नेपाल टाइम्सको राजनीतिक सम्पादकमा पत्रकार मिलन बिछोड

१४ साउन ८३, शुक्रबार
१५ साउन, काठमाण्डौ ।
 
नेपाल टाइम्सको राजनीतिक सम्पादकमा मिलन बुढाथोकी (मिलन बिछोड) नियुक्त भएका छन् ।
Image
नेपाल टाइम्स मिडिया प्रा.लि. सञ्चालक समितिको बैठकले बुढाथोकीलाई राजनीतिक सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
Image
विगत १५ वर्षदेखि नेपालको पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार बुढाथोकीलाई काठमाडौंको बालुवाटारस्थित नेपाल टाइम्सको कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाल टाइम्सका संस्थापक प्रवन्ध निर्देशक (अब्दुल खत्ताब) सैहैन्शा सिद्धिकी लगायतको टोलीले स्वागत गर्याे ।
Image
सो अवसरमा बुढाथोकीको लामो पत्रकारिता अनुभव, व्यवसायिक योगदान तथा सञ्चार क्षेत्रप्रतिको समर्पणको उच्च प्रशंसा गरिएको थियो ।
Image
संस्थापक प्रवन्ध निर्देशक सैहैन्शाले बिछोडको अनुभव र दक्षताले संस्थाको समाचार उत्पादन, सम्पादकीय क्षमता तथा गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
Image
यस्तै बिछोडले पनि नेपाल टाइम्समार्फत निष्पक्ष, विश्वसनीय र जनमुखी पत्रकारितालाई अझ सशक्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पत्रकार बिछोडले आफ्नो पत्रकारिता यात्रामा एरिना टेलिभिजन, मकालु टेलिभिजन, एभिन्युज टेलिभिजन, एपीवान टेलिभिजन कोशी ब्युरो प्रमुख, अन्नपूर्ण पोस्ट, ग्यालेक्सी फोके टेलिभिजन काठमाडौं, तथा पछिल्लो समय शिलापत्र अनलाइनमा   राजनीतिक ब्यूरो प्रमुखका रुपमा आफ्नो जिम्मेवारी सम्हालिसकेको अनुभव छ ।
Image
मिलनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तथा पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।  १५ वर्षको सफल पत्रकारिता यात्रापछि नेपाल टाइम्समा सुरु भएको मिलन बिछोडको नयाँ अध्याय सफल र उपलब्धिमूलक रहने विश्वास व्यक्त गरिएको छ ।
यस्तै विछोडसँगै सिनियर समाचारवाचकका रुपमा संगीता कटवाललाई समेत नेपाल टाइम्समा स्वागत गरिएको छ । कटुवाल यसअघि  बिजनेस प्लस , माउन्टेन टेलिभिजन , प्राइम टेलिभिजन लगायतका संचारसंस्थामा आवद्ध रहि पत्रकारितामा सक्रिय रहेकी थिइन ।
May be an image of one or more people, newsroom and text that says 'THINK GLOBAL WATCH NepalTimes Times North America Europe Attantic Ccean nt nt puaitic ceat Atrica South America Indian Ocean AIHAIM unding times fed mes souther.'
नेपाल टाइम्स विगत ९ वर्षदेखि सत्य, तथ्य र निष्पक्ष पत्रकारितामार्फत जनताका मुद्दालाई प्राथमिकतामा राख्दै अनलाइन पोर्टल तथा अनलाइन टेलिभिजनबाट समाचार सम्प्रेषण गर्दै आएको देशकै अग्रणी अनलाइन टेलिभिजन सञ्चार संस्था हो ।
 
 
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top