शशांक कोइरालालाई इतर समूहको नेतृत्व अघि बढाउने जिम्मेवारी

३१ साउन ८३, आइतबार

काठमाडाैं- काठमाडौंमा जारी नेपाली कांग्रेसको संस्थान इतरकाे राष्ट्रिय सम्मेलनले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई समूहको नेताका रूपमा अघि बढाउने निर्णय गरेको छ। सम्मेलनबाट पारित पाँचबुँदे प्रस्तावमा १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापति शेरबहादुर देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले समन्वय गर्ने उल्लेख छ।

Advertisement

प्रस्तावमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गरिने तथा देउवाकै सभापतित्वमा महाधिवेशन हुने उल्लेख गरिएको छ। देउवाको नेतृत्वमा पार्टी एकताबद्ध हुँदै १५औँ महाधिवेशन सम्पन्न हुने विश्वाससमेत सम्मेलनले व्यक्त गरेको छ।

सम्मेलनका संयोजक रहेका कोइरालालाई महाधिवेशनसम्मका पार्टी गतिविधि तथा त्यससँग सम्बन्धित काम अघि बढाउने जिम्मेवारी दिने गरी निर्णय भएको हो।

Advertisement

यसअघि इतर समूहको नेतृत्व कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले गर्दै आएका थिए। सम्मेलनको निर्णयसँगै इतर समूहको नेतृत्वमा कोइरालाको भूमिका थप स्पष्ट भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top