×

NEPAL TIMES UPDATES

Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026

भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ?

६ जेष्ठ २०८३

६ जेठ,काठमाण्डौ।

नेपालको प्रमुख निर्यात वस्तु चिया हाल भारतीय बजारमा लामो समयदेखि अवरोधको सामना गरिरहेको छ । परीक्षण र नमूना जाँचका नाममा देखिएको ढिलाइले निर्यात २० दिनभन्दा बढी समयदेखि प्रभावित भएको छ । यसका कारण उद्योग, किसान र श्रमिक सबैलाई प्रत्यक्ष असर पारेको छ ।

Advertisement
Advertisement

वार्षिक अर्बौं रुपैयाँ विदेशी मुद्रा भित्र्याउने यस क्षेत्रको संकट अब व्यापारिक समस्या मात्र नभई कूटनीतिक संवेदनशीलताको विषय बनेको विश्लेषण गर्न थालिएको छ । यसबीच नेपाल–भारत सम्बन्धमा विभिन्न राजनीतिक र प्रशासनिक असमझदारीहरू पनि सतहमा आएका छन् ।

सीमामा कडाइ, कर प्रणालीमा कडाइ, उच्चस्तरीय भ्रमणमा ढिलाइ जस्ता घटनाले द्विपक्षीय सम्बन्धमा चिसोपन देखिएको विश्लेषण भइरहेको छ । यस्तो अवस्थामा चिया निर्यातमा देखिएको अवरोधलाई उद्योगीहरूले नेपालमाथिको अघोषित दबाबका रूपमा समेत व्याख्या गर्न थालेका छन् ।

भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प भएको छ। भारतको यो नीतिगत कडाइका कारण वार्षिक रु पाँचदेखि छ अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो सङ्कटमा परेको व्यवसायीहरूले बताएका छन्।

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गत वैशाख १८ गतेदेखि लागू हुने गरी नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)’ जारी गरेको हो । नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झञ्झट थपेको छ।

“चिया निर्यातको यो मुख्य याम हो । अहिले करिब पाँच लाख किलोग्राम चिया निर्यातका लागि तयारी अवस्थामा छ”, अध्यक्ष पराजुलीले भने, “तर भारतीय पक्षको नयाँ र कडा प्रावधानका कारण कुनै पनि व्यवसायीले चिया भारततर्फ लैजाने आँट गर्न सकेका छैनन्। दुई सातादेखि एक पोका चिया पनि निर्यात हुन सकेको छैन।”

यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि सोही प्रमाणपत्रका आधारमा १५ दिनसम्म १० ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो। तर, नयाँ नियमअनुसार काँकडभिट्टा नाकाबाट भारतीय सीमावर्ती पानीट्ङ्की भन्सार प्रवेश गर्ने वित्तिकै प्रत्येक ट्रकको चियाको नमुना अनिवार्य रूपमा भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनुपर्ने भएको छ।

प्रतिट्रक नमूना परीक्षणका लागि रु १८ हजार शुल्क तिर्नुपर्नेछ भने त्यसको प्रतिवेदन आउन कम्तीमा १४ दिन लाग्ने बताइएको छ। भारतीय प्रयोगशालाले १४ दिनभित्र अनलाइन प्रणालीमा रिपोर्ट प्रविष्ट गर्ने र यदि परीक्षण असफल भएमा उक्त चियालाई भारतीय बजारमा बेच्न वा अन्य देशमा पठाउनसमेत नदिई जफत गरिने कडा प्रावधान राखिएको छ।

भारतीय टि बोर्डले पश्चिम बंगालका चिया व्यापारीहरूलाई नेपालबाट कुनै पनि माध्यमबाट चिया नल्याउन निर्देशन दिँदै यदि अटेरी गरे सबैको गोदामबाटै नमूना संकलन गर्ने र प्रयोगशाला परीक्षणका लागि पठाउने चेतावनी दिएको छ। प्रयोगशाला परीक्षणमा पठाउने चेतावनी दिएर टि बोर्डले त्यहाँका व्यापारीमाथि झन्झट थोपर्ने धम्की दिएको चिया उद्योगीहरू बताउँछन्, जुन झन्झट अहिले नेपाली पक्षले झेलिरहेको छ।

मे १ देखि भारतीय टि बोर्डले नेपालबाट भारततिर चिया बोकेर जाने प्रत्येक गाडीबाट चियाको नमूना संकलन गर्ने नियम लगाएपछि नेपाली व्यापारीले चिया पठाएका छैनन्। झापाबाट चिया लोड गरेर पानीट्यांकी पुगेको ४ दिनपछि भारतीय टि बोर्डका कर्मचारीले अघिल्लो सोमबार उक्त चियाको नमूना संकलन गरेका थिए।

प्रयोगशाला पठाउन नमूना संकलन भएको पनि बुधबार १० दिन पूरा भएको छ भने चिया भारत पुगेको १४ दिन बितिसकेको छ। यतिका समयसम्म पनि कोलकातास्थित प्रयोगशालाबाट परीक्षण रिपोर्ट भने आएको छैन। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनाल यसअघि पनि देखिने चियाको अवरोध र यसपटकको अवरोधमा केही फरक देखिएको बताउँछन्।

यति लामो अवधि यसअघि चिया नरोकिएको उनको भनाइ छ । फेब्रुअरी १० को निर्देशिकामा भारतीय संसदीय समितिको निर्देशन अनुसार वाणिज्य मन्त्रालयले टि बोर्डलाई निर्देशन दिएको र सोही निर्देशन टि बोर्डले कार्यान्वयनमा ल्याएपछि नेपाली चिया निर्यात ठप्प भएको हो । यस कारण पनि अब चिया खुलाउन उच्च राजनीतिक तहबाटै संवाद हुनुपर्ने व्यवसायीहरू बताउँछन्।

नेपालमा अहिले साना ठूला गरी १२० हाराहारी चिया उद्योग छन्। त्यस्तै, १०० भन्दा बढी साना–मझौला उद्यमी सक्रिय छन्, जहाँ किसान र श्रमिक गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० देखि ६० हजार मानिसले रोजगारी पाएका छन्। अघिल्लो वर्ष मात्रै सिटिसी र अर्थोडक्स गरी कुल ४ अर्ब ७५ करोड रूपैयाँ बराबरको चिया निर्यात भएको थियो। नेपाली चिया रोकेको भारतले आन्तरिक खपतका बहाना बनाउदै नेपाल लगायतका देशमा चिनी निर्यातमा समेत रोक लगाइसकेको छ ।

यद्यपि युरोप , अमेरिका र जी २ जी सम्झौता भएका देशहरुलाई रोकिएको छैन् । विश्लेषकहरुले अहिले अनिवार्य परीक्षणका नाममा चिया रोकेर भारतले नेपालले नाकामा कार्यान्यन गरेको एक सय रुपैया माथिको भारतीय सामानमा अनिवार्य कर लगाउने निर्णय र अतिक्रमित नेपाली भूभागमाथि राखेको प्रष्ट अडानलाई कारण मानेका छन् ।

Advertisement
Advertisement

यस घटनालाई भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगनलाई समेत जोडेर हेरिएको छ । प्रधानमन्त्री बालेनसँग भेट तय नभएपछि भारतीय विदेश सचिवको नेपालका लागि तय भएको भ्रमण अन्तिम समयमा स्थगित भएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top