×

NEPAL TIMES UPDATES

Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

२४ चैत्र २०८२

२४ चैत , काठमाण्डौ ।

अमेरिका इरानमा अल्झिरहँदा र यसले विश्वको ध्यान पश्चिम एसियामै केन्द्रित पारिरहेका बेला चीनले यसलाई एउटा अवसरका रुपमा प्रयोग गर्ने देखिएको छ । यो समयलाई उसले आफ्नो ‘एक चीन नीति’लाई कार्यान्वयन गर्ने मौकाका रुपमा हेरेको । यसनिम्ति चीनले ताइवान टापुनजिकैको हवाई क्षेत्र ४० दिनलाई बन्द गर्ने कदम चालेको छ ।

Advertisement
Advertisement

ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्ने चीनले यसअघि पनि यो क्षेत्रमा आफ्ना लडाकु विमान र युद्धपोत पठाउँदै आएको थियो । हाल उसले मे ६ तारिखसम्मलाई यो विशाल हवाई क्षेत्र बन्द गरेको छ । अमेरिकाको वाल स्ट्रिट जर्नलका अनुसार, चीनले कुनै स्पष्टीकरण नदिई आफ्नो क्षेत्र ४० दिनलाई बन्द गर्ने सूचना जारी गरेको छ ।

यो हवाई क्षेत्र दक्षिण कोरियानजिकैको एलो सागरदेखि जापान आसपासको पूर्वी चीन सागरसम्म फैलिएको छ । अमेरिका हाल इरानसँगको विवादमा फसेको छ । यो क्षेत्रबाट अमेरिकी सैन्य सामग्री पनि पश्चिम एसियातर्फ लगिएको समयमा चीनले यस्तो कदम चालेको हो ।

सैन्य अभ्यासका निम्ति यसअघि यस्तो हवाई क्षेत्र केही दिनलाई मात्र बन्द गरिन्थ्यो । यति लामो समयसम्म हवाई क्षेत्र बन्द गर्नुको कारण चिनियाँ विदेश मन्त्रालयले खुलाएको छैन । यसले चीनले वर्तमान परिस्थितिको फाइदा उठाउँदै ताइवानमाथि आक्रामक कदम चाल्न सक्ने आशंका उब्जाएको छ ।

ताइवानको रक्षा मन्त्रालयले सोमबार बिहान आफ्नो क्षेत्रीय जलक्षेत्र वरपर तीन चिनियाँ सैन्य विमान, ६ नौसैनिक जहाज र दुई सरकारी जहाजको उपस्थिति पत्ता लगाएको छ । तिनीहरू मध्यरेखा पार गरी ताइवानको उत्तरी र पूर्वी भागको रक्षा सुरक्षा क्षेत्रमा प्रवेश गरेका थिए ।

ताइवानी सशस्त्र बलले स्थितिमाथि निगरानी राख्दै जवाफी कारबाहीको तयारी गरेको छ । आइतबार पनि ताइवानले ६ चिनियाँ सैन्य जहाज र एउटा सरकारी जहाजको उपस्थिति फेला पारेको थियो । चीनले आरक्षित गरेको यो भूभाग ताइवानको मुख्य टापुभन्दा पनि ठूलो क्षेत्रमा फैलिएको छ । यसमा सांघाईको उत्तर र दक्षिणमा रहेका तटीय हवाई क्षेत्र पनि समावेश छन् ।

चीनको बढ्दो सैन्य दबाव र संभावित युद्धको खतराका बीच ताइवानभित्र एक रोचक तर गंभीर ट्रेन्ड देखिएको छ । सीएनएनको रिपोर्ट अनुसार, एकातर्फ ताइवानी सरकार युद्धको तैयारीमा जुटेको छ, अर्कातर्फ आम नागरिकहरु भने आफ्नो भविष्य सुरक्षित गर्नका लागि ‘प्लान बी’ बनाइरहेका छन्, जसमा विदेशमा पैसा राख्न, पासपोर्ट तयारी अवस्थामा राख्न र देशबाहिर आफु र परिवारका लागि ठेगानाहरु छनोट गर्ने कामहरु गरेको पाइएको छ ।

ताइवान सरकारले भने हालैका महिनामा आफ्नो रक्षा खर्च बढाएको छ । यस्तै अनिवार्य सैन्य सेवाको अवधि पनि बढाएको छ र ठूलो स्तरमा युद्धाभ्यास शुरू गरेको छ । यी सबै चीनको बढ्दो आक्रमकताको जवाफमा गरिदै छ । तर जनताहरु भने अब देश छाड्ने योजना बनाइरहेका छन् ।

उनीहरुले आफ्नो संपत्ति विदेशमा जम्मा गर्ने, अन्य देशको नागरिकता लिने, अर्को पासपोर्ट प्राप्त गर्ने अर्थात युद्ध भएको स्थितिमा जनताहरुले प्लान बीको रणनीतिमा लागेका हुन् । इमिग्रेशन कन्सल्टेन्ट्सका अनुसार, गत केही वर्षमा ताइवानका मानिसहरु विदेश जाने, अर्को पासपोर्ट लिने र संपत्ति बाहिर राख्नेहरुको संख्यामा तीव्र बृद्धि भइरहेको छ ।

कयौं ताइवानीहरु हङकङको उदाहरणबाट पनि प्रभावित छन्, जहां चीनको नियंत्रण बढेपछि ठूलो संख्यामा मानिसहरु देश छाडेर हिडेका थिए । यसबीच देशमा ‘आज हङकङ, भोली ताइवान’ जस्ता नारा पुनः चर्चामा छ । तर सबै देश छाड्ने मनस्थितिमा छैनन् । केही मानिसहरु युद्धको स्थितिमा देशका लागि लड्न पनि तैयार छन् ।

तर ड्यूक यूनिभर्सिटीको एक सर्भेका अनुसार, ठुलो संख्याका मानिसहरुले भने देशका लागि लड्ने वा देश छाड्ने भन्ने तय गर्न सकिरहेका छैनन् । करीब ११% ले देश छाड्ने बताएका छन् भने २०% ले सेनाका साथमा उभिने बताएका छन् । यता थाईल्याण्ड, कंबोडिया, मलेशिया र यूरोपका केही देशहरुमा ताइवानीहरुले संपत्ति खरिद गर्ने र नागरिकता लिने ट्रेंड बढेको छ ।

कयौंले यसलाई ‘रिस्क डाइभर्सिफिकेशन’ अर्थात जोखिम बाँड्ने रणनीति भनेका छन् । यद्यपि विशेषज्ञहरुले चेतावनी दिएका छन् कि यदी अचानक युद्ध भयो भने, देश छाड्न त्यति सजिलो हुने छैन । किनभने एयरपोर्ट र ट्रांसपोर्ट सिस्टम सबै पहिला नै प्रभावित हुनसक्छन् ।

यता अमेरिका अहिलेको समयमा ईरान युद्धमा व्यस्त छ, यस्तोमा चीनले इंडो–प्यासिफिक क्षेत्रमा आफ्नो शक्ति बढाउने प्रयास गरिरहेको हो । अमेरिकाको व्यस्तताको फाइदा उठाएर चीनले नयाँ नियम तय गर्न चाहेको पनि केहीले टिप्पणी गरेका छन् । चीनले जापान र दक्षिण कोरिया नजिकको समुन्द्र र हवाई क्षेत्रमा अफशोर वार्निंग जोन बनाएको छ।

जुन करीब ४० सम्म लागू हुनेछ । यसले चीनले क्षेत्रमा आफ्नो पकड बलियो बनाउन चाहेको प्रष्ट हुन्छ ।उता अमेरिकाले ईरान युद्धमा आफ्नो सम्पूर्ण शक्ति लगाइरहेको छ । उसका हजारौं सैनिक, जेट, ड्रोन र जहाज मिडिल ईस्टमा व्यस्त छन् । अब चीनको यो ४० दिनको बन्दले अमेरिकाको मिलिट्री फ्लाइट्स प्रभावित हुनेछ ।

अमेरिकी एयर फोर्स र नेभीका जेट, बम्बर र जासूसी विमान जापान, दक्षिण कोरिया र गुआमका बेसबाट उडान भर्दै आएका छन् । अब यी क्षेत्रहरुमा सिधा उडान भर्न मुश्किल भएको छ । विमानहरुलाई घुमाएर लामो बाटो तय गर्नुपर्नेछ। जसले समय, ईंधन र थप धेरै खर्च हुनेछ ।

अमेरिकाले चीनको निगरानीका लागि यो क्षेत्रमा लगातार जासूसी विमान उडाउदै आएको छ । अब ४० दिनसम्म यो सहज हुने छैन । यसले चीनलाई भने आफ्नो कुनै पनि मिलिट्री एक्टिभिटी अमेरिकाको नजर बिनानै गर्ने अवसर पाएको छ । अमेरिकी सेनाले पहिला नै ईरानका नयाँ एयर डिफेंस, ड्रोन र मिसाइलहरुको सामना गरिरहेको छ ।

अब चीनले एशियामा पनि तनाव बढाइदिएको हो । पेंटागनले अब दुवैतर्फ आफ्ना सेना र संसाधन बाँड्नु पर्ने छ । चीनको यो निर्णयले भने सिभिल प्लेन धेरै प्रभावित हुनेछैन, तर ती विमानहरुले यो बन्द क्षेत्रबाट हिड्न स्पेशल कोअर्डिनेशन गर्नुपर्नेछ । अमेरिकाले ताइवान रिभोलुसन एक्ट १९७९ अनुसार ताइवानलाई हतियार बेच्छ र रणनीतिक अस्पष्टता नीतिले रक्षा गर्छ।

Advertisement

हालैका सैन्य अभ्यास र उच्चस्तरीय भ्रमणले चीनलाई उत्तेजित बनाउदै आएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले धेरै पटक भनेका छन् कि एक दिन सेनाद्वारा ताइवान कब्जा गरिनेछ । एक दिन ताइवान चीनको मुलभूमिमा विलय हुने उनको भनाइ छ । उनले ताइवानको विलय शान्तिपूर्ण हुने बताउँदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top