ओलीसँग भेट्दै कोशीका मुख्यमन्त्री कार्कीसहित शीर्ष नेता

१८ साउन ८३, मंगलबार

काठमाडौं, साउन १९ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको विवाद समाधानका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित प्रदेशका शीर्ष नेताहरूलाई काठमाडौं बोलाएका छन्। ओली सचिवालयका अनुसार मुख्यमन्त्री कार्की आज दिउँसो ३ बजे भक्तपुरको गुण्डुस्थित ओली निवास पुग्नेछन्।

Advertisement

मुख्यमन्त्री कार्कीसँगै एमाले कोशी प्रदेश कमिटीका इन्चार्ज शेरधन राई र अध्यक्ष घनश्याम खतिवडालाई पनि छलफलका लागि बोलाइएको छ।यसअघि राईले मुख्यमन्त्री कार्कीको स्थानमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने प्रयास गरेका थिए। तर उक्त प्रयास सफल हुन सकेन। बरु त्यसले पार्टीभित्रको विवादलाई केन्द्रसम्मै पुर्‍याएको थियो। अहिले भने संवादमार्फत निकास खोज्ने उद्देश्यले ओलीले कोशीका यी तीन शीर्ष नेतासँग छलफल गर्न लागेका हुन्।

ओलीले नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तयारी गरेको सचिवालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top