ग्यासको हाहाकार ! आयात बढ्दा पनि किन पाइएन ग्यास ?

१४ साउन ८३, शुक्रबार

१५ साउन , काठमाण्डौ ।

Advertisement

काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरी क्षेत्रहरूमा अहिले खाना पकाउने एलपीजी ग्यासको चरम अभाव देखिएको छ । उपभोक्ताहरू एक सिलिन्डर ग्यास खरिदका लागि हप्तौँसम्म ग्यास डिपोका लामो लाइनमा बस्न र रित्तो सिलिन्डर बोकेर पसल–पसल भौतारिन बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

एकातिर बजारमा ग्यास नपाएर सर्वसाधारणले सास्ती व्यहोर्नुपरिरहेको छ भने अर्कोतिर इन्धनको एकाधिकार रहेको नेपाल आयल निगमले भने बजारमा ग्यासको कुनै अभाव नरहेको र आवश्यकताभन्दा बढी आयात भइरहेको दाबी गर्दै आएको छ ।

Advertisement

यो वर्तमान समस्याको जरा केही महिनाअघिको सरकारी निर्णयसँग जोडिएको छ। पश्चिम एसिया अर्थात् मध्यपूर्वमा चुलिएको भूराजनीतिक द्वन्द्व र युद्धका कारण ग्यास आपूर्ति गम्भीर रूपमा प्रभावित भएपछि नेपाल आयल निगम सञ्चालक समितिको बैठकले गत फागुन २९ गतेदेखि आधा सिलिन्डर अर्थात् ७.१ किलो मात्र ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको थियो।

आधा सिलिन्डर ग्यास वितरण गर्दा धेरैभन्दा धेरै उपभोक्ताले थोरै भए पनि ग्यास पाइरहेका थिए र बजारमा एक किसिमको व्यवस्थापन देखिएको थियो।तर, ग्यासको आयात केही सहज भएको महसुस गर्दै निगमले गत असार ३१ गतेदेखि पुनः साविककै १४.२ किलोको भरी सिलिन्डर वितरण गर्ने निर्णय ग¥यो।

Advertisement

यसरी लामो समयदेखि आधा सिलिन्डरको सास्ती खेपेका र अभावको मनोवैज्ञानिक त्रास बोकेका उपभोक्ताले भरी सिलिन्डर पाउन थालेपछि एकैपटक धेरै ग्यास खरिद गर्न थाले, जसले गर्दा आपूर्ति शृङ्खलामा अत्यधिक चाप सिर्जना भयो।

बजारमा ग्यास अभावको व्यापक गुनासो र विरोध बढेपछि नेपाल आयल निगमले एलपीजी ग्यासको आपूर्ति अवस्थाबारे औपचारिक रूपमा स्पष्टीकरण दिएको छ। निगमका एलपीजी तथा एभिएशन विभागका निर्देशक विनितमणि उपाध्यायका अनुसार हाल उपभोक्ताको मागभन्दा बढी नै ग्यास भारतबाट आयात भइरहेको छ।

निगमका अनुसार सामान्य अवस्थामा मासिक ३२ देखि ३४ हजार मेट्रिक टन ग्यास आयात हुने गरेकोमा हाल त्यसलाई उल्लेख्य रूपमा बढाएर ४८ देखि ४९ हजार मेट्रिक टन पु¥याइएको छ। बजारमा माग उच्च रहेको बेला आपूर्ति थप सहज बनाउन भारततर्फबाट नियमित रूपमा ग्यास बुलेट भित्र्याइएको निगमको दाबी छ।

सामान्य अवस्थामा दैनिक १ लाख ८ हजारदेखि १ लाख १० हजार सिलिन्डर बिक्री हुने गरेकोमा हाल बढेर दैनिक १ लाख ३० हजार सिलिन्डरसम्म बिक्री भइरहेको छ। निगमले अहिले दैनिक १०० बुलेटभन्दा बढी (हालै एकै दिन १४३ बुलेटसम्म) ग्यास नेपाल भित्रिरहेको दाबी गरेको छ ।

यद्यपि, आयात पर्याप्त रहेको दाबी गरिरहँदा वास्तविक उपभोक्तासम्म ग्यास सहज रूपमा नपुग्नुको मुख्य कारण ग्यासको चुस्त वितरण प्रणाली नहुनु र ’भूमिगत विक्रेता’हरूको बिगबिगी रहेको ग्यास विक्रेता महासंघका पूर्वअध्यक्ष चन्द्रबहादुर थापाको भनाई छ।

बजारमा आधिकारिक डिलरबाहेक किराना पसल, तरकारी पसललगायत अनुमति नपाएका अनधिकृत ठाउँहरूबाट समेत ग्यास बिक्री हुने गरेका कारण वास्तविक समस्या सिर्जना भएको थापाको भनाई छ।

नेपाल आयल निगमले आयात पर्याप्त रहेको दाबी गरिरहँदा वास्तविक उपभोक्तासम्म ग्यास सहज रूपमा नपुग्नुको मुख्य कारण ग्यासको चुस्त वितरण प्रणाली नहुनु र ’भूमिगत विक्रेता’हरूको बिगबिगी रहेको ग्यास व्यवसायीहरू बताउँछन्।

यस्ता अनधिकृत र भूमिगत डिलरहरूले ग्यासको नियमित वितरण प्रणालीलाई अस्तव्यस्त बनाइदिएका छन्। आधिकारिक रूपमा लाइनमा बसेका उपभोक्ताले ग्यास नपाउने तर त्यस्ता अनधिकृत माध्यममा महँगो मूल्यमा ग्यास पाइने प्रवृत्तिले कालोबजारीलाई प्रश्रय दिएको उनको भनाइ छ।

आधिकारिक डिलरबाहेक किराना पसल, तरकारी पसललगायत अनुमति नपाएका अनधिकृत ठाउँबाट ग्यास बिक्री हुने गरेकाले वितरण प्रणाली अस्तव्यस्त बनेको उनको भनाइ छ।

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी अनिल किराँतीले एउटै घरमा आवश्यकताभन्दा बढी अर्थात् ३ देखि ४ वटासम्म सिलिन्डर सञ्चित गर्ने प्रवृत्ति का कारण कृत्रिम अभाव महसुस भएको बताएका छन्।

यसरी हुने अनावश्यक होर्डिङका कारण एउटा मात्र सिलिन्डरमा निर्भर रहने साना उपभोक्ता, विद्यार्थी र डेरावालहरू सबैभन्दा बढी मारमा परेका छन्।

विभागले बजारमा कालोबजारी वा ग्यास लुकाउने गरेको पाइएमा तत्काल कडा कारबाही गरिने चेतावनी दिँदै उपभोक्ताहरूलाई अनावश्यक रूपमा ग्यास नथुपार्न र ढुक्क हुन आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top