×

NEPAL TIMES UPDATES

Playing
खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान#nepal #plane #middleeast|| Nepal Times
Apr 03, 2026
Playing
Top 15 Afternoon News|| April-03-2026 ||Nepal Times
Apr 03, 2026
Playing
रास्वपाले उपसभामुख कसलाई देला ? यस्तो छ संभावना,कांग्रेस, एमालेको च्याप्टर क्लोज|| Nepal Times
Apr 03, 2026
Playing
Iran यु द्धमा Americaको दिनको खर्च कति ? Trumpले निकाले महान्याधिवक्ता || NepalTimes
Apr 03, 2026
Playing
बादलले एमाले भित्र आगो लगाए,आजै वार कि पार, महेश बस्नेत खुशी|| Nepal Times
Apr 03, 2026
Playing
हिजोका रवि र आजका रवि || NepalTimes
Apr 03, 2026
Playing
इरान यु द्धले इन्धनको हाहाकार, विश्वभर असर, अमेरिकी थला परे|| Nepal Times
Apr 03, 2026
Playing
राजस्व चुहावट रोक्न के गर्दैछ सरकार ? स्वर्णिम–सुदनले के छलफल गरे ? || Nepal Times
Apr 02, 2026
Playing
लेखकको चिन्ता एमालेलाई, कांग्रेस मौन || Nepal Times
Apr 02, 2026
Playing
प्रधानमन्त्री बालेन र प्रतिपक्षी हर्कबीच पुनर्मिलन, ’अब ढोका खुल्यो’ || Nepal Times
Apr 02, 2026

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

२० चैत्र २०८२

२० चैत , काठमाण्डौ ।

बालेन नेतृत्वको नवगठित सरकारको यो कदमले पिडित तथा आम सर्वसाधारणमा सरकार भएको सकारात्मक उर्जाको संचार गरेको छ। केही समय अघि उद्धार उडान भएपनि युद्धबाट प्रभावित नेपालीहरुको संख्या बढिरहेको अवस्थामा नेपालीहरुले उडानको माग गरिहेको अवस्थामा बालेन सरकारले उद्धार उडान सुरु गरेको हो ।

Advertisement

खाडी तथा मध्यपूर्वका विभिन्न देशहरूमा रहेका नेपाली नागरिकहरूको उद्धारका लागि सरकारले विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार नेपाल एयरलाइन्स मार्फत आजदेखि लगातार तीन दिनसम्म चार वटा विशेष उडान सञ्चालन गरिनेछन्, जसबाट संकटमा परेका तथा स्वदेश फर्कन चाहने नेपालीहरूलाई प्राथमिकताका साथ उद्धार गरिनेछ।

परराष्ट्र मन्त्री शिशिर खनालका अनुशार, पश्चिम एसियामा विद्यमान तनाव तथा सुरक्षा अवस्थाका कारण नियमित उडानहरू २८ फेब्रुअरी २०२६ देखि स्थगित रहँदा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै नेपाली नागरिकहरूको उद्धार तथा आवागमनलाई सहज बनाउने उद्देश्यले आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल गरिएको छ।

उक्त छलफलपश्चात नेपाल वायुसेवा निगमले मिति ३ देखि ५ अप्रिल २०२६ सम्म विभिन्न गन्तव्यहरूमा विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको छ। मन्त्री खनालले उक्त विशेष उडानहरूको व्यवस्थापन तथा सञ्चालनका लागि आवश्यक सहजीकरणमा सहयोग पु¥याउनुहुने नेपाल एयरलाइन्स तथा राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रति कृतज्ञता समेत व्यक्त गरेका छन् ।

उनले ०१ अप्रिल २०२६ मा कुवेत एयरवेजको एक उडानमार्फत २९१ जना यात्रु स्वदेश फर्किएको र सोही उडानबाट विभिन्न कारणले निधन भएका नौ (९) जना नेपाली नागरिकहरूको शवसमेत नेपाल ल्याइएको जानकारी दिएका छन् ।
आज साँझ काठमाडौँबाट नेपाल वायु सेवाको जहाज संयुक्त अरब इमिरेट्सको दुबईतर्फ उड्ने तयारी गरिएको छ।

उक्त उडानमार्फत फर्किनका लागि पहिले नै टिकट बुक गरिसकेका नेपाली नागरिकहरूलाई प्राथमिकता दिइने बताइएको छ भने आकस्मिक रूपमा स्वदेश फर्किन चाहनेहरूलाई पनि सम्बन्धित निकाय तथा एजेन्टमार्फत समयमै सम्पर्क गर्न आग्रह गरिएको छ।

दुबईस्थित नेपाली दूतावासले यात्रु व्यवस्थापन, कागजी प्रक्रिया र आवश्यक सहजीकरणका लागि समन्वय गरिरहेको जनाएको छ। उक्त जहाज भोलिपल्ट दुबईबाट काठमाडौँ फर्कने कार्यतालिका तय गरिएको छ। त्यसपछि पर्सि अर्थात् २२ गते काठमाडौँबाट अर्को विशेष उडान साउदी अरेबियाको दमामका लागि प्रस्थान गर्नेछ, जसले सोही दिन नेपाली यात्रुहरू बोकेर काठमाडौँ फर्कने योजना रहेको छ।

यी उडानहरूमा प्राथमिकता बिरामी, समस्यामा परेका, काम गुमाएका तथा तत्काल स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीहरूलाई दिइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।मध्यपूर्वका विभिन्न देशहरू—जस्तै यूएई, साउदी अरेबिया, कतार, कुवेत लगायत क्षेत्रमा कति संख्यामा नेपालीहरू स्वदेश फर्कन इच्छुक छन् भन्ने यकिन तथ्यांक संकलन गर्ने काम पनि ती देशमा रहेका नेपाली दूतावासहरूले गरिरहेका छन्।

साथै, आवश्यक परे थप उडान सञ्चालन गर्ने विषयमा समेत सरकार आन्तरिक तयारीमा जुटेको छ।हाल मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्व तथा असुरक्षाका कारण नियमित अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। उडान अवरुद्ध हुँदा धेरै नेपाली कामदार तथा अन्य नागरिकहरू अलपत्र परेका छन् र सुरक्षित रूपमा स्वदेश फर्कन नपाएको गुनासो गर्दै आएका छन्।

यही अवस्थालाई मध्यनजर गर्दै सरकारले तत्काल राहतस्वरूप विशेष उडानको व्यवस्था गरेको हो। सरकारले सम्बन्धित देशका नेपाली दूतावासहरूलाई आफ्ना नागरिकहरूको विवरण संकलन, आवश्यक परामर्श र सहजीकरणमा सक्रिय हुन निर्देशन दिएको छ।

Advertisement

साथै, स्वदेश फर्कने नागरिकहरूलाई आवश्यक स्वास्थ्य मापदण्ड, यात्रा सम्बन्धी कागजात तथा सुरक्षा प्रक्रियाहरू पूरा गर्न पनि आग्रह गरिएको छ।यस विशेष उद्धार अभियानलाई प्रारम्भिक चरणको रूपमा हेरिएको छ, र आगामी दिनमा परिस्थिति अनुसार थप उडान तथा अन्य विकल्पहरू समेत प्रयोग गरेर विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गरिने सरकारी स्रोतले जनाएको छ।

भर्खरको समाचार

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

ram bahadur thapa badal

इन्धनको भाउले नेपालीको ढाड सेक्यो, पेट्रोल लिटरकै २ सय माथि

petrol-pump-india_AFP

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

अमेजनको डाटा सेन्टरमा ‘मिसाइल वर्षा’, इरानलाई ढुंगेयुगमा पुर्याउने ट्रम्पको धम्की

59dbc9b9-6c48-4a83-89fa-8e3f80b9cc87

५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा

2269453122

सम्बन्धित खबरहरु

Scroll to Top