×

NEPAL TIMES UPDATES

Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026

भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?

८ जेष्ठ २०८३

८ जेठ , काठमाण्डौ ।

कुनै पनि सत्ता ढाल्नका लागि अब विगतको जस्तै दशकौँ वर्ष संघर्ष गर्नु पर्दैन भन्ने पछिल्लो प्रमाण नेपालको जेनजी विद्रोहले दिइसकेको छ । श्रीलंका, बंगलादेश हुँदै नेपाल आइपुगेको नयाँ खाले क्रान्ति मिल्दोजुल्दो नै थियो । तर केही दिनयता छिमेकी भारतमा देखिएको अर्को एउटा अनौठो तर सत्ताशक्तिहरूलाई झस्काउने कक्रोच क्रान्तिले कुन बाटो तय गर्छ, त्यो हेर्नका लागि केही समय कुर्नै पर्ने हुन्छ ।

Advertisement
Advertisement

भारतमा सुरु भएको यो नयाँ क्रान्तिले कतै नेपालको जेनजी विद्रोहको रूप त लिने होइन भन्ने आशंका बढ्न थालेको छ । भदौ २३ र २४ गते नेपालमा भएको ‘जेनजी विद्रोह’ लाई सायद कसैले पनि सुरुमा गम्भीर रूपमा आंकलन गर्न सकेको थिएन । दुई दिनसम्म सडकमा उत्रिएको युवाको आक्रोशले केवल सरकार परिवर्तन मात्र गरेन, नेपालकै राजनीतिक दिशा बदलिदियो ।

दशकौँदेखि सत्तामा बसेका राजनीतिक शक्तिहरूप्रति जमेको वितृष्णा, बेरोजगारी, वैदेशिक पलायन र अवसरहीनताको पीडाले विस्फोटको रूप लिँदा त्यसले सिंहदरबारदेखि विश्व समुदायसम्मलाई चकित बनायो । लामो समयसम्म राज्य सञ्चालन गर्नेहरूले जनताका आधारभूत चाहना पूरा गर्न सकेनन् ।

शिक्षित युवाहरूले आफ्नै देशमा अवसर पाएनन्। पेट पाल्नकै लागि लाखौँ युवाले खाडी र मलेसियाको गर्मीमा पसिना बगाउनुप¥यो । देशभित्र सपना मर्न थालेपछि विद्रोह जन्मिन्छ, इतिहासको यही पुरानो सत्य नेपालमा फेरि दोहोरियो । दुई दिने आन्दोलनले जन्माएको राजनीतिक कम्पनलाई फागुन २१ गतेको निर्वाचनले वैधता दियो ।

पुराना दलहरूको विरुद्ध जनमत उभियो । नयाँ अनुहार, नयाँ भाषा र ‘पुरानो व्यवस्था तोड्ने’ वाचा लिएर आएको पुस्ताले सत्ता हात पा¥यो। नेपालको यो घटनाक्रमलाई धेरैले ‘डिजिटल पुस्ताको राजनीतिक विद्रोह’ भने । तर अहिले केही यस्तै संकेत छिमेकी देश भारतमा पनि देखिन थालेका छन्। त्यहाँ अहिले सडकमा लाखौँ मानिस उत्रिएका छैनन्, न त संसद् घेरिएको छ।

तर सामाजिक सञ्जालमा एउटा अनौठो प्रतिकले राजनीतिक प्रणालीलाई चुनौती दिन थालेको छ । त्यो हो कक्रोच। भारतीय राजनीतिमा अचानक ‘कक्रोच क्रान्ति’ नामले चिनिन थालेको यो घटनाले त्यहाँको सत्तालाई असहज बनाएको छ। सुरुमा एउटा सामान्य चुट्किला जस्तो देखिएको विषय अहिले राजनीतिक विमर्शको केन्द्र बन्न पुगेको छ।

घटनाको सुरुवात भारतका प्रधानन्यायाधीश सूर्यकान्तको एउटा टिप्पणीबाट भयो। एउटा सुनुवाइका क्रममा उनले पत्रकारिता र एक्टिभिज्मतर्फ लागिरहेका बेरोजगार युवाहरूलाई कक्रोच र परजीवीसँग तुलना गरेको भनियो। पछि उनले आफ्नो भनाइको अर्थ गलत रूपमा लिइएको स्पष्टिकरण दिए। उनका अनुसार टिप्पणी सम्पूर्ण युवाप्रति नभएर ‘नक्कली र आधारहीन डिग्री’ भएका व्यक्तितर्फ लक्षित थियो ।

तर सामाजिक सञ्जालमा एकपटक कुनै शब्द आगोझैँ फैलियो भने त्यसलाई नियन्त्रण गर्न कठिन हुन्छ । ‘कक्रोच’ शब्दले भारतका बेरोजगार र असन्तुष्ट युवाहरूको पीडालाई एकाएक प्रतीकात्मक भाषा दियो। त्यसपछि सुरु भयो—‘कक्रोच जनता पार्टी’ अर्थात् सीजेपीको अभियान । सीजेपी कुनै औपचारिक राजनीतिक दल होइन।

यो एउटा डिजिटल व्यंग्य आन्दोलन हो, जसले सामाजिक सञ्जाललाई राजनीतिक असन्तुष्टिको मैदान बनाइदियो। यसको सदस्यताको व्यंग्यात्मक सर्त नै यस्तो बनाइएको छ—बेरोजगार हुनु, सधैँ अनलाइन रहनु, अल्छी हुनु र ‘व्यावसायिक रूपमा भडास निकाल्न सक्ने क्षमता’ हुनु। तर व्यंग्यको यही भाषा लाखौँ युवाको वास्तविक पीडासँग जोडियो।

केवल पाँच दिनमै इन्स्टाग्राममा यसको फलोअर्स संख्या करोडौँ पुग्यो। यसलाई बोस्टन विश्वविद्यालयका छात्र तथा राजनीतिक सञ्चार रणनीतिकार अभिजीत दीपकेले सुरु गरेका थिए। उनका अनुसार यो सुरुमा एउटा मजाक मात्र थियो।
तर इतिहासले धेरैपटक देखाएको छ—राजनीतिक परिवर्तनहरू सधैं गम्भीर भाषणबाट सुरु हुँदैनन्। कहिलेकाहीँ व्यंग्य, गीत, कविता, चुट्किला र मिमहरूले पनि शासन व्यवस्थालाई चुनौती दिन थाल्छन्।

भारतका चर्चित राजनीतिक विश्लेषक योगेन्द्र यादवले यही कारण यसलाई केवल इन्टरनेटको मनोरञ्जन मानेर बेवास्ता गर्न नहुने चेतावनी दिएका छन्। उनका अनुसार, “तानाशाह सरकारहरू सबैभन्दा बढी चुट्किलासँग डराउँछन्।”
यो भनाइ आफैंमा अर्थपूर्ण छ। जब लोकतान्त्रिक संरचनाहरू कमजोर हुँदै जान्छन्, जब युवाले आफूलाई राज्यबाट अलग भएको महसुस गर्न थाल्छन्, तब असन्तुष्टि नयाँ भाषामा प्रकट हुन्छ।

आजको पुस्ताको भाषा ‘मिम’ हो। योगेन्द्र यादव भन्छन्, “मेरो पालामा मानिसहरू घोषणापत्र पढ्थे, अहिले युट्युब हेर्छन्। पहिले पोस्टर बन्थे, अहिले मिम बन्छन्।” यो केवल प्रविधिको परिवर्तन होइन, राजनीतिक चेतनाको नयाँ स्वरूप पनि हो।नेपालको ‘जेनजी विद्रोह’ र भारतको ‘कक्रोच आन्दोलन’ बीच यही समानता देखिन्छ—दुवै परम्परागत राजनीतिप्रतिको गहिरो निराशाबाट जन्मिएका हुन्।

नेपालमा युवाहरूले त्यही सामाजिक सञ्जाललाई माध्यम बनाएर सडकमा उत्रिए, भारतमा यतिबेला सामाजिक सञ्जालमा एउटा अनौठो क्रान्ति भइरहेको छ । तर दुवै क्रान्तिको मूल कारण उस्तै छ—अवसरको अभाव, बेरोजगारी, राजनीतिक वर्गप्रतिको वितृष्णा र प्रणालीप्रतिको बढ्दो अविश्वास । भारतमा पछिल्लो समय देखिएको कक्रोच क्रान्तिले पनि त्यही देखाइरहेको छ ।

भारत विश्वकै सबैभन्दा युवा जनसंख्या भएको देशमध्ये एक हो। हरेक वर्ष लाखौँ युवा श्रम बजारमा प्रवेश गर्छन्। तर रोजगारी सिर्जनाको गति त्यति छैन। शिक्षित बेरोजगारी भारतमा गम्भीर संकट बनिरहेको छ। सरकारले आर्थिक विकासका ठूला दाबी गरे पनि धेरै युवाले आफूलाई त्यसबाट अलग महसुस गरिरहेका छन्।

सामाजिक सञ्जालमा बढ्दो राजनीतिक व्यंग्य त्यसैको संकेत हो। सीजेपीको एक्स (ट्विटर) अकाउन्टमाथि प्रतिबन्ध लगाइएपछि यो आन्दोलन झन् चर्चामा आयो। यदि प्रतिबन्ध नलगाइएको भए सायद यो आक्रोश केही दिनमै सेलाउन सक्थ्यो। तर प्रतिबन्धले यसलाई राजनीतिक स्वतन्त्रताको प्रश्नमा बदलिदिएको छ ।

भारतको राजनीतिक इतिहास हेर्दा पनि यस्तो असन्तुष्टि नयाँ होइन। इन्दिरा गान्धीको अत्यधिक शक्तिशाली सरकारविरुद्ध जयप्रकाश आन्दोलन जन्मिएको थियो। राजीव गान्धीको भारी बहुमतपछि असम आन्दोलन उठ्यो। २०११ मा अन्ना हजारे आन्दोलन आयो। २०२१ मा किसान आन्दोलनले सरकारलाई झुकायो।

इतिहासको एउटा स्थायी नियम छ—जब औपचारिक राजनीतिक बाटाहरू बन्द हुन थाल्छन्, तब विद्रोह अनौपचारिक माध्यमबाट जन्मिन्छ। आज त्यो माध्यम सामाजिक सञ्जाल बनेको छ। सीजेपीले अहिले कुनै चुनाव जितेको छैन, न त उसले कुनै औपचारिक राजनीतिक कार्यक्रम सार्वजनिक गरेको छ।

तर यसले एउटा कुरा प्रमाणित गरिदिएको छ—भारतको ठूलो युवा वर्ग अहिलेको राजनीतिक संरचनासँग पूर्ण रूपमा सन्तुष्ट छैन। त्यसैले धेरै विश्लेषकहरूले प्रश्न उठाउन थालेका छन्, के भारत पनि नेपालजस्तै कुनै ठूलो राजनीतिक परिवर्तनको दिशातर्फ जाँदैछ ?

यसको उत्तर सहज छैन। नेपाल र भारतको राजनीतिक संरचना फरक छन्। भारतमा संस्थागत लोकतन्त्र बलियो छ। निर्वाचन प्रणाली, न्यायपालिका, संघीय संरचना र प्रशासनिक निरन्तरताले त्यहाँ अचानक सत्ता परिवर्तनको सम्भावना कम बनाउँछ। तर सामाजिक असन्तुष्टि बढ्दै जाँदा लोकतन्त्रको स्वरूप बदलिन सक्छ।

आज भारतमा देखिएको ‘कक्रोच राजनीति’ वास्तवमा एउटा गहिरो मनोवैज्ञानिक विद्रोह हो। युवाहरूले आफूलाई ‘सिस्टमको बाहिर’ ठान्न थालेका छन्। जब कुनै पुस्ताले आफ्नो पहिचान नै व्यंग्यात्मक प्रतीकमा खोज्न थाल्छ, त्यो केवल हास्य हुँदैन—त्यो राजनीतिक संकेत हुन्छ। नेपालमा पनि सुरुमा धेरैले सामाजिक सञ्जालको असन्तुष्टिलाई गम्भीर रूपमा लिएका थिएनन्।

तर त्यही डिजिटल रिस पछि सडकमा विस्फोट भयो। भदौ २३ र २४ को आन्दोलन त्यसैको परिणाम थियो। त्यो आन्दोलन कुनै एउटै पार्टीले आयोजना गरेको थिएन। त्यो संगठितभन्दा बढी मनोवैज्ञानिक विस्फोट थियो। मानिसहरू असन्तुष्टिका ‘विरुद्ध’ मा एकजुट भएका थिए। आज भारतमा पनि ठीक त्यस्तै भाषा सुनिन थालेको छ।

सीजेपीका समर्थकहरू कुनै विचारधाराभन्दा बढी ‘एन्टी–सिस्टम’ मानसिकतामा जोडिएका छन्। उनीहरू परम्परागत राजनीति, स्थापित दल, बेरोजगारी र सत्ताप्रतिको असन्तुष्टिलाई व्यंग्यमा व्यक्त गरिरहेका छन्।यसको अर्को महत्वपूर्ण पक्ष विपक्षी दलहरूको कमजोरी पनि हो। यदि करोडौँ युवा एउटा मिम अकाउन्टसँग जोडिन्छन् भने यसको अर्थ परम्परागत विपक्षले उनीहरूलाई आशा दिन सकेको छैन भन्ने प्रमाणित हुन्छ ।

नेपालमा पनि पुराना दलहरूको विफलताले नयाँ शक्ति जन्माएको थियो। राजनीतिक इतिहासमा यस्ता क्षणहरूलाई ‘साइलेंट शिफ्ट’ भनिन्छ—जहाँ परिवर्तन सुरुमा देखिँदैन, तर समाजभित्र गहिरो तहमा चेतना बदलिइरहेको हुन्छ। आजको पुस्ता भाषणभन्दा छोटो भिडियो हेर्छ। घोषणापत्रभन्दा मिम सेयर गर्छ।

सभा–जुलुसभन्दा ट्रेन्डिङ ह्यासट्यागमार्फत राजनीतिक अभिव्यक्ति दिन्छ। पुराना राजनीतिक दलहरूले यही परिवर्तन बुझ्न नसक्दा उनीहरू युवासँग टाढिँदै गएका छन्। भारतको सत्ता पक्ष अहिले सीजेपीलाई केवल ‘इन्टरनेटको मजाक’ मानेर हेर्न चाहन्छ। तर इतिहासले देखाउँछ—व्यंग्य कहिलेकाहीँ सबैभन्दा खतरनाक राजनीतिक हतियार बन्न सक्छ।

सोभियत संघदेखि अरब स्प्रिङसम्म, व्यंग्यले सत्ता संरचनालाई कमजोर बनाउन भूमिका खेलेको इतिहास छ। अनि नेपालको विद्रोहले देखायो—जब जनताको धैर्य टुट्छ, परिवर्तन असम्भव जस्तो देखिने ठाउँबाटै सुरु हुन्छ। भारतमा अहिले सडक शान्त छ, तर सामाजिक सञ्जाल असन्तुष्ट छ। प्रश्न अब केवल ‘कक्रोच’ को होइन।प्रश्न त्यो पुस्ताको हो, जसले आफूलाई सुन्ने कोही नभएको महसुस गरिरहेको छ।

Advertisement
Advertisement

नेपालमा युवाले दुई दिनमा इतिहास बदले। भारतमा परिवर्तन त्यति छिटो नहुन सक्छ। तर संकेतहरू देखिन थालेका छन्। राजनीतिमा सबैभन्दा ठूलो गल्ती भनेको जनताको मौनतालाई स्थायी समर्थन ठान्नु हो। आज भारतमा हाँसोको विषय बनेको ‘कक्रोच’ भोलि गम्भीर राजनीतिक प्रतीक बन्न सक्छ । किनकि इतिहासले बारम्बार देखाएको छ—क्रान्ति सुरु हुँदा सुरुमा त्यसलाई प्रायः मजाककै रूपमा हेरिने गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top