नोबेल मेडिकल कलेजमा मातृ तथा नवशिशु स्वास्थ्यसम्बन्धी बृहत् कार्यक्रम

१३ साउन ८३, बिहीबार

१४ साउन , काठमाण्डौ ।

Advertisement

मातृ तथा नवशिशु स्वास्थ्य सेवालाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यका साथ विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा सञ्चालित ३ दिने ‘अनसाइट कोचिङ तथा क्षमता अभिवृद्धि कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, मोरङको आयोजना तथा नोबेल मेडिकल कलेजको समन्वयमा असार ७ गतेदेखि सुरु भएको उक्त कार्यक्रम नोबेल अस्पतालको प्रसूति (म्याटरनिटी) केन्द्रमा सञ्चालन गरिएको थियो।

Advertisement

नेपालमा मातृ तथा शिशु मृत्युदर घटाउने राष्ट्रिय लक्ष्यलाई टेवा पुर्याउने अभिप्रायले आयोजना गरिएको यस कार्यक्रममा विशेषगरी प्रसूति सेवामा संलग्न चिकित्सक, नर्स, मिडवाइफ तथा अन्य स्वास्थ्यकर्मीहरूको बाक्लो सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य अस्पतालको प्रसूति वार्डमा कार्यरत जनशक्तिको प्राविधिक सीप निखार्नु, आकस्मिक अवस्थामा तत्काल र सही निर्णय लिन सक्ने क्षमता विकास गर्नु र आमा तथा नवजात शिशुको समग्र सुरक्षा सुनिश्चित गर्नु रहेको थियो।

Advertisement

सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासमा जोड तीन दिनसम्म सञ्चालन भएको यस आवासीय तथा ‘अनसाइट’ (कार्यस्थलमै गरिने) प्रशिक्षणमा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक अभ्यासलाई उच्च प्राथमिकता दिइएको थियो।

तालिममा सहभागी स्वास्थ्यकर्मीहरूलाई प्रसूति पूर्वको हेरचाह, सुरक्षित सुत्केरी गराउने आधुनिक र सुरक्षित विधिहरू, सुत्केरीपश्चात् आमा र शिशुमा हुनसक्ने सम्भावित जटिलताहरूको पहिचान र तिनको तत्काल व्यवस्थापनका विषयमा गहन प्रशिक्षण दिइएको थियो।

विशेषगरी नवजात शिशुमा श्वासप्रश्वासको समस्या, जन्मने बित्तिकै रुन नसक्ने शिशुको पुनर्जीवन, सुत्केरी अवस्थामा अत्यधिक रक्तश्राव हुने समस्याको रोकथाम तथा व्यवस्थापन, र संक्रमण नियन्त्रण जस्ता संवेदनशील विषयहरूमा विज्ञ प्रशिक्षकहरूद्वारा ‘ह्यान्ड्स–अन’ (प्रत्यक्ष अभ्याससहितको) तालिम प्रदान गरिएको थियो।

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका अस्पताल निर्देशकले अस्पतालले सधैँ गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको बताउँदै जिल्ला स्वास्थ्य कार्यालयसँगको यो सहकार्यले अस्पतालको मातृ तथा शिशु स्याहार केन्द्रको सुदृढीकरणमा ठूलो योगदान पुगेको स्पष्ट पारे , हाम्रा स्वास्थ्यकर्मीहरू चौबीसै घण्टा खटिरहन्छन ।

उनीहरुको सीपलाई समयसापेक्ष परिमार्जन गर्न र नवीनतम चिकित्सकीय अभ्यासहरूसँग अभ्यस्त गराउन यो ३ दिने कोचिङ अत्यन्तै फलदायी साबित भएको छ ,उनले भने ।कार्यक्रमले कोशी प्रदेशमा मातृ तथा नवशिशु सेवाको सुदृढीकरण, सुरक्षित प्रसूति सेवाको विस्तार र मातृ तथा शिशु मृत्युदर न्यूनीकरणको राष्ट्रिय लक्ष्य प्राप्तिमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

अन्त्यमा, आयोजक संस्था जिल्ला स्वास्थ्य कार्यालय, मोरङ तथा नोबेल अस्पताल प्रशासनले यस प्रभावकारी कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्ने सम्पूर्ण प्रशिक्षक, व्यवस्थापक, नोबेलका स्वास्थ्यकर्मी तथा सहभागीहरू सबैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

आगामी दिनहरूमा पनि यस्ता क्षमता अभिवृद्धि र सीप विकासका कार्यक्रमहरूलाई निरन्तरता दिइने अस्पतालले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top