एनपीएलमा आशिफ शेख महँगा, १५५ मा ८ टोलीले भित्र्याए ५२ खेलाडी

२३ असार ८३, मंगलबार

२३ असार , काठमाण्डौ।

Advertisement

एनपीएलमा आशिफ शेख महँगा, १५५ मा ८ टोलीले भित्र्याए ५२ खेलाडी
एनपीएल को कतिमा बिके ? अक्सनपछि कस्तो बन्यो आठ टोली ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको तेस्रो सिजनको लागि सोमबार भएको अक्सनमार्फत् विभिन्न आठ टोलीले कम्तिमा ६ खेलाडी र बढीमा ८ खेलाडी आबद्ध गरेका छन्। ए, बी र सी श्रेणीका खेलाडीलाई अक्सनमार्फत् भित्र्याएका हुन्। यो सिजन लागि आठ टोलीले कुल ५२ खेलाडीका लागि बोली लगाएका छन्।

Advertisement

सोमबार काठमाडौंमा भएको अक्सनबाट १५५ खेलाडीमध्ये ५२ खेलाडी विभिन्न ८ टोलीमा अनुबन्ध भए । अक्सनमा राष्ट्रिय टोलीका ओपनर एवम् विकेटकिपर ब्याटर आसिफ शेख सर्वाधिक रकममा अनुबन्ध भए । उनलाई अनुबन्ध गर्न चितवन राइनोजबाहेकका ७ टोलीले बोली लगाएका थिए ।

लक्की ‘ड्र’ मा लुम्बिनी लायन्स भाग्यमानी बन्यो । दोस्रो सिजनको विजेता लुम्बिनीले २० लाखमा आसिफलाई अनुबन्ध ग¥यो । अघिल्लो दुई सिजन जनकपुर बोल्टमा रहेका उनी उनी यस अक्सनका सबैभन्दा महँगा खेलाडी हुन्। रुपेश कुमार सिंह विराटनगर किंग्समा आबद्ध भए। श्रेणी ’’ एका उनलाई विराटनगरले १५ लाखमा भित्र्याएकव छ।

Advertisement

यस्तै विवेक कुमार यादव (चितवन राइनोज), त्रित राज दास (जनकपुर बोल्ट्स), अर्जुन घर्ती क्षेत्री (पोखरा एभेन्जर्स) मा १५–१५ लाखमा आबद्ध भएका छन्। यसका साथै बी श्रेणीका केही खेलाडीहरू दश लाख) रुपैयाँमा बिक्री भएका छन्। जसमा शुभ कंसाकार – कर्णाली याक्स, किशोर महतो – लुम्बिनी लायन्स, दीपक बोहोरा – सुदूरपश्चिम रोयल्स भित्रिएका हुन्।

घाइते भएर अघिल्लो सिजन गुमाएका विवेककुमार यादव, रुपेश सिंह, तृतराज दास र अर्जुन घर्ती अधिकतम मुल्य १५ लाखमा अनुबन्ध भए । अधिकतम मूल्यमा एकभन्दा बढी टोलीले बोली लगाएपछि लक्की ‘ड्र’मार्फत विवेक चितवन, रुपेश विराटनगर, तृतराज जनकपुर र अर्जुन पोखरामा अनुबन्ध भए ।

सुनिल धमला, शंकर राना, भुवन कार्की, नरेन भट्ट र दिपेश कँडेलसहितका केही चर्चित खेलाडी अनशोल्ड हुन पुगे । सन्दीप लामिछाने मार्की प्लेयर रहेको विराटनगरले रुपेशकुमार सिंहलाई अधिकतम मूल्यमा टोलीमा अनुबन्ध ग¥यो । विराटनगरसहित पोखरा, चितवन र सुदूरपश्चिमले रुपेशलाई अधिकतम मूल्यमा खरिद गर्न बोली लगाएका थिए ।

त्यसमा विराटगनर भाग्यमानी बन्यो । अक्सनबाट विराटनगरले रुपेशसहित ६ खेलाडीलाई खरिद गरेको छ । नरेन साउद, दिलसाद अली, सुजन थपलिया, अपराजित पौडेल र प्रतिक श्रेष्ठ अक्सनमार्फत विराटनगरमा भित्रिएका छन् । विराटनगरले सन्दीपसहित लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिस जिसी र सुभाष भण्डारीलाई रिटेन गरेको छ ।

विराटनगरमा अक्सनमार्फत भित्रिएका खेलाडीहरूमा रुपेश कुमार सिंह (१५ लाख), नरेन राउद (५ लाख), दिलसाद अली (५ लाख), सुजन थपलिया (४ लाख २५ हजार), अपराजित पौडेल (२ लाख), प्रतिक श्रेष्ठ (२ लाख) र इम्रान शेख (२ लाख) रहेका छन् । यस्तै मार्की खेलाडी आसिफ शेखलाई रिलिज गरेको जनकपुरले तिर्थराज दासलाई १५ लाखमा अनुबन्ध गरेको छ ।

तिर्थलाई किन्न अधिकतम मूल्यमा लुम्बिनी जनकपुरसँगै लुम्बिनीले बोली लगाएको थियो । जसमा जनकपुर भाग्यमानी बन्यो । जनकपुरले तिर्थसँगै अभिषेक तिवारी, विशाल पटेल, अमरसिंह रौटेला, रित गौतम, सन्तोष कार्की, आशुतोष पाण्डे र विशाल सुस्लिङलाई अनुबन्ध गरेको छ ।

अनिल कुमार शाह, ललित नारायण राजवंशी, विकाश आग्री, मायन यादव र आदित्य मेहतालाई भने यसअघि नै रिटेन गरिसकेको छ । अक्सनमार्फत जनकपुरमा भित्रिएका खेलाडीहरूमा तिर्थराज दास (१५ लाख), अभिषेक तिवारी (५ लाख), विशाल पटेल (५ लाख), अमरसिंह रौटेला (५ लाख), रित गौतम (४ लाख २५ हजार), सन्तोष कार्की (३ लाख), आशुतोष पाण्डे (२ लाख), विशाल सुस्लिङ (२ लाख) रहेका छन् ।

यसैगरी विवेकुमार यादव लक्की ड्र मार्फत चितवन राइनोजमा भित्रिए । घाइते भएका कारण उनले अघिल्लो संस्करण गुमाएका थिए । यसअघि उनी अधिकतम मूल्य १५ लाखमा चितवनमा अनुबन्धएका हुन् । उनीसँगै मौसम ढकाल, अशोक धामी, विपिन रावल, गौतम केसी र सलौद्दिन खानलाई चितवनले अक्सनमार्फत भित्राएको छ ।

चितवनले आफैले रिलिज गरेका गौतम र विपिनलाई अक्सनमार्फत भित्राएको हो । कुशलसहित रिजन ढकाल, दीपक बोहरा, रञ्जित कुमार, कमल सिंह ऐरी, देव खनाल र अर्जुन साउद यसअघि नै रिटेन भइसकेका छन् । अक्सनमार्फत भित्रिएका खेलाडीहरूमा विवेकुमार यादव (१५ लाख), मौसम ढकाल (३ लाख), अशोक धामी (२ लाख), विपिन रावल (२ लाख), गौतम केसी (२ लाख), सलौद्दिन खान (२ लाख) रहेका छन् ।

काठमान्डु गोर्खाजले कम खर्च गर्दै ७ खेलाडी भित्राएको छ । काठमान्डुले साहिल पटेललाई ५ लाखमा अनुबन्ध गरेको छ । त्यसबाहेक अन्य सबैलाई समान २ लाखमा टोलीमा भित्राएको हो । प्रसिद्ध जैसी, सोनु देवकोटा, कृष्ण पौडेल, देव शाह र सूयान्शु कोइराला काठमान्डुमा भित्रिएका हुन् ।

काठमान्डुले मार्की खेलाडी करण केसीसहित भीम शार्की, आदिल आलम, रशिद खान, सन्तोष यादव र शाहब आलम रिटेन गरेको छ । काठमाडौंले अक्सनबाट शाहिल पटेल (५ लाख), प्रसिद्ध जैसी (२ लाख), दयानन्द मण्डल (२ लाख), सोनु देवकोटा (२ लाख), कृष्ण पौडेल (२ लाख), देव शाह (२ लाख), सूयान्शु कोइराला (२ लाख)मा भित्र्याएको छ ।

दुवै सिजन सुखद प्रदर्शन गर्न नसकेको पोखराले अर्जुन घर्तीलाई अधिकतम मूल्यमा टोलीमा भित्राएको छ । अर्जुनलाई अधिकतम मूल्यमा खरिद गर्न जनकपुर र पोखरा तयार हुँदा लक्की ‘ड्र’मा पोखरालाई परेको हो । त्यसबाहेक सूदीप अर्याल, विवेक रानामगर, सन्नी विक, प्रतिक पोखरेल र विपिन आचार्यलाई पोखराले अनुबन्ध गरेको छ ।

मार्की प्लेयर कुशल भुर्तेल, सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दीनेश खरेल रिटेन भएका छन् । पोखराले अर्जुन घर्ती (१५ लाख), सुदीप अर्याल (३ लाख), विवेक रानामगर (२ लाख ७५ हजार), सन्नी विक (२ लाख), प्रतिक पोखरेल (२ लाख), विपिन आचार्य (२ लाख)मा भित्र्याएको छ ।

दोस्रो सिजनको च्याम्पियन लुम्बिनी लायन्सले पहिलो सिजन जिताएका आसिफ शेखलाई भित्राएको छ । दुई सिजन मार्की प्लेयरको रुपमा खेलेका आसिफलाई जनकपुरले रिलिज गर्दा लुम्बिनीले भित्राउने अवसर पाएको हो । उनलाई अनुबन्ध गर्न ७ टोलीले बोली लगाएका थिए । तर, लक्की ‘ड्र’मा लुम्बिनी भाग्यमानी बन्यो ।

लुम्बिनीले किशोर महतोलाई पनि लक्की ‘ड्र’मार्फत भित्राउन पायो । यस्तै आफैले रिलिज गरेको दुर्गेश गुप्तालाई पनि लुम्बिनीले अक्सनमार्फत अनुबन्ध गरेको हो । यसबाहेक आकाश त्रिपाठी, अजय चौहान र अरनिको प्रसाद यादव लुम्बिनीमा भित्रिए । कप्तान रोहित कुमार पौडेल, सन्दीप जोरा, शेर मल्ल, दिलीप नाथ, दिनेश अधिकारी, अभिषेश गौतम र तिलक भण्डारी रिटेन भएका खेलाडीको रुपमा छन् ।

लुम्बिनीले अक्सनमार्फत असिफ शेख (२० लाख), किशोर महतो (१० लाख), दुर्गेश गुप्ता (५ लाख), आकाश त्रिपाठी (५ लाख), अजय चौहान (२ लाख) र अरनिको प्रसाद यादव (२ लाख)मा भित्र्याएको छ । कर्णाली याक्सले रिलिज गरेको दुई खेलाडीलाई अक्सनमार्फत भित्रायो । कर्णाली यसअघि रिलिज गरेका विपिनप्रसाद शर्मा र दीपेन्द्र रावतलाई पुनः अनुबन्ध गरेको हो ।

यसबाहेक शुभ कंशाकार, सूर्य तामाङ, दिवन पुन र सचिन शर्मा पनि कर्णालीमा भित्रिए । सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, दीपक डुम्रे, पवन सर्राफ, युनिश विक्रम ठाकुरी र युवराज खत्रीलाई कर्णालीले यसअघि नै रिटेन गरिसकेको छ ।

कर्णालीले शुभ कंशाकार (१० लाख), विपिनप्रसाद शर्मा (५ लाख), दीपेन्द्र रावत (५ लाख), सूर्य तामाङ (२ लाख), दिवन पुन (२ लाख), सचिन शर्मा (२ लाख)मा टिममा अनुबंध गरेको छ । यसैगरी दुईपटक नै उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले आफैले रिलिज गरेका ३ खेलाडीलाई पुनः टोलीमा अनुबन्ध गरेको छ ।

दीपक बोहरा, मिलन बोहरा र टेक रावतलाई सुदूरपश्चिमले रिलिज गरेको थियो । अक्सनमार्फत भने पुनः उनीहरूलाइ खरिद गरेको हो । यीबाहेक अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई पनि सुदूरपश्चिमले भित्राएको हो । सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको छ ।

सुदूरमा अक्सनमार्फत भित्रिएका खेलाडीहरूमा दीपक बोहरा (१० लाख), अनिल खरेल (५ लाख), मिलन बोहरा (५ लाख), टेक रावत (२ लाख), सचिन भट्ट (२ लाख), आयुव चन्द (२ लाख) रहेका छन् । अक्सनमा विराटनगर किंग्स कुल खर्च ३५ लाख २५ हजार गरेको छ भने अब बाँकी रकम १६ लाख २५ हजार रहेको छ ।

यस्तै चितवन राइनोजको कुल खर्च २६ लाखमा अब बाँकी रकम१६ लाख रहेको छ । जनकपुर बोल्ट्सको ४१ लाख २५ हजार र बाँकी रकम २५ लाख रहेको छ । कर्णाली याक्सले २६ लाख कुल खर्चमा बाँकी रकम १६ लाख रहेको छ । यस्तै काठमाडौं गोर्खाज १७ लाख खर्चगर्दा अब बाँकी १७ लाख रहेको छ ।

लुम्बिनी लायन्स ४४ लाख खर्च गरेको छ भने पोखरा एभेन्जस २६ लाख ७५ हजार खर्चिएको छ । सुदूरपश्चिम रोयल्सले भने २६ लाख खर्चिदा अब बाँकी रकम १६ लाख ५० हजार रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top