नेपाल टाइम्सकी रस्मितासहित मोरङका चार पत्रकार पुरस्कृत

२७ असार , काठमाण्डौ ।

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड मोरङले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा यसवर्ष नेपाल टाइम्सकी रस्मिता उदाससहित चारजना पत्रकारहरूलाई पुरस्कृत गरेको छ ।

संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुरस्कार दातासहितको परामर्श र पुरस्कार छनोट समितिको सिफारिसका आधारमा पुरस्कृत हुने पत्रकारहरूको नाम टुंगो लगाइएको थियो ।

Advertisement

सोहीअनुसार सहकारी संस्थाले यस वर्षको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार नेपाल टाइम्स अनलाइन टेलिभिजनकी पत्रकार रस्मिता उदासलाई प्रदान गरेको हो ।

Advertisement

उदास विगत ५ वर्षभन्दा बढी समयदेखि नेपाल टाइम्समा आवद्ध छिन् । त्यसअघि उनी स्थानीय टेलिभिजनमा कार्यरत थिइन् ।

यस्तै मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मकालु टेलिभिजनका संवाददाता पदम सरदारलाई तथा तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष एवं दर्शन दैनिकका सम्पादक शिवबहादुर कार्कीलाई प्रदान गरिएको छ ।

संस्थाका अध्यक्ष दीपक दाहालका अनुशार यस वर्षको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार भने रातोपाटी डटकमका विराटनगर संवाददाता अर्जुन आचार्यलाई प्रदान गरिएको छ ।

यी पुरस्कारहरुको राशि क्रमश १० हजार, २१ हजार, ५१ हजार र ५० हजार रहेको छ ।

संस्थाका अध्यक्ष दीपक दाहालका अनुसार हरेक वर्ष असार २७ गते मनाइने स्थापना दिवसको अवसर पारेर यी पुरस्कारहरू प्रदान गरिँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top