×

NEPAL TIMES UPDATES

Playing
’अपरे शन सेफ्टी काठमाडौं’ः काठमाडौंबाट १९५ जना पक्रा उ#arrest #nepal #police|| Nepal Times
Apr 04, 2026
Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

२१ चैत्र २०८२

२१ चैत , काठमाण्डौ ।

संयुक्त अरब एमिरेट् (यूएटई)को अबुधाबीमा भएको आक्रमणमा सात नेपाली घाइते भएका छन् ।  अजबान क्षेत्रमा भएको घटनामा सात नेपाली र पाँचजना भारतीय नागरिक घाइते भएका हुन् । एक नेपालीलाई गम्भीर चोट लागेको बताइएको छ । यसअघि पनि यूएईमा आक्रमणका क्रममा भारतीय नागरिकहरू घाइते भएका समाचारमा उल्लेख छ ।

Advertisement

सरकारी समाचार संस्था डब्लूएएमका अनुसार यो घटना एक औद्योगिक क्षेत्र नजिकै भएको हो । सरकारी अधिकारीहरूले ड्रोनबाट खसेको भग्नावशेषबाट नेपाली र भारतीय नागरिक घाइते भएको बताएका छन् । गत हप्ताको सुरुमा, यूएईमा खलिफा आर्थिक क्षेत्र केजादनजिकै देशको वायु रक्षा प्रणालीले ब्यालिस्टिक क्षेप्यास्त्रलाई रोक्दा भग्नावशेष खस्दा पाँच भारतीय घाइते भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

त्यसअघि बिहीबार, यूएईमा अवरोध गरिएका क्षेप्यास्त्रहरूको भग्नावशेष सडकमा खस्दा मृत्यु हुने दुईजनामा एक भारतीय नागरिक पनि थिए । शुक्रबार भने ड्रोनको भग्नावशेष खस्दा घाइते हुनेमा सात नेपाली पनि रहेका त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको हो ।

तर, यसबारे आफूहरूलाई औपचारिक रूपमा जानकारी नगराइएको यूएईका निम्ति नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बताए । घटनाबारे बुझ्न यूएईको विदेश मन्त्रालयमा पत्र पठाइएको उनले जानकारी दिए । “औपचारिक रूपमा हालसम्म हामीलाई जानकारी गराइएको छैन । यहाँको सरकारी मिडियाले सातजना नेपाली घाइते भएको उल्लेख गरेका छन्,” राजदूत क्षेत्रीले भने, “सोही आधारमा हामीले के भएको हो भनेर यहाँको विदेश मन्त्रालयलाई पत्र पठाई सोधेका छौँ ।”

त्यहाँको विदेश मन्त्रालयबाट आफूहरूको पत्रको जवाफ प्राप्त भइनसकेको उनले बताए । घाइते नेपालीमध्ये एकजनाको अवस्था गम्भीर रहेको भन्ने बुझिएको उनले जानकारी दिए । घाइते भएका भनिएका नेपालीका बारेमा यूएईको विदेश मन्त्रालयले जानकारी गराएपछि मात्र यकिनसाथ भन्न सकिने उनले स्पष्ट पारे ।

पीडित ‘सामान्य’देखि ‘मध्यमसम्म घाइते भएका र एक नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ । यस्तै अबुधाबीस्थित एक ग्यास केन्द्रमा पनि ड्रोन र मिसाइलका अवशेष खस्दा एक जनाको मृत्यु भएको छ । केही व्यक्ति घाइते भएका छन् । हब्शन ग्यास प्लान्टमा आगलागी हुँदा दुई पाकिस्तानी र दुई इजिप्टेली नागरिक घाइते भएका हुन् भने एक जना इजिप्टका नागरिकको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

गल्फन्युजका अनुसार हवाई सुरक्षा प्रणालीले प्रतिरक्षा गर्दा अवशेष ग्यास केन्द्रमा खसेका थिए । सोही क्रममा साइट खाली गराउने क्रममा इजिप्टेली नागरिकको मृत्यु भएको हो । घाइते भएका चार जनाको अवस्था भने सामान्य भएको समाचारमा उल्लेख छ । उनीहरुलाई तत्कालै उद्धार गरी अस्पताल पु¥याइएको छ ।

Advertisement

भर्खरको समाचार

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

सम्बन्धित खबरहरु

Scroll to Top