ट्रम्प रोकिए तर रोकिएन इरान,एकाविहानै अमेरिकी बेसमा आक्रमण

१३ साउन , काठमाण्डौ ।

Advertisement

अमेरिकी राष्ट्रपतिले इरानमाथिका सबै आक्रमण रोकेपनि इरानले भने मध्यपूर्वका देशमा अमेरिकी सैन्य बेसलाई निशाना बनाउन छाडेको छैन । बुधबार बिहान सबेरै इरानले मध्यपूर्वमा रहेको अमेरिकी सेनाको एक सैन्य अड्डालाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले उक्त आक्रमणको पुष्टि गर्दै यसलाई ‘अचानक गरिएको हमला’ भनेको छ। यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता इरानविरुद्धको सैन्य अभियान रोक्ने निर्णय गरेपछि भएको पहिलो प्रत्यक्ष ब्यालिस्टिक मिसाइल आक्रमण हो।

Advertisement

सेन्टकमले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अमेरिकी समयअनुसार साँझ ५ः४५ बजे इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले इरानबाट अमेरिकी सैन्य अड्डातर्फ धेरै ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको छ।

अमेरिकी सेनाका अनुसार सबै मिसाइल सफलतापूर्वक अवरोध गरिएको छ र कुनै क्षति भएको छैन। प्रारम्भिक अनुमानअनुसार चारभन्दा बढी मिसाइल प्रहार गरिएको थिएन। यो घटना राष्ट्रपति ट्रम्पले अमेरिका र इरानबीच सकारात्मक वार्ता भइरहेको र इरानमाथिका आक्रमण रोकिएको घोषणा गरेको करिब एक दिनपछि भएको हो।

Advertisement

तर, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकेईले ट्रम्पको दाबी अस्वीकार गर्दै अमेरिका र इरानबीच हाल कुनै वार्ता नभइरहेको बताएका छन्। यस आक्रमणले ट्रम्प प्रशासनले अघि सारेको शान्ति प्रयासमा धक्का पुग्ने संकेत देखिएको छ।

साथै, विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने रणनीतिक होर्मुज जलडमरूमध्य सम्बन्धी विवाद पनि थप जटिल बन्ने देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता इरानले तेल ट्याङ्करमाथि आक्रमण गर्दै उक्त जलमार्गमा आवागमन प्रभावित बनाएको छ।

इरानले होर्मुज हुँदै गुड्ने जहाजहरूले आफ्नो अनुमति लिनुपर्ने र त्यसका लागि शुल्क तिर्नुपर्ने अडान राखेको छ। तर अमेरिकाले होर्मुज अन्तर्राष्ट्रिय जलमार्ग भएकाले कुनै एक देशको नियन्त्रणमा हुन नसक्ने बताउँदै आएको छ।

होर्मुज विवादकै कारण अप्रिलमा भएको अमेरिका–इरान युद्धविराम यसै महिनामा भंग भएको थियो। त्यसयता दुवै पक्षबीच लगातार दुई सातासम्म आक्रमण र प्रतिआक्रमण जारी रहेको छ।

उता इरानले आक्रमण जारी राख्दा इरानसँगको सम्झौताको विपक्षमा देखिएका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मंगलबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउमा भेटवार्ता गरेका छन्।

लगभग ९० मिनेट भेटपछि नेतन्याहु ह्वाइट हाउसबाट बाहिरिएका थिए। भेटपछि भिडिओ वक्तव्य जारी गर्दै नेतन्याहुले ट्रम्पसँगको आफ्नो भेट अहिलेसम्मकै उत्कृष्ट भेट भएको बताएका छन्।

यो पूर्ण सहयोग, पारस्परिक सहयोग र साझा समझदारीको बैठक थियो। हाम्रो साझा लक्ष्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु हो’, उनले भनेका छन् ‘यसका साथै इजरायलको सुरक्षा र भविष्यसँग सम्बन्धित अन्य धेरै महत्त्वपूर्ण विषयहरूमा पनि छलफल गरियो।’

यो बैठक दुवै नेताले आफ्ना–आफ्ना देशमा बढ्दो राजनीतिक दबाबको सामना गरिरहेका बेला हुन लागेको हो। इजरायली प्रधानमन्त्री नेतन्याहु पुनः निर्वाचनको तयारीमा छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चिसिँदै गएको सम्बन्धका कारण उनी थप दबाबमा परेका छन्।

यता ट्रम्पमाथि पनि नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि आर्थिक अस्थिरता र महँगी बढाएको युद्ध अन्त्य गर्न दबाब बढिरहेको छ। मंगलबार ट्रम्पले इजरायली नेताले पिकएक्स माउन्टेन मा भइरहेको इरानी गतिविधिसम्बन्धी गोप्य सूचनाबारे छलफल गर्ने तयारी गरेको भन्ने समाचारप्रति असन्तुष्टि जनाएका थिए।

पिकएक्स माउन्टेन इरानको सम्भावित आणविक स्थलका रूपमा हेरिन्छ, जसलाई लक्षित गर्दै ट्रम्पले यसअघि पटक–पटक बम आक्रमणको चेतावनी दिएका थिए। फक्स एन्ड फ्रेन्ड्ससँगको अन्तर्वार्तामा ट्रम्पले भने, “पिकएक्समा के भइरहेको छ भन्ने कुरा मलाई पूर्ण रूपमा थाहा छ।”

ह्वाइट हाउसका एक अधिकारीका अनुसार दुवै नेताबीच इजरायल–हिजबुल्लाह युद्ध, अमेरिका र इजरायलले लेबनानसँग गरेको रूपरेखा सम्झौता तथा अब्राहम सम्झौता विस्तार गर्ने विषयमा छलफल हुने तयारी छ।

सोमबार पत्रकारहरूले इरानको विषयमा आफू र नेतन्याहुको धारणा एउटै हो कि होइन भनेर सोध्दा ट्रम्पले “हाम्रा विचारमा केही फरक छ,” भन्ने प्रतिक्रिया दिएका थिए। उता नेतन्याहुले ट्रम्पसँगको भेटमा इरानबारे उनको वर्तमान धारणा र आगामी रणनीतिबारे स्पष्ट जानकारी लिन चाहेको बताएका छन्।

त्यसअघि मंगलबारै ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका थिए। जेलेन्स्कीले ह्वाइट हाउसमा ट्रम्पसँगको भेटमा प्याट्रियट वायु रक्षा प्रणालीका लागि इन्टरसेप्टर उत्पादनको इजाजतपत्र र अन्य धेरै महत्त्वपूर्ण प्रस्तावमा छलफल गरिएको बताएका छन्।

ट्रम्पसँग कूटनीतिक प्रयास पुनर्जीवित गर्नेबारे पनि छलफल गरिएको उनले बताए। साथै आगामी छलफल र सम्पर्कका लागि दुवै देशका टोलीबिच समन्वय गर्ने कुरा पनि भएको जेलेन्स्कीको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top