×

NEPAL TIMES UPDATES

Playing
Passport Index कुन देशको पासपोर्ट पावरफुल ? सिंगापुर शीर्षमा|| Nepal Times
May 08, 2026
Playing
Top 15 Afternoon News || May-08-2026 || Nepal Times
May 08, 2026
Playing
प्रधान न्यायाधीश सिफारिसपछि सर्वाेच्चमा हलचल, वरीयता मिचियो भन्दै रिट|| Nepal Times
May 08, 2026
Playing
मृ*त्युद*ण्डको सजाय पाउने गरी चिनियाँ २ मन्त्रीले के गरे ?|| Nepal Times
May 08, 2026
Playing
कम परिमाण राखेर उपभोक्तालाई तेलमा ठ गेपछि || Nepal Times
May 08, 2026
Playing
यु द्ध रोक्ने सम्झौता नजिक पुग्दा होर्मुजमा Missile र Drone बर्सिए || Nepal Times
May 08, 2026
Playing
बालेनले शर्मालाई किन प्रधानन्यायाधीश सिफारिस गरे ? यस्तो छ कारण || Nepal Times
May 08, 2026
Playing
इटहरी, धरान र दमकलगायतका पालिकामा ’डोजर आ*तंक’ || Nepal Times
May 08, 2026
Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

२५ बैशाख २०८३

२५ वैशाख , काठमाण्डौ ।

प्रहरीले सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठलाई पक्राउ गरेको छ । कम तौलको तेल बिक्रीवितरण गरेको अभियोगमा तेल उत्पादक पक्राउ परेका छन्। पक्राउ परेका श्रेष्ठ छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक हुन्।

Advertisement
Advertisement

श्रेष्ठ संचालक रहेको सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी अनुसन्धानका क्रममा तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ओमकार आयल इन्डस्ट्रिज ललितपुरको गोदावरी नगरपालिका वडा नं. ५ लेलेमाबाट संचालक श्रेष्ठसँगै ९०५ कार्टुन तेलसमेत प्रहरीले बरामद गरेको छ ।पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले बताएको छ ।

बिहीबारदेखि उनी जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए। सूर्यमुखी (सन फ्लावर) खानेतेलको प्याकेजिङ गर्दा कम मात्रा राखेर बिक्री गरेको आरोपमा सञ्चालक श्रेष्ठलाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरी बिहीबार जिल्ला प्रहरी परिसरको जिम्मा लगाएको एसपी गौतमले बताए।

श्रेष्ठको कम्पनी ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित महादेव खोलामा छ। ‘ठगी मुद्दामा बिहीबार जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप गराई अनुसन्धान गरिरहेका छौँ’, एसपी गौतमले भनेका छन् । छहारी र ओमकार ब्रान्डका एक लिटर र आधा लिटरका सूर्यमुखी तेलका प्याकेटमा मापदण्डभन्दा कम मात्रा राखेर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको हो।

त्यस क्रममा तेलको प्याकेटमा कम तेल राखिएको फेला परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।सूर्यमुखी तेल मुख्य रूपमा सूर्यमुखीको बिउ (दानाबाट उत्पादन हुन्छ।यो तेल निकाल्न सूर्यमुखी बिउ प्रमुख कच्चा पदार्थ हो। नेपालमा यसको उत्पादन न्यून छ तर आयातित तेलको प्रशोधन र निर्यात बढ्दो छ।

सूर्यमुखीको दानामा ४५–५३% तेल हुन्छ जसलाई सुकाएर, बोक्रा छुट्याएर र प्रेसिङ गरेर निकालिन्छ। अन्य कुनै विशेष सामग्री चाहिँदैन तर व्यावसायिक उत्पादनमा ग्राइन्डिङ र फिल्टरिङ उपकरण प्रयोग हुन्छ। नेपालमा सूर्यमुखी बिउको खेती सीमित छ पछिल्लो तथ्यांकअनुसार १५६० हेक्टरमा १९२८ मेट्रिक टन उत्पादन भएको थियो। हाल पनि खेती घट्दो छ र ठूलो मात्रामा स्वदेशी तेल उत्पादन हुँदैन ।

यसैले मुख्यतः आयातित कच्चा तेल प्रशोधन हुने गर्दछ । नेपालमा सूर्यमुखी तेलको माग उच्च छ २०२१ मा ३० हजार मेट्रिक टन खपत भएको थियो जुन २०२६मा ३५ हजार पुग्ने प्रक्षेपण छ। चालु आ.व. २०८२÷८३ को ८ महिनामा ७.६७ करोड लिटर (१२ अर्ब मूल्य) आयात भएको छ ।

Advertisement
Advertisement

नेपाल सूर्यमुखी तेलमा आयातमा निर्भर छ । अर्जेन्टिना र युक्रेनबाट मुख्य गरी यो आयात हुन्छ। तर, आयातित तेल प्रशोधन गरी भारततर्फ निर्यात बढेको छ । २०८१÷८२ मा १२ अर्ब ३३ करोडको निर्यात भएको छ। यो स्वदेशी उत्पादन नभई रि–एक्सपोर्ट गरिएको हो ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

नेपालमै पहिलो टियर आईभी हाइपरस्केल डेटा सेन्टर बन्ने, विदेशी सर्भरमा निर्भरता हट्ने

IMG_6731.JPG_1

सम्बन्धित खबरहरु

Scroll to Top