तिब्बतमा बाढीबाट ३ जनाको मृत्यु, ५५८ बेपत्ता

११ भदौ ८३, बिहीबार
Share this
687shares

११ भदौ ,काठमाण्डौ ।

Advertisement

 चीनको तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा बुधबार आएको भीषण बाढीमा परी ३ जनाको मृत्यु भएको छ भने ५५८ जना बेपत्ता भएका छन्।

बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारका लागि चिनियाँ जनमुक्ति सेना परिचालन गरिएको छ।

Advertisement

उद्धार कार्यलाई प्रभावकारी बनाउन स्थानीय उद्धार टोलीसँगै चिनियाँ सेनाका टोलीहरू पनि परिचालन भएका छन्।

संयुक्त उद्धार अभियानको समन्वयका लागि चिनियाँ जनमुक्ति सेनाको वेस्टर्न थिएटर कमान्डअन्तर्गतको निर्देशक टोली बिहीबार बिहान वाई–२० सैन्य विमानमार्फत प्रभावित क्षेत्रतर्फ गएको जनाइएको छ।

Advertisement

बाढीका कारण केरुङ काउन्टीमा ठूलो जनधनको क्षति भएको र बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

 

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top