×

NEPAL TIMES UPDATES

Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

१ बैशाख २०८३

१ वैशाख , काठमाण्डौ।

बालेन सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सार्वजनिक सम्पत्ति विवरणलाई लिएर प्रश्न उठेपछि उनले सामाजिक संजालबाट पारदर्शिताका लागि भन्दै प्रष्टिकरण दिएका छन् । उनले पारदर्शिता, पारदर्शिता, पारदर्शिता भन्दै सामाजिक संजालमार्फत पारदर्शिता केवल शब्द होइन, व्यवहारमा देखिनुपर्छ आफ्नो विश्वास रहेको बताएका छन्।

Advertisement
Advertisement

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले त्यसै अनुरूप आचरण गर्ने प्रयास गरेको बताएका छन्। त्यस्तै आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको उनले लेखेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमार्फत् प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र १५ जना मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो।

कतिपय मन्त्रीहरूको सम्पत्ति ’धेरै’ भएको भन्दै सामाजिक सञ्जालहरूमा टीकाटिप्पणी पनि भएको छ। सोही सन्दर्भलाई लिएर शिक्षामन्त्री सस्मितले प्रष्टिकरण दिएका छन् । उनले आफूले उल्लेख गरेको सबै सम्पत्ति आफ्नो परिवारको इमानदार मेहनतको कमाइ भएकाले कुनै डर नभएको पनि बताएका छन्।

सार्वजनिक सम्पत्ति विवरण अनुसार उनको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रूपैयाँ र ऋण ७५ लाख रूपैयाँ देखिएको छ। उनले लेखेका छन्, म त्रिभुवन विश्वविद्यालय अन्तर्गत ’सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको विद्यार्थी पनि हुँ। भ्रष्टाचार निवारणका लागि सबैभन्दा शक्तिशाली अस्त्र पारदर्शिता नै हो भन्नेमा मेरो दृढ विश्वास छ। यसै मान्यता अनुसार मैले आफ्नो सम्पत्ति विवरण यथासम्भव पूर्ण रूपमा पारदर्शी बनाउने प्रयास गरेको छु। मैले केवल आफ्नो व्यक्तिगत सम्पत्ति मात्र होइन, बुवा, आमा तथा मामाघर (मावली) पक्षसम्मका सम्पत्तिहरू समेत खुलाएर प्रस्तुत गरेको छु। मेरो मात्र होइन, बुबाको सवारीसाधनसमेत उल्लेख गरेको छु। उनले लेखेका छन्, प्राविधिक रूपमा हेर्दा आफ्नो व्यक्तिगत सम्पत्ति मात्र देखाउँदा पनि पर्याप्त हुन्थ्यो, तर मैले पूर्ण पारदर्शिताको अभ्यास गर्दै सबै विवरण सार्वजनिक गरेको हुँ। किनभने मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्।

उनले आफ्ना बुबाको सन्दर्भमा पनि स्पष्ट पारेका छन् । उनले लेखेका छन्, उहाँले नेपाल राष्ट्र बैंक मा करिब ३० वर्ष सेवा गर्नुभयो र कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गर्नुभयो। साथै, उहाँ अन्तर्राष्ट्रिय मुद्रा कोष, वासिङटन डिसीमा एक्जुकेटिभ डाइरेक्टरका सल्लाहकारका रूपमा समेत कार्यरत रहनुभएको थियो। उहाँको उच्च नैतिकता र इमानदारिताप्रति म सधैं गर्व गर्छु, र यही मूल्यहरूले मलाई पनि मार्गदर्शन गरेका छन्।काठमाडौंको जग्गा खरिदको विषयमा, त्यो समय आना अनुसारको मूल्य आजको तुलनामा निकै कम थियो। हाल ती सम्पत्तिहरूको मूल्य ५० गुणाभन्दा बढीले वृद्धि भएको छ, जुन केवल हाम्रो मात्र होइन, समग्र बजार प्रवृत्तिको परिणाम हो। पारदर्शितालाई ध्यानमा राख्दै मैले खरिद मूल्य वा सरकारी मूल्य होइन, हालको चलनचल्तीको बजार मूल्य नै उल्लेख गरेको छु।

उनले अन्त्यमा भनेका छन्, अन्त्यमा, म यो पनि स्वीकार गर्छु कि म एक हिसाबले ’प्रिभिलेज्ड’ पृष्ठभूमिबाट आएको व्यक्ति हुँ। तर आजसम्म, आधारभूत शिक्षाबाहेक मैले कहिल्यै पनि बुबाआमा को सम्पत्तिमा निर्भर भएर विलासिता गरेको छैन। म स्नातक दोस्रो वर्षदेखि नै पार्टटाइम अनलाइन काम गर्न थालेको र स्नातक चौथो वर्षमा फूलटाइम रूपमा काम गरेको व्यक्ति हुँ। मैले आफ्नै आम्दानीबाट आफ्ना खर्चहरू व्यवस्थापन गरेको छु। मेरो विवरणमा देखाइएको ऋणसमेत, बुबाआमाको आर्थिक सहयोग बिना आफ्नै गाडी खरिद गर्न लिएको हो।

सार्वजनिक रुपमा उठेको पान नम्मरका बारेमा पनि उनले प्रष्टिकरण दिएका छन् । प्यान नम्बरको विषयमा पनि स्पष्ट पार्न चाहन्छु। मसँग वैध प्यान नम्बर छ। तर उक्त सम्पत्ति विवरण सार्वजनिक रूपमा प्रकाशित गर्ने योजना भएकाले व्यक्तिगत सुरक्षाका कारण प्यान नम्बर समावेश नगरेको हुँ। पारदर्शिता केवल शब्द होइन, व्यवहारमा देखिनुपर्छ भन्ने मेरो विश्वास हो। मैले त्यसै अनुरूप आचरण गर्ने प्रयास गरेको छु, र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्छु।

सस्मितको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा काठमाडौं र ललितपुरमा करोडौँ पर्ने घर जग्गा, २५ तोला सुन, महँगा इलेक्ट्रिक कारदेखि लिएर सेयर र बचतपत्रसम्म रहेको छ । सस्मितकी आमा मिनाक्षी ओझा पोखरेलको नाममा काठमाडौंको सुकेधारामा ४ करोड र मुलपानीमा ५ करोड बराबरको दुई वटा घरहरू रहेका छन् ।

त्यसै गरी, बुबा रमेशकुमार पोखरेलको नाममा काठमाडौँको सुकेधारामा अढाइ करोड र मोरङको विराटनगरमा १ करोड मूल्य पर्ने जग्गा रहेको छ । ललितपुरको गोदावरी र काठमाडौँको गोकर्णेश्वरमा पनि मन्त्रीकी आमा र परिवारको नाममा करोडौँ मूल्यका जग्गाहरू रहेका छन् ।

विवरणमा गोदावरीमा रहेको एउटा कित्ता जग्गाको मात्रै अनुमानित मूल्य ५ करोड उल्लेख गरिएको छ। मन्त्री पोखरेलको परिवारसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको छ, जसको हालको बजार मूल्य करिब ७५ लाख रुपैयाँ अनुमान गरिएको छ । बैंक मौज्दातको कुरा गर्दा, मन्त्री सस्मितको नाममा सानिमा बैंक र एनआईसी एसिया बैंकमा गरी करिब ४ लाख ४७ हजार रुपैयाँ र ५ अमेरिकी डलर मात्र नगद रहेको देखिएको छ ।

पोखरेल परिवारले सेयर र सरकारी बचत पत्रमा पनि ठुलो लगानी गरेको पाइएको छ । बुबा रमेशकुमार र आमा मिनाक्षीको नाममा १ करोड ४७ लाख बराबरको राष्ट्रिय बचत पत्र रहेको छ । यस्तै, सानिमा क्यापिटल र अन्य कम्पनीहरूमा गरी करिब ३० लाख रुपैयाँको सेयर लगानी रहेको विवरणमा उल्लेख छ ।

यो सबै लगानीको स्रोत बुबाले नेपाल राष्ट्र बैंकबाट अवकास हुँदा पाएको रकम र पारिश्रमिकलाई देखाइएको छ । सवारी साधनतर्फ यो परिवारसँग दुई वटा महँगा इलेक्ट्रिक कारहरू रहेका छन् । बुबा रमेशकुमारको नाममा ७० लाख मूल्यको ‘किया निरो’ र मन्त्री सस्मितको नाममा ३९ लाख ६५ हजार मूल्यको ‘बीवाइडी डल्फिन’ कार रहेको छ ।

सम्पत्तिसँगै मन्त्री पोखरेलको परिवारमा ७५ लाख रुपैयाँ ऋण पनि देखिएको छ । मन्त्री सस्मितले गाडी किन्न हिमालयन बैंकबाट २५ लाख र उनकी आमाले माछापुच्छ्रे बैंकबाट ५० लाख ओभरड्राफ्ट ९इम्० कर्जा लिएका छन् । मन्त्री पोखरेलले बुझाएको विवरण अनुसार उनको परिवारको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रुपैयाँ रहेको छ ।

Advertisement

ऋण कटाउँदा उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रुपैयाँ कायम हुन्छ । विवरणमा उल्लेख गरिएका अधिकांश स्थिर र चल सम्पत्तिको मुख्य स्रोत बुबाको नेपाल राष्ट्र बैंकको जागिर, पारिश्रमिक, सुविधा र पैतृक सम्पत्तिलाई नै आधार मानिएको छ । विवरणमा मन्त्री पोखरेलको सम्पत्तिको सबैभन्दा ठुलो र मुख्य स्रोत उनका बुबा रमेशकुमार पोखरेलको जागिरलाई देखाइएको छ ।

भर्खरको समाचार

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top