×

NEPAL TIMES UPDATES

Playing
मधेसमा फोहोरी खेल ःराज्यमन्त्री थप्ने र सरकार ढाल्ने प्रवृत्ति|| Nepal Times
May 08, 2026
Playing
Passport Index कुन देशको पासपोर्ट पावरफुल ? सिंगापुर शीर्षमा|| Nepal Times
May 08, 2026
Playing
Top 15 Afternoon News || May-08-2026 || Nepal Times
May 08, 2026
Playing
प्रधान न्यायाधीश सिफारिसपछि सर्वाेच्चमा हलचल, वरीयता मिचियो भन्दै रिट|| Nepal Times
May 08, 2026
Playing
मृ*त्युद*ण्डको सजाय पाउने गरी चिनियाँ २ मन्त्रीले के गरे ?|| Nepal Times
May 08, 2026
Playing
कम परिमाण राखेर उपभोक्तालाई तेलमा ठ गेपछि || Nepal Times
May 08, 2026
Playing
यु द्ध रोक्ने सम्झौता नजिक पुग्दा होर्मुजमा Missile र Drone बर्सिए || Nepal Times
May 08, 2026
Playing
बालेनले शर्मालाई किन प्रधानन्यायाधीश सिफारिस गरे ? यस्तो छ कारण || Nepal Times
May 08, 2026
Playing
इटहरी, धरान र दमकलगायतका पालिकामा ’डोजर आ*तंक’ || Nepal Times
May 08, 2026
Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

२५ बैशाख २०८३

२५ वैशाख , काठमाण्डौ ।

नेपालमा ठूलो उत्साह र महत्वका साथ घोषणा गरिने अधिकांश पूर्वाधार आयोजना अन्तत आर्थिक अव्यवस्था, प्रशासनिक ढिलासुस्ती र राजनीतिक अस्पष्टताको शिकार बन्ने गरेका छन् । त्यसकै एक उदाहरण हो , चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ।

Advertisement
Advertisement

धुमुर्स सुन्तली फाउन्डेसनले यसको निर्माण सुरु गरेपनि अहिले राज्यकै मातहतमा आएको यो आयोजना फेरि आर्थिक संकटको चपेटामा परेको छ । निर्माण कम्पनीलाई पाँच महिनादेखि करिब १० करोड रुपैयाँ भुक्तानी हुन नसक्दा काम ठप्प भएको छ ।

वैशाख १५ देखि निर्माण रोकिएको अवस्थामा अब बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच भएको नयाँ सहमतिपछि मात्रै रंगशालाको भविष्य अघि बढ्ने संकेत देखिएको छ। नेपाली क्रिकेटको भविष्यसँग जोडिएको, अन्तर्राष्ट्रिय स्तरको खेल पूर्वाधारका रूपमा प्रचार गरिएको यो परियोजना अहिले बजेट अभाव र भुक्तानी विवादका कारण ठप्प अवस्थामा पुगेको छ ।

निर्माण कम्पनीले लामो समयदेखि भुक्तानी नपाएको भन्दै काम रोक्ने निर्णय गरेपछि राष्ट्रिय महत्वको आयोजना अलपत्र अवस्थामा छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको यो रंगशालाबाट नेपाली क्रिकेटको दीर्घकालीन आधार तयार गर्ने उद्देश्य राखिएको छ ।

तर, आयोजना सुरु भएदेखि नै आर्थिक स्रोत सुनिश्चितता, प्रशासनिक समन्वय र दीर्घकालीन सञ्चालन मोडेलबारे स्पष्ट खाका नबनाइएकाले अहिलेको अवस्था सिर्जना भएको देखिन्छ । निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभी ले पटक–पटक भुक्तानी माग गर्दा पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएपछि वैशाख १५ देखि निर्माण कार्य स्थगित गरेको जनाएको छ ।

कम्पनीका अनुसार निर्माण सामग्रीको मूल्यवृद्धि, ढुवानी समस्या र बजारमा सामग्री अभावका बीच पनि कामलाई निरन्तरता दिइएको थियो, तर पाँच महिनादेखिको करिब १० करोड रुपैयाँ भुक्तानी रोकिँदा निर्माणलाई रोकिएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच रंगशालाबाट भविष्यमा प्राप्त हुने आम्दानी कसरी बाँड्ने भन्ने सहमति लामो समयसम्म नबन्दा प्रदेश सरकारले बजेट निकासा गर्न ढिलाइ गरेको देखिन्छ ।

तर वैशाख २२ मा भएको सहमतिअनुसार रंगशालाबाट हुने आम्दानीको ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत महानगरपालिकाले प्राप्त गर्ने समझदारी बनेपछि अब भुक्तानी प्रक्रिया अघि बढाउने सहमति भएको छ । रंगशालामा अहिलेसम्म भूमिगत विद्युत प्रणाली जडान गर्ने काम सम्पन्न भइसकेको छ ।

दुवै भीआईपी टावरमा विद्युत संरचनाको काम सकिएको बताइएको छ भने आवश्यक जेनेरेटरसमेत स्थलमा आइसकेको छ । मैदानको ड्रेनेज प्रणालीका लागि आवश्यक पाइपहरू जडानको तयारीमा छन् । प्याराफिटका अधिकांश ब्लक निर्माण भइसकेका छन् भने भीआईपी टावरको मुख्य संरचना तयार भएर अन्तिम फिनिसिङको काम बाँकी रहेको जनाइएको छ ।

२०८१ असार २३ मा भएको सम्झौताअनुसार ७८ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । ३० महिनाभित्र निर्माण सक्ने योजनाअनुसार अब समयसीमा सकिन धेरै बाँकी छैन ।

Advertisement
Advertisement

पहिलो चरणमा १५ हजार दर्शक क्षमताको प्याराफिट, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मैदान र पिच, दुई वटा भीआईपी टावर तथा स्कोरबोर्ड निर्माण गर्ने योजना तय गरिएको थियो । तर सम्झौतामै फ्लडलाइट र दर्शकका लागि स्थायी कुर्सी समावेश गरिएको छैन्

भर्खरको समाचार

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

नेपालमै पहिलो टियर आईभी हाइपरस्केल डेटा सेन्टर बन्ने, विदेशी सर्भरमा निर्भरता हट्ने

IMG_6731.JPG_1

सम्बन्धित खबरहरु

Scroll to Top