब विश्वकपको अर्को चरणतर्फ अघि बढ्दै गर्दा सिमोन आफ्नो शानदार फर्मलाई निरन्तरता दिने लक्ष्यमा छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top