×

NEPAL TIMES UPDATES

Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026

पर्वतको महाशिला गाउँपालिकाको ‘शून्य बेरुजु’, देशभरका स्थानीय तहमध्ये उत्कृष्ट तीनमा

५ जेष्ठ २०८३

५ जेठ , काठमाण्डौ ।

पर्वतको महाशिला गाउँपालिकाको ‘शून्य बेरुजु’, देशभरका स्थानीय तहमध्ये उत्कृष्ट तीनमा नेपालका अधिकांश स्थानीय तहमा बेरुजुको चाङ बढिरहेको भन्दै आलोचना भइरहेका बेला पर्वतको महाशिला गाउँपालिकाले भने आर्थिक वर्ष २०८१÷८२ मा शून्य बेरुजु कायम गर्दै वित्तीय सुशासनमा ऐतिहासिक नतिजा हासिल गरेको छ ।

Advertisement
Advertisement

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले गाउँपालिकाको बेरुजु शून्य देखाएसँगै यस गाउँपालिकाले आर्थिक अनुशासनमा नयाँ मानक स्थापित गरेको हो ।

गत शुक्रबार जेठ १ गते राष्ट्रपतिसमक्ष पेस भएको महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार, महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को आय तथा व्ययतर्फको कुल ८१ करोड ८४ लाख ६३ हजार रुपैयाँको लेखापरीक्षण गराएको थियो ।

उक्त कारोबार र सञ्चालनमा एक रुपैयाँ पनि बेरुजु देखिएको छैन् । महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले यस सफलतापछि एक विशेष ‘धन्यवाद पत्र’ जारी गर्दै सरोकारवाला सबैप्रति आभार प्रकट गरेका छन् ।

उनले पत्रमा शून्य बेरुजु कायम गर्ने गरी काम गर्न मार्गदर्शन प्रदान गर्ने गाउँसभाका सदस्यहरू, गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुषाल, उपाध्यक्ष धनसुबा विक गाउँकार्यपालिकाका सम्पूर्ण सदस्यहरू तथा राष्ट्रसेवक कर्मचारीहरूको इमानदारिताको उच्च प्रशंसा गरेका छन् ।

भौगोलिक विकटता, कर्मचारीको अभावका बावजुत पनि “आर्थिक अनुशासनको पूर्ण पालनाः बेरुजु शून्य महाशिला गाउँपालिका“ भन्ने नारासहित अघि बढेको यस गाउँपालिकाको यो सफलताले देशभरका अन्य स्थानीय तहलाई पनि वित्तीय पारदर्शिता, कानुनको पालना र सुशासन कायम गर्न गतिलो सन्देश र प्रेरणा दिएको सरोकारवालाहरुले बताएका छन् ।

Advertisement

महालेखापरीक्षकको ६३औँ प्रतिवेदन अनुसार, लेखापरीक्षण सम्पन्न भएका कुल ७२१ स्थानीय तहहरूमध्ये देशभरबाट जम्मा तीनवटा स्थानीय तहले मात्रै शून्य बेरुजु कायम गर्न सफल भएका छन् । जसमा पर्वतको महाशिला गाउँपालिका सहित काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका र गुल्मीको धुर्कोट गाउँपालिका रहेका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top