×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले दरबार ह*त्याकाण्डको पर्दाफास गर्ला ? || Nepal Times
Apr 02, 2026
Playing
एमाले दलका नेताले रास्वपादेखि जेनजी विद्रोहसम्मलाई ब्यङ्ग हाने || Nepal Times
Apr 02, 2026
Playing
एमाले मा बादल लाग्योःशंकरको पुत्ला जल्यो,विशेष महाधिवेशनको माग|| Nepal Times
Apr 02, 2026
Playing
ओली–लेखकको म्याद थप गरिँदै, बयान पनि लिइने || Nepal Times
Apr 02, 2026
Playing
संसद्मा रविको गर्जनः२४ सै घण्टा निगरानी गर्नुहोला ? हामीमा अहंकार नबढोस् || RABI LAMICHHANE
Apr 02, 2026
Playing
Top 15 Afternoon News || April-02-2026 || Nepal Times
Apr 02, 2026
Playing
अब मालपोत र नापीमा बिचौलिया निषेध, समस्या सिधै गृहमन्त्रीले सम्बोधन गर्ने || Nepal Times
Apr 02, 2026
Playing
आज संसद्मामा को को बोल्दै छन् ? || Nepal Times
Apr 02, 2026
Playing
५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा || Nepal Times
Apr 02, 2026
Playing
सिंहदरबारबाट आजदेखि संसदीय नयाँ यात्रा|| Nepal Times
Apr 02, 2026

सयौँ अमेरिकी सैनिक मध्यपूर्वमा तैनाथ,इरानी टापु र तेल कब्जाको तयारी

१७ चैत्र २०८२

१७ चैत , काठमाण्डौ।

एकमहिना भनदा लामो समयदेखि जारी अमेरिका इजरेल तथा इरानबीचको युद्ध झन खतरनाक अवस्थातर्फ उन्मुख भएको देखिएको छ । अमेरिकी नेभी सिल्स (विशेष बल), आर्मी रेन्जर्स र प्याराट्रूपरहरू मध्यपूर्वमा पुगेको बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएसले जनाएको छ।

Advertisement

रिपोर्टअनुसार मध्यपूर्वमा तैनाथ अमेरिकी विशेष बलमा सयौँ नेभी सिल र आर्मी रेन्जर्स छन्। साथै अमेरिकी मरिन र प्याराट्रूपर पनि छन्। स्रोतलाई उद्धृत गर्दै सीबीएसले अमेरिकी सेनाको तैनाथी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानको सम्बन्धमा विकल्प दिन हो।

विकल्पअन्तर्गत होर्मुज स्ट्रेट खोल्ने, खार्ग टापुबाट तेल निकाल्ने वा इरानको समृद्ध युरेनियम भण्डार नियन्त्रण गर्नेजस्ता कार्य हुन सक्छन्। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको जनाइएको छ। यसअघि शनिबार अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले ३ हजार ५०० नाविक र मरिन युद्धपोत यूएसएस त्रिपोलीमा चढेर मध्यपूर्व पुगेको बताएको थियो।

उता इरानी संसदको सुरक्षा समितिले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाज तथा तेल ट्यांकरबाट ‘टोल’ (पारगमन शुल्क) असुल्ने योजनालाई स्वीकृति दिएको छ । इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आई.आर.आई.बी.) का अनुसार, यस योजनामा उक्त रणनीतिक जलमार्गबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क (टोल) उठाउने व्यवस्था छ ।

यस योजना अन्तर्गत अमेरिकी र इजरायली जहाजहरूको आवतजावतमा भने पूर्णप्रतिबन्ध लगाइने प्रावधान पनि समावेश गरिएको छ । संसदीय समितिबाट पास भएको नियमबाट अब स्ट्रेट अफ होर्मुज समुद्री मार्ग हुँदै गुज्रिने अन्तर्राष्ट्रिय जहाजहरूले शुल्क तिर्नुपर्ने बाटो खुल्ने छ ।

इरानले यो कदम आफ्नो सार्वभौमिकता सुदृढ गर्ने, सुरक्षा व्यवस्थापनको खर्च उठाउने तथा नयाँ राजस्व स्रोत सिर्जना गर्ने उद्देश्यले उठाएको जनाएको छ । हाल स्ट्रेट अफ होर्मुजलाई अन्तर्राष्ट्रिय जलमार्गको रूपमा मान्यता दिइएको छ, जहाँ सबै देशका जहाजहरूलाई स्वतन्त्र आवतजावतको अधिकार हुन्छ ।

यस्तो अवस्थामा इरानको यो निर्णय अन्तर्राष्ट्रिय समुद्री कानुनसँग बाझिन सक्ने विश्लेषण गरिएको छ । विशेषज्ञहरूका अनुसार, अमेरिका लगायत खाडी क्षेत्रका देशहरूले यस निर्णयको कडा विरोध गर्ने सम्भावना छ । यसले अन्तर्राष्ट्रिय नौवहन स्वतन्त्रतामा प्रश्न उठाउने मात्र होइन, विश्व बजारमा तेलको मूल्यमा पनि थप उतारचढाव ल्याउन सक्ने अनुमान छ ।

विश्लेषकहरूका अनुसार, यो निर्णयले मध्यपूर्व क्षेत्रमा तनाव अझै चर्किन सक्छ । इरानले भने होर्मुज क्षेत्रमा सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी आफूले निर्वाह गरिरहेको दाबी गर्दै, त्यसको बदलामा शुल्क लिनु उचित हुने तर्क अघि सारेको छ । यो कदमलाई इरानले होर्मुज स्ट्रेटमाथि आफ्नो नियन्त्रण र प्रभावलाई कानुनी रूपमा संस्थागत गर्ने प्रयासको रूपमा पनि हेरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, उक्त प्रस्ताव इरानको सार्वभौमिकता, नियन्त्रण र निगरानीलाई औपचारिक रूप दिने तथा राजस्वको नयाँ स्रोत सिर्जना गर्ने उद्देश्यले ल्याइएको हो । इरानी सांसद मोहम्मद रेजाको भनाइ उद्धृत गर्दै रिपोर्टहरूमा जनाइएअनुसार, अन्य अन्तर्राष्ट्रिय मार्गमा जस्तै होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क लिनु स्वाभाविक भएको तर्क प्रस्तुत गरिएको छ ।

यता इरानबाट भारतको राजधानी नयाँदिल्ली आउने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परी क्षतिग्रस्त भएको छ । सोमबार महान एयरलाइन्सको एउटा विमान अमेरिकी हमलामा क्षतिग्रस्त भएको हो । यो विमान मशहद विमानस्थलमा पार्क गरिएको थियो र नयाँदिल्ली आउने तयारीमा थियो ।

औषधि र अन्य अत्यावश्यक राहत सामग्री ल्याउन भारत आउने तयारीमा रहेका बेला विमानमाथि हमला भएको हो ।अमेरिका–इजरायल र इरानबीचको युद्ध आज ३१औँ दिनमा प्रवेश गरेको छ । तनाव साम्य हुने संकेत अझै देखिएको छैन । यसबीच युरोपेली संघ (ईयू) ले इरानमाथि लगाइएका मानवअधिकारसम्बन्धी प्रतिबन्धहरूलाई थप एक वर्षका लागि विस्तार गरेको छ ।

अब यी प्रतिबन्धहरू १३ अप्रिल २०२७ सम्म लागू रहनेछन् । ईयूले भनेको छ– प्रतिबन्धित व्यक्ति तथा संस्थाहरूले युरोपेली देशहरूमा यात्रा गर्न पाउने छैनन् र उनीहरूको सम्पत्ति जफत वा फ्रिज गरिनेछ । साथै, नागरिकमाथि निगरानी वा दमन गर्न प्रयोग हुन सक्ने उपकरणहरू इरानमा निर्यात गर्न पनि रोक लगाइने छ ।

अर्काेतर्फ इजरायलको अग्नि तथा उद्धार सेवाले हाइफा सहरमा रोकिएको क्षेप्यास्त्रको भग्नावशेषले बाजान तेल प्रशोधन केन्द्रको इन्धन ट्याङ्करमा आगो लागेको बताएको छ। रोयटर्सका अनुसार सोमबार जारी विज्ञप्तिमा अग्नि नियन्त्रकहरूले आगो निभाउँदै फसेका मानिसहरूको खोजी गरिरहेका छन्।

इजरायली टेलिभिजन र इरानी सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा हाइफाको तेल प्रशोधन केन्द्रबाट धुवाँ निस्किरहेको देखिन्छ। मिसाइल कहाँबाट प्रहार गरिएको थियो भन्ने कुरा स्पष्ट नभए पनि युद्ध सुरु भएदेखि नै इजरायलमा इरान र लेबननबाट हेजबुल्लाहले निरन्तर आक्रमण गरिरहेका छन्। यसअघि इरानको सरकारी सञ्चारमाध्यमले इरानी क्षेप्यास्त्रले उत्तरी इजरायलको औद्योगिक क्षेत्रलाई निसाना बनाएको दाबी गरेको थियो।

Advertisement

भर्खरको समाचार

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

अमेजनको डाटा सेन्टरमा ‘मिसाइल वर्षा’, इरानलाई ढुंगेयुगमा पुर्याउने ट्रम्पको धम्की

59dbc9b9-6c48-4a83-89fa-8e3f80b9cc87

५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा

2269453122

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

Samsad Hall_ parliament_Nepal Photo Library7

इन्डोनेसियामा शक्तिशाली भूकम्प,तीन देशमा सुनामीको चेतावनी

Residents inspect earthquake-damaged buildings in Mamuju, West Sulawesi, Indonesia, Friday, Jan. 15, 2021. Photo: AP

आजदेखि एसईई, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

exam

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

सम्बन्धित खबरहरु

Scroll to Top