८ जेठ , काठमाण्डौ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले यसै साता वैवाहिक बन्धनमा बाँधिने तयारी गरेका छन्। उनले आफ्नी प्रेमिका बेटिना एन्डरसनसँग बहमासको एउटा सानो टापुमा विवाह गर्न लागेका हुन्।यो विवाह समारोह एकदमै निजी र घरायसी हुने , जहाँ सीमित पाहुनालाई मात्र निमन्त्रणा गरिएकाले विवाहमा ५० जनाभन्दा कम मानिस सहभागी हुने बताइएको छ।
तर, समारोहमा सहभागी नहुने सम्भावना रहेका प्रमुख व्यक्तिमा बेहुलाका पिता अर्थात् राष्ट्रपति ट्रम्पको पनि नाम आएपछि यसप्रति चासो बढेको छ । यो पारिवारिक समारोहमा ट्रम्प अनुपस्थित हुन सक्ने सम्भावना रहेको खबर अन्तराष्ट्रिय सञ्चारमाध्महरुले उल्लेख गरिरहेका छन। ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफू विवाहमा जाने वा नजानेबारे स्पष्ट जवाफ दिएका छैनन्।
उनले भनेका छन , “छोराले म आओस् भन्ने त चाहेको छ, तर यो एकदमै सानो र निजी कार्यक्रम हो। म भ्याएसम्म जाने प्रयास गर्नेछु।“ वर्तमान अन्तर्राष्ट्रिय परिस्थितितर्फ सङ्केत गर्दै उनले इरान र अन्य विषयका कारण अहिलेको समय आफ्नो लागि सहज नभएको बताएका थिए । इरानसँगको तनाव लगायतका अन्तर्राष्ट्रिय परिस्थितिका कारण अहिले आफ्नो कार्यतालिका व्यस्त र चुनौतीपूर्ण रहेको ट्रम्पको भनाइ थियो।
वैवाहिक कार्यक्रमलाई पूर्ण रूपमा गोप्य र सुरक्षित राख्न ट्रम्प जुनियर र बेटिना एन्डरसनले विवाहसम्बन्धी विवरण सञ्चारमाध्यममा ल्याउन चाहेका थिएनन्। राष्ट्रपति ट्रम्प समारोहमा सहभागी हुँदा हुने कडा सुरक्षा व्यवस्थाबाट पाहुनाहरूलाई जोगाउन पनि यस्तो योजना बनाइएको बताइएको छ ।
ट्रम्पको सार्वजनिक समय तालिकामा उनी बिहेमा जाने कुरा उल्लेख छैन । ट्रम्प नगए पनि उनका अन्य छोराछोरी भने भने बिहेमा उपस्थित हुने अपेक्षा गरिएको छ । त्यसोत यो ट्रम्प जुनियरको दोस्रो विवाह हो । यसअघि उनले भेनेसा ट्रम्पसँग १२ वर्ष वैवाहिक जीवन बिताएका थिए ।
सन् २००५ मा विवाह बन्धनमा बाँधिएको यो जोडी १२ वर्ष लामो वैवाहिक जीवनपछिसन् २०१८ मा आएर औपचारिक रूपमा टुङ्गिएको थियो। सन् २०१८ मा उनीहरूको सम्बन्धविच्छेद भएको थियो।त्यसपछि सन् २०२० मा उनले क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमकी पूर्वपत्नी किम्बर्ली गिलफोयलसँग इन्गेजमेन्ट गरेका थिए।
तर यो इन्गेजमेन्ट सन् २०२४ मा टुट्यो । गिलफोयल हाल ग्रिसका लागि अमेरिकी राजदूत छिन्। उनीहरूको डिभोर्सको खबरले त्यतिबेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा निकै चर्चा पाएको थियो। भेनेसासँगको सम्बन्धविच्छेद पछि मात्र ट्रम्प जुनियरको जीवनमा नयाँ सम्बन्धहरूको सुरुवात भएको देखिन्छ।
भेनेसासँग छुट्टिएको केही समयपछि ट्रम्प जुनियरको निकटता किम्बर्ली गिलफोयलसँग बढ्यो। गिलफोयल क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमकी पूर्वपत्नी हुन्। लामो समयको प्रेम सम्बन्धपछि सन् २०२० मा उनीहरूले इन्गेजमेन्ट समेत गरेका थिए। डोनाल्ड ट्रम्पको राजनीतिक अभियान र विभिन्न सार्वजनिक कार्यक्रमहरूमा यो जोडीलाई सँगै सक्रिय रूपमा देखिने गरिन्थ्यो।
तर, चार वर्ष लामो इन्गेजमेन्टको सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गर्न सकेनन् र सन् २०२४ मा आपसी सहमतिमा यो सम्बन्ध पनि टुट्न पुग्यो। ट्रम्प जुनियरसँग अलग भए पनि गिलफोयल राजनीतिक र कूटनीतिक वृत्तमा सक्रिय छिन् र हाल उनी ग्रिसका लागि अमेरिकी राजदूतको रूपमा कार्यरत छिन्।
त्यही उतारचढावपूर्ण पृष्ठभूमि पछि ट्रम्प जुनियरको जीवनमा बेटिना एन्डरसनको प्रवेश भएको हो। गिलफोयलसँगको सम्बन्ध टुटेको दुई वर्षपछि अर्थात् यसै सप्ताहन्तमा उनी बेटिनासँग नयाँ जीवनको सुरुवात गर्दैछन्। विगतका सम्बन्धहरू मिडियामा निकै उछालिएका कारण पनि ट्रम्प जुनियर र बेटिनाले आफ्नो यो विवाहलाई बहमासको एक एकान्त टापुमा, सञ्चारमाध्यम र सार्वजनिक आँखाभन्दा टाढा राखेर एकदमै निजी रूपमा सम्पन्न गर्न लागेका हुन्।
डोनाल्ड ट्रम्प जूनियर अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पका जेठा सन्तान हुन्। उनी ट्रम्पका तीन पत्नीबाट जन्मेका पाँच सन्तानमध्ये सबैभन्दा ठूलो छोरा हुन्। ट्रम्पका पाँच सन्तानहरू छन् । डोनाल्ड ट्रम्प जूनियर, इवांका ट्रम्प, एरिक ट्रम्प पहिलो विवाह इवाना ट्रम्पका सन्तान हुन् ।
टिफÞनी ट्रम्प दोस्रो पत्नी मार्ला मेपल्सकी सन्तान हुन् । बैरन ट्रम्प भने तेस्रो पत्नी मेलानिया ट्रम्पबाटका सन्तान हुन् । पहिलो पत्नी इवाना ट्रम्प १९७०–१९९२ सम्म वैवाहिक सम्बन्धमा रहिन । यस सम्बन्धबाट डोनाल्ड जूनियर १९७७, इवांका १९८१ र एरिक १९८४ जन्मिए। इवाना व्यवसायी र मोडल तथा ट्रम्प संगठनसँग निकट थिइन ।
दोस्रो पत्नी मार्ला मेपल्ससँग १९९३–१९९९ सम्म उनको वैवाहिक सम्बन्ध कायम रह्यो । यस सम्बन्धबाट छोरी टिफÞनी १९९३ जन्मिइन्। मार्लाले मनोरञ्जन र टेलिभिजन क्षेत्रमा काम गरेकी थिइन । तेस्रो पत्नी मेलानिया ट्रम्पसँग २००५ मा ट्रम्पको विवाह भएको थियो । मेलानियाबाट छोरा बैरन २००६ जन्मिएका थिए । मेलानिया मोडल हुन् ।
ट्रम्प परिवार सार्वजनिक रूपमा धेरै सक्रिय र राजनीतिक रूपमा अगाडि रहेका छन् । छोराछोरीहरूले व्यापार, मिडिया र राजनीतिमा भूमिकाहरू निभाएका छन्। डोनाल्ड ट्रम्प जुनियरले पिताको चुनावी अभियान र व्यापारिक गतिविधिमा सक्रिय भुमिका खेलेका छन् र प्रायः सार्वजनिक वक्तव्य र मिडिया गतिविधिमा देखिन्छन्।
इवांका ट्रम्पले पनि पिताको प्रशासनमा सल्लाहकारको रूपमा काम गरेकी छन् । उनी व्यवसायमा पनि सक्रिय छिन् । एरिक पनि व्यापार र परिवारिक कम्पनीमा संलग्न छन् । ट्रम्पका नाति–नातिनी पनि रहेका छन् ।



